Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

\"\"नवलपरासी, २८ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् । कति बेला कुन पुल के हुन्छ भन्ने त्रास छ । ती पुल समयमा मर्मत नहुँदा भत्कने अवस्थामा पुगेका छन् । स्टिलका अधिकांश पुल कमजोर अवस्थामा छन् । धेरै पुलको आयु खस्किसकेको छ । पुलमा प्रयोगमा आउने स्टिल विशेष खालको भएकाले लन्डनबाट खरिद गर्नुपर्ने आवश्यकता छ । विसं २०४० मा राजमार्ग निर्माण गर्दै गर्दा बनाइएका तीपुलको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिक बताउँछन् । राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औसत आयु ४० देखि ५० वर्ष भएपनि स्टिल ब्रिजमा आधारित पुल अहिले भाँचिन थालेका छन् । अरु पुल पनि भाँचिने विज्ञको भनाइ छ । सडक डिभिजन कार्यालय बुटवलले समयमै पुलको मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको हो । महाभारत र चुरे क्षेत्रबाट बग्ने खोलामा ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सावधानी नअपनाउँदा पुलको अवस्था कमजोर बनेको हो । बेला बेलामा सामान्य रुपमा टालटुल पारेर मात्र मर्मत गरिएकाले पुल जीर्ण हँुदै गएको स्थानीयवासीको आरोप छ । बढी भारका कारण राजमार्गका अधिकांश पुल कमजोर भएको प्राविधिकको भनाइ छ । सडक डिभिजन कार्यालय बुटवलका अनुसार पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भार बोक्न हँुदैन तर यहाँ४० टनसम्म भार बोकिने र त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने गरेको छ । कतिपय पुल साँघुरा भएका कारण ठोक्किँदा कच्ची हुने गरेका छन् । सडक विभाग, पुल आयोजनाले दुई वर्षअघि गरेको अध्ययनपछि बुटवल–नारायणगढ सडक खण्डका ४२ पुलमध्ये १२ फलामे पुल जोखिममा रहेको र तत्काल मर्मत सम्भार गर्नुपर्ने भनी प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको कार्यान्वयन भने भएको पाइएको छैन । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending