काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सैनिक अधिकृत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंकामा आवश्यक अनुसन्धान गर्न नेपाली सेनालाई पत्राचार गरेको छ।
अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीकी पत्नी सुफल केसीमाथि अनुसन्धान गर्न रक्षा मन्त्रालय र नेपाली सेना जंगी अड्डालाई पत्राचार गरेको हो। केसी नेपाली सेनाकी प्राविधिक सह–सेनानी (क्याप्टेन) हुन्।
अख्तियारले मंगलबार सार्वजनिक गरेको निर्णयमा प्रदीप अधिकारीकी पत्नी पनि जग्गा खरिद–बिक्री कारोबारमा संलग्न रहेको उल्लेख गरे पनि नाम र पद खुलाएको थिएन। पछि उनीमाथि आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको जानकारी दिएको हो।
यसअघि अख्तियारले प्रदीप अधिकारीविरुद्ध घुस लिएको तथा त्यसक्रममा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। विमानस्थल निर्माणसँग सम्बन्धित ठेकेदार कम्पनीका सञ्चालकसँग भएको जग्गा कारोबारमार्फत सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै आयोगले एक करोड ७१ लाख रुपैयाँ बिगो दाबी गरेको छ।
अख्तियारका अनुसार अधिकारीले आफ्नी पत्नीको बैंक खातामार्फत आर्थिक कारोबार गरेको आरोपसमेत लगाइएको छ। सोही आधारमा सैनिक सेवामा कार्यरत केसीमाथि पनि आवश्यक अनुसन्धान गर्न पत्राचार गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार कुमारी बैंकका मूल्यांकनकर्ताले अधिकारीले खरिद गरेको जग्गाको मूल्य तीन करोड ३४ लाख रुपैयाँ निर्धारण गरेका थिए। तर कारोबारमा ७५ लाख रुपैयाँ मात्र देखिएकाले बाँकी रकमको स्रोत र हिसाब सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको हो।
अख्तियारको निर्णयमा प्रचलित संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार सह–सेनानी सुफल केसीको हकमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रक्षा मन्त्रालय र नेपाली सेना जंगी अड्डालाई लेखी पठाउने निर्णय गरिएको उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको स्मृति सभा कार्यक्रम तीन शीर्ष नेताले संयुक्त रूपमा उद्...
श्रावण ६ गते, २०८३ - १४:३३
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुन...
श्रावण ६ गते, २०८३ - १४:२९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सैनिक अधिकृत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंकामा आवश्यक अनु...
श्रावण ६ गते, २०८३ - १४:२०
काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर...
श्रावण ६ गते, २०८३ - १२:५५
चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएको छन् । नेपाली कांग्र...
श्रावण ६ गते, २०८३ - १२:४१
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। काठमाडौं ...
श्रावण ६ गते, २०८३ - १२:००
काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...
श्रावण ६ गते, २०८३ - ११:४२
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
श्रावण ६ गते, २०८३ - ११:२५
काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...
श्रावण ६ गते, २०८३ - ११:१६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...



प्रतिकृया लेख्नुहोस्: