काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।
यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नाराका साथ अगस्ट १ देखि ७ (साउन १६–२२) सम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिँदैछ।
सप्ताहका अवसरमा स्वास्थ्यकर्मीले शिशु जन्मिएको एक घण्टाभित्रै बिगौती दुध (कोलोस्ट्रम)खुवाउन आग्रह गरेका छन्। बिगौती दुधलाई शिशुको पहिलो खोपका रूपमा लिइने भएकाले यसले रोगसँग लड्ने क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।
त्यस्तै, शिशु जन्मिएको पहिलो ६ महिनासम्म आमाको दुध मात्रै खुवाउन तथा त्यसपछि उमेरअनुसारको पूरक आहारसँगै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिन सुझाव दिइएको छ।
स्वास्थ्य विज्ञका अनुसार आमाको दुध शिशुका लागि अमृतसरह हुने भएकाले यसले आवश्यक पोषण प्रदान गर्नुका साथै विभिन्न सङ्क्रमण र रोगबाट जोगाउन मद्दत गर्छ। स्तनपानले महिलामा स्तन तथा पाठेघरको क्यान्सर हुने जोखिमसमेत कम गर्ने बताइएको छ।
यस्तै, स्वास्थ्यकर्मीको सल्लाहबिना शिशुलाई आमाको दुधबाहेक अन्य कुनै प्रकारको दुध नखुवाउन तथा दुधदानी वा बोतलको प्रयोग नगर्न अभिभावकलाई आग्रह गरिएको छ।
स्वास्थ्यसम्बन्धी थप परामर्श तथा जानकारीका लागि नजिकको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...



प्रतिकृया लेख्नुहोस्: