पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिट घटनाको अनुसन्धानका क्रममा सोधपुछका लागि वडाध्यक्ष चतुर्वेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले नारायणी अस्पतालमा भएको तोडफोड र कुटपिटको घटनामा वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित अंकित पटेल र शैलेश पटेललाई पक्राउ गरिएको पुष्टि गरे।
उनका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने तयारी गरिएको छ। आवश्यक म्याद थपका लागि उनीहरूलाई आजै जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराइने प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
वडाध्यक्षको रिहाइ माग, आन्दोलनको चेतावनी
यसैबिच, वीरगञ्ज महानगरपालिकाको नगर परिषद् बैठकले वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न माग गरेको छ। परिषद्ले जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गर्नु अन्यायपूर्ण भएको दाबी गर्दै तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेको छ। साथै, चतुर्वेदीलाई तत्काल रिहा नगरिए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनीसमेत परिषद् बैठकले दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १४:२०
काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ । विश्व बाघ दिवसको अवस...
श्रावण १३ गते, २०८३ - १४:१०
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघक...
श्रावण १३ गते, २०८३ - १३:४४
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रव...
श्रावण १३ गते, २०८३ - १३:३९
काठमाडौँ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल...
श्रावण १३ गते, २०८३ - १३:३०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास ...
श्रावण १३ गते, २०८३ - १३:१३
काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...
श्रावण १३ गते, २०८३ - १२:५०
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...
श्रावण १३ गते, २०८३ - १२:३६
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...
श्रावण १३ गते, २०८३ - १२:१०
पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...
श्रावण १३ गते, २०८३ - १२:०३
नेपालगन्ज। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी ...



प्रतिकृया लेख्नुहोस्: