Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

दश मिनेटको दूरीमा दुई विद्यालय, दुई गाउँको पानी बाराबार

[caption id=\"attachment_107256\" align=\"aligncenter\" width=\"750\"] फाइल फोटो[/caption] जुम्ला, ३० मंसिर । सुन्दा अचम्म लाग्छ सक्छ, यहाँको एक गाविसका १० मिनेटको दूरीमा रहेका दुईवटा विद्यालयबीच पानी बाराबारको अवस्था छ । यसरी पानी बारबारको अवस्थामा रहेका दुई विद्यालयमा मालिकाठाँटा गाविस जुम्लामा अवस्थित सूर्योदय निमावि, राँसा र ज्योति मावि, राँसा मालापानी हुन् । दुवै विद्यालयबीच सम्बन्धमा फाटो आएको अहिले डेढ वर्ष भयो । ज्योति माविमा शिक्षक नियुक्ति गर्ने सवालमा आएको विवाद चुलिएर जाँदा यो अवस्थामा आइपुगेको सूर्योदय निमावि राँसागाउँको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष धनबहादुर रावतले जानकारी दिए । ज्योति मावि, राँसा र मालापानी गाउँको बीचमा छ तर पनि एक विद्यालयका विद्यार्थी अर्को विद्यालयमा जाँदैनन् र अभिभावकले पनि जाँन दिँदैनन्, न त आफूहरु नै जान्छन् । विद्यालयमा जाने–आउने हिसाबमा बालबालिकालाई गाह्रो छैन, तर राँसा र मालापानी दुवै गाउँले हरेक काममा योगदान बराबर दिँदा पनि सेवासुविधाका हिसाबले मालापानीले बढी उपभोग गर्ने लगायतका थुप्रै कारणले शैक्षिक तथा सामाजिक मामलामा दुई गाउँबीचको सम्बन्धमा दूरी टाढा भएको पूर्वअध्यक्ष रावत बताउछन् । उनका अनुसार १० मिनेटको दूरीमा ज्योति मावि छ, तर मावि तहको शिक्षा लिन राँसागाउँका विद्यार्थी त्यहाँ पढ्न जाँदैनन् । उनीहरु दुई घन्टाको बाटो हिँडेर मालिकाठाँटाकै देउराली उच्च मावि, जुम्लाकोट गाउँमा पढ्न जाने गरेको उनको भनाइ छ । हाल मालिकाठाँटाको ७ र ८ नं वडाका एकसय १२ घरधुरी रहेको राँसागाउँको सूर्योदय निमाविमा दुई सय ८२ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । ज्योति मावि, राँसा मालापानीका प्रधानाध्यापक दलबहादुर बुढाले शिक्षक नियुक्तिको विवादले उग्रता लिएका कारण हालसम्म यो समस्या कायमै रहेको स्वीकार गरे । त्यसमा सामाजिक र वनको विषयले पनि दुवै गाउँका समुदायबीच थप सम्बन्धमा चिसोपन ल्याएको उनको भनाइ छ । सामूहिक रुपमा एक गाउँका मान्छे अर्को गाउँको बिहे, भोजभतेर लगायतका कार्य तथा अन्य सामाजिक काममा पनि सामेल नहुने गरेको प्रधानाध्यापक बुढाले दुखेसो गरे । उनका अनुसार ६२ घरधुरी रहेको ५ र ६ नं वडाको मालापानी गाउँका एकसय ५० विद्यार्थी अध्ययनरत छन् । २०७२ साल वैशाख महिनामा यो विद्यालयले माविको अनुमति पाएको उनले बताए । दुई गाउँका समुदायको आपसी विवादले अहिले खास सूर्योदय निमाविका बालबालिकालाई मावि तहमा पढ्न समस्या हुँदै आएको छ । यो सम्बन्ध जोड्नका लागि जिल्लामा ६ महिनाअघि जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेरा सम्बन्धित विद्यालयमा पुगेका थिए । तर पनि दुई समुदायबीच मेल हुन सकेन । विवाद चुलिएर जिल्लामा आउँदा पनि यो समस्या मिल्न नसकेपछि अवस्था ज्यूँका त्यूँ रहेको पूर्वप्रधानपञ्च वीरबल बुढाले जनाए । उनका अनुसार ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ भईरहेको छ र मध्यस्थकर्ताको भूमिकाले पनि काम गर्न सकेन । हावापानी, भूगोल, सामाजिक, सांस्कृतिक रहनसहन एउटै भएका दुवै गाउँको विवाद समाधानको विषयमा भने कुरै उठ्न नसकेको स्थानीयवासी बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies