मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिएको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सरकारबाट बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिइएको जानकारी दिए।
उनका अनुसार मन्त्रीहरूले उपयुक्त समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउनेछन्।
'अहिलेको बदलिएको राजनीतिक परिस्थितिमा कांग्रेस गठबन्धनलाई निरन्तरता दिन इच्छुक नरहेको बुझिएको छ। यस्तो अवस्थामा एमाले पनि सरकारमा जबरजस्ती बसिरहन आवश्यक छैन भन्ने निष्कर्षका साथ मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका हौं,' थपलियाले भने।
हाल बागमती प्रदेश सरकारमा एमालेका ६ जना मन्त्री छन्। मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारले प्रदेशका १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गरेको छ। उक्त निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो। मन्त्रालय पुनर्संरचनापछि आठ मन्त्रीलाई विभागीय जिम्मेवारी दिइएको छ भने ६ जना मन्त्रीलाई विनाविभागीय रूपमा राखिएको छ।
एमालेबाट सरकारमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा रहेका छन्। त्यसैगरी किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी विनाविभागीय मन्त्रीका रूपमा कार्यरत छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १३:१९
जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...
श्रावण २ गते, २०८३ - १३:०९
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...
श्रावण २ गते, २०८३ - १२:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...
श्रावण २ गते, २०८३ - १२:३२
मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...
श्रावण २ गते, २०८३ - १२:१६
सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...
श्रावण २ गते, २०८३ - १२:०६
नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...
श्रावण २ गते, २०८३ - ११:५३
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताव...
श्रावण २ गते, २०८३ - ११:४४
ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...
श्रावण २ गते, २०८३ - ११:२२
तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...



प्रतिकृया लेख्नुहोस्: