Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

विवाह गर्ने सोचमा हुनुहुन्छ, कस्तो छान्ने जिवनसाथी ?

[caption id=\"attachment_106993\" align=\"alignleft\" width=\"500\"] फाइल फोटो[/caption] मंसिरको महिना छ । जताततै विवाहको दृष्य देखिन्छ । धेरै युवायुवतीहरु जोडी बन्न लागेका छन् । कतै प्रेम विवाह हुँदैछ, कतै मागी विवाह हुन लाग्दैछ । हिजोआज हामी फेसबुकको पुस्तामा छौ । फेसबुकमा हेरेको, भेटेको आधारमा पनि विवाह भैरहेको हुन्छ । फेसबुककै आधारमा एकले अर्कालाई मन पराइरहँदा उनीहरूका अभिभावक एवं अग्रजहरूको आशीर्वाद छ कि छैन त्यो बिर्सिरहेका हुन्छन् । श्रीमान –श्रीमती भनेका एक रथका दुई पांग्रा हुन भनिन्छ । हो, यो सम्बन्त्रभित्र धेरै अर्था छ । भगवानकै पालादेखिको गहिरो प्रेम पनि यही सम्बन्धभित्र छ भने कतैकतै विछोडको नमीठो पीडा पनि यही सम्बन्धभित्र छ। पवित्र प्रेम, विश्वास र एकता पनि छ भने कतै सम्झौतामा अडिएको छ यो सम्बन्ध । जीवनसाथीलाई अर्धा्ङ्गिनी पनि भनिन्छ । वास्तवमै आफ्नो शरीरको आधा अङ्ग नै हो–जीवनसाथी । हरेक सुख–दुस्ख वा आासु–हाँसोमा सबैभन्दा पहिलो साथ जीवनसाथीको नै हुँदो रहेछ । अचम्मको नाता छ यो सम्बन्धभित्र । एउटा कुनै गाउँको कसको–कसको छोरा वा छोरीसँग वर्षौंसम्म सँगै जीवन बिताउन कतिपय सजिलो पनि छ यो सम्बन्धमा भने कतिपय अप्ठ्यारो पनि छ । हिजोआज त आफूले रोजेको जीवनसाथीसँग विवाह गर्ने चलन छ । हाम्रा बुवाआमाहरूको पालामा देख्दै नदेखेको, जान्दै नजानेको बुवाआमाले जोसाग भन्यो उसैसाग विवाह गर्नुपथ्र्यो। त्यतिबेला रूप र योग्यता केही पनि हेरिँदैनथ्यो। केटा पक्षको कति जग्गा छ, कति गाई गोठ छन्, हाम्री छोरी पाल्न सक्छ कि सक्दैन भन्ने हेरिन्थ्यो भने केटी पक्षतिर केटीले घर गरी खान सक्छे कि सक्दिन भन्ने मात्र हेरिन्थ्यो। अहिले पनि विवाहको प्रसङ्गमा यदि मागी विवाह हो भने सबैभन्दा पहिले सुन्दरता, सर्टिफिकेट एवं सम्पत्ति हेरिन्छ । तपाईंकी छोरी वा मेरी छोरीको विवाह गर्नुपर्दा एउटा हुलाकको जागिरे र भन्सारको जागिरेमा स्वाभाविक रूपले हामी भन्सारको जागिरेलाई चुन्छौ । हुलाकको जागिरे हुँदैमा अयोग्य र भन्सारको हुँदैमा केटा योग्य हुँदैन । उसभित्र कति संस्कार र स्वाभिमान छ त्यो हेर्न जरुरी छ । यी सबै कुरा सुरुमा आउनु त स्वाभाविकै हुन् तर प्रश्न उठ्छ कि केटी हेरिसकेपछि अलिकति मोटी भई, अलिकति काली भई, अलिक हाइट भएन जब यस्ता कुरा आउँछन्। यस्ता कुराले केटी पक्षलाई कति ठूलो चोट पुग्छ हामीले विचार गर्दैनौं। छोरी मान्छे पसलमा बेच्न राखिएको सामान हो र छानी–छानी किन्न ? सुन्दरता, सर्टि्फिकेट एवं सम्पत्तिसँग विवाह गर्ने कि मान्छेसँग ? जब सुन्दरता, सर्टि्फिकेट एवं सम्पत्ति हेरेर विवाह गरिन्छ तब सम्बन्धमा उतारचढाव आउनु स्वाभाविक हो। विवाहको केही वर्षसम्म सम्बन्ध राम्रै होला जब छोराछोरी र अरू थप व्यवहार आइलाग्छन् तब सम्बन्धमा पनि खाटा बस्न थाल्छ। श्रीमानको कुरा श्रीमतीलाई मन नपर्न थाल्छ, श्रीमतीको कुरा श्रीमान्लाई मन नपर्न थाल्छ। स–साना कुरामा पनि झगडा हुन थाल्छ । हुँदाहुँदा कुरा सम्बन्धविच्छेदसम्म पुग्नसक्छ । उनीहरूबाट जन्मिएका बालबालिका न उताका न यताका हुन्छन्। सबै श्रीमान–श्रीमतीबीच यस्तो नहोला किनभने वर्षौंसम्म प्रेम, विश्वास र एकताका साथ एकै छानामुनि रमाएका पति–पत्नी पनि छन् हाम्रो समाजमा । ती पति–पत्नीबीच एउटाको स्वभाव अर्कोसँग संयोगवश मिलेको हुनसक्छ । जीवनसाथी सुन्दरता, सर्टि्फिकेट एवं सम्पत्तिलाई भन्दा पनि उसको स्वभाव र संस्कारलाई हेरेर बनाउने हो भने जीवन सधै सुन्दर हुन्छ । सुन्दरता, सर्टि्फिकेट र सम्पत्ति हेरेर विवाह गरिए पनि स्वभाव र संस्कार आफूसँग मिलेन भने सुन्दरता, सर्टि्फिकेट र सम्पत्ति सबै अर्थहीन हुन्छन ्। त्यसैले जीवनसाथी रोज्दा धेरै कुरा विचार गरौं । मुख्य कुरा आफूसँग स्वभाव एवं विचार मिल्छ कि मिल्दैन ध्यान र्पुयाऔं। ताकि आफूले रोजेको जीवन साथीसँग जीवनभर प्रेम एवं विश्वासका साथ एक रथका दुई पाङ्ग्रा भएर हिँड्न सकियोस्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies