लाक्पा शेर्पा अर्थात कर्माको बा अँगेनाको छेउमै ‘कमाण्डो’ वियरमा रमाउँदै थिए । उनको फेब्रेट हो ‘कमाण्डो’ वियर ।अँध्यारो छिप्पिदै थियो । जुगल हिमालको सिरेटो सिधै फुस्रे डाँडामा ठोकिन्थ्यो । त्यहि भएर नै होला ज्याकेट छिचोलेर सिरेटोहरु भित्रै गयो । हामी त्यहाँ पुग्दा बास बस्ने होमस्टे कि डोल्मा दिदीले आलु उसिनेर राखेकी रैछन् । हामी केहीबेर लेकको आलु र नुन खोर्सानीमा जम्यौं । लाक्पा शेर्पा अर्थात कर्माको बा अँगेनाको छेउमै ‘कमाण्डो’ वियरमा रमाउँदै थिए । उनको फेब्रेट हो ‘कमाण्डो’ वियर । मोबाइल टर्चको सहाराले काठको मुढा खोज्न लागे कोही । कोही खानपानको धन्दातिर लागे । कोही अँगेनामा आगो ताप्नतिर लागे । कर्माको बाले आगो बाल्ने सबै बन्दोबस्त मिलाए । अनि रातमै आगो ताप्दै गुन्जिन थाल्यो साहित्यकार स्वरहरु । र, कर्माको बा पनि हामीसँगै रमाए । उनलाई गाउँमा लाक्पा शेर्पा भन्दा पनि बढि कर्माको बा भनेर चिनिन्छ । उनी केही वर्ष इन्डियामा मजदुरी गरेर फर्किएका हुन् । विपन्न बर्गका हुन् लाक्पा । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले उनको घर मात्र भत्काएन्, जिन्दगीको सहारा लिने जग पनि भत्काइदियो । प्रष्ट भनौं, श्रीमतीलाई पनि बाँकी राखेन । जिन्दगी जिउने सहारा नै नभएपछि केहि पीडा पोको पारेरै राखे । बेलाबखतमा गाउँमा कोही पुग्दा पोको पारेको पीडा खोल्छन्, अनि उनीहरुसँगै ‘कमाण्डो’मा रमाउँछन् । आप्mनो जन्मदिने आमाको मृत्युको केहि समयपछि आप्mनो गुजारा चलाउनको लागि कर्मा शेर्पा बिदेशिए । अहिले घरमा एक्लो छन् कर्माको बा । छोरा गाउँमा हुँदै बनाएको कर्माको बाको दुई वटा टहरा छ । एक्लो भएकाले श्रीमतीकै यादमा कहिले वल्लो टहरा त कहिले पल्लो टहरा, कहिले भोकै त, कहिले टन्न खाएर सुत्छन् । पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको फुस्रेको सिङ्गो बस्तीमा करिब १५/२० जति टहरा छन् । टहरामा प्राय वृद्धवृद्धा मात्रै छन् । मुश्किलले भेटिन्थे युवाहरु । गाउँमा बुभ्mदा बैदेशिक रोजगारीको शिलशिलामा कोही खाडी मूलक त कोही युरोपियन देशहरु गएको बताउँथे । भोलिपल्ट अर्थात शनिवार कात्तिक ६ गते । पशुपंक्षीको चिरविर आवाजले आधा निन्द्रा मात्र खुलेको थियो । जुगल हिमश्रृृंखलाले आधा हाँसो मात्रै निकाल्यो, आधा हुस्सुले लुकाएको थियो । कोहि डाँडामा गएर फेरि साहित्यिक माहौल बनाइरहेका थिए । सो कार्यक्रम सकेर डोल्मा दिदिको टहरामा गयौं । दिदीले आलु मःम बनाइसकेकी रहिछन् । सधैं बफ र चिकेन मःममा रमाउनेहरु त्यो दिन छुट्टै स्वादको आलु मःममा रमाउन थाले । त्यतिबेला विहानको १० बजेको थियो होला । डोल्मा दिदि खाना पकाउने तरखरमा लागिन् । र फेरि २१ जनाको टोली ३ समूहमा बाँडियो । कोहि मादल लिएर, कोही गिटार त कोही कविता लिएर डाडाँतिर लागे । सबैले आ–आप्mनै माहौल जमाउन थाले । चिसो सिरेटो कायम नै थियो । कोहि संगीतको धुनमा रम्न थाले, कोही कविताको मज्जा लिन थाले । यस्तै–यस्तै हुँदै थियो घडीको सुइले दिउँसो १ बजाइसकेको रहेछ । र, सबै खाना खाएर गन्तव्यतिर लाग्न थाले । ‘चौतारा टू ओखरेनी साहित्य यात्रा हामीले छोटो समयमा तय गरेका हौं’ मूल आयोजक समितिका संयोजक किशोर बुढाथोकीले खबरडबलीसँग भने ‘सुस्ताएको साहित्यलाई हामीले केही गति लियौं ।’ हामीले चौतारा टू ओखरेनी साहित्य यात्रा सहभागिहरुसँगै केही रकम उठाएर गरेको संयोजक बुढाथोकीले भने । जिल्ला विकास समितिले बर्षैपिच्छे साहित्यको निम्ति पैसा छुट्याएपनि राजनीतिक दलका केही साहित्यकारहरुले लैजाने गरेको बुढाथोकीले बताए । साहित्य कार्यक्रम गर्नेहरुलाई भन्दा राजनीतिक दलको आडमा पैसा झिकेर साहित्यलाई छुट्याएको पैसा फोक्कडलाल सिद्धयाउने गरेको संयोजक बुढाथोकीको आरोप छ । ‘जिल्लामा यसरी साहित्यिक यात्रा गरेको पहिलो पटक हो’ साहित्यकार तथा पत्रकार जीवन श्रेष्ठले भने ‘साहित्यको उत्थानको निम्ति पनि बेला–बेलामा यसरी कार्यक्रम गर्न जरुरी छ ।’ छोटो समयको तयारीमा पनि कार्यक्रम सफल राम्रो भएको श्रेष्ठले बताए । अब साहित्यका जगेर्नाको निम्ति युवा पुस्ता नै अघि सर्नुपर्ने अर्का साहित्यकार तथा पत्रकार डम्बर रसिक भारतीले बताए । साहित्यलाई कसैले राजनीतिकरण नगरी अघि बढ्नुपर्ने भारतीको धारणा थियो ।
@ Jeevan_kunwar
प्रतिकृया लेख्नुहोस्: