Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सत्तापक्ष सिंहदरबार र प्रतिपक्षको बानेश्वरमा छलफल

कांग्रेससहित विपक्षी दलहरू नयाँ बानेश्वरमा

खबरडबली संवाददाता

काठमाडौं ।  संसदमा बिहीबार भएको अवरोध र मुठभेडपछि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू थप रणनीति बनाउन जुटेका छन् । रणनीति बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरु बानेश्वरमा छलफल गरिरहेका छन् भने सत्तापक्षका शीर्ष नेता सिंहदरबारमा छलफल गरिरहेका छन् । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने सिंहदरबारमा छलफलमा जुटेका हुन् । बानेश्वरमा कांग्रेससँगको छलफलमा राप्रपा, लोसपा, जसपा नेपाललगायका नेताहरू छलफल गरिरहेका छन् । 

दुवैतर्फका छलफलमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, संसद्को हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ । 

दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा जुट्दा ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुखको सचिवालयले भने प्रतिपक्षले समय मागेकाले बैठक बस्न ढिला भएको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीमा परेर जापानमा ६ जनाको मृत्यु

टोकियो । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्स...

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासि...

सुनको मुल्यमा नयाँ किर्तिमान, कतिमा हुँदै छ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्म...

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए ...

जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिक पक्राउ

काठमाडौं। प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध तीनचुली फुलबारी मार्गक...

बेलबारी-आरजू गोल्डकप असोज ११ देखि

मोरङ । सातौं बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरू हुने भएको छ। बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित प्रस्तावित लक्ष्मी...

विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम...

धनुषाबाट थुनुवा फरार घटनाः मिलेमतोको आशङ्का

काठमाडौं । धनुषा प्रहरीको हिरासतबाट भाग्नेमा लागु औषध खैरो हेरोइन मुद्दामा पक्राउ परेका ३ जना छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय धनुषाले ...

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy