काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको निर्देशनमा पार्टीले जिम्मेवार भूमिका निर्वाह गर्दै सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय रहने उल्लेख गरेको छ।
कांग्रेसले मधेश प्रदेश सरकार, स्थानीय सरकार र जनप्रतिनिधिहरूलाई नागरिकको सुरक्षा, सामाजिक सद्भाव, सहिष्णुता तथा घाइते परिवारलाई आवश्यक सहयोग पुर्याउन पहल गर्न आग्रह गरेको छ।
यस्तै, पार्टीका सबै तहका समितिहरूलाई सम्बन्धित पक्ष, राजनीतिक दल, सामाजिक संघसंस्था, सरकार र अन्य सरोकारवालासँग संवाद गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।
कांग्रेसले प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरूलाई युवासँग छलफल र संवाद गर्न तथा समुदायबीच आपसी विश्वास र सद्भाव कायम राख्ने पहल गर्न भनेको छ।
निर्देशनमा संघीय सांसद, प्रदेशसभा सदस्य, केन्द्रीय पदाधिकारी, सदस्य तथा तहगत कार्यसमितिका सदस्यहरूलाई सम्भव भएसम्म आ–आफ्नो जिल्लामा उपस्थित भई समुदायसँग संवाद गर्न, घाइते र पीडित परिवारलाई भेट्न तथा सामाजिक सद्भावका लागि पहल गर्न भनिएको छ।
कांग्रेसले पार्टीका नेता तथा कार्यकर्तालाई संवेदनशील विषयमा तत्काल प्रतिक्रिया नदिन, सत्य तथ्य बुझेर मात्र धारणा बनाउन र कुनै पनि प्रकारको मिथ्या सूचना, अफवाह वा उत्तेजनामा नलाग्न आग्रह गरेको छ।
साथै, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउने गतिविधिमा पार्टीका कुनै पनि तहका व्यक्ति वा सदस्य संलग्न भए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि कांग्रेसले दिएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १७:२५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...
श्रावण १५ गते, २०८३ - १६:४४
सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...
श्रावण १५ गते, २०८३ - १६:३३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...
श्रावण १५ गते, २०८३ - १४:५२
काठमाडौं । मधेश प्रदेशसहित विभिन्न जिल्लामा देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका उच्च अधिकृतहरूलाई वि...



प्रतिकृया लेख्नुहोस्: