Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

शौचालय निर्माण गर्न सडक नाटक

मेलम्ची, ३० मंसिर । फोहोरका कारण बढ्दो प्रदूषण न्यूनीकरण र शौचालय निर्माणका लागि सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाउँमा सरसफाइका लागि सडक नाटक सुरु गरिएको छ । सन् २०१७ सम्ममा सिन्धुपाल्चोक जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने योजना भए पनि विसं २०७२ सालको शक्तिशाली भूकम्पले अभियान नै बिथोलिएको थियो । अहिले जिल्लाका विभिन्न गाविसमा सरकारी तथा गैरसरकारी संस्थाकोे सक्रियतामा पुनः खुल्ला दिसामुक्त घोषणाका लागि शौचालय निर्माण अभियान सुरु भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा भूकम्पपश्चात् मानिसको एकीकृत बसोबास गरेपनि सरसफाइमा ध्यान नदिएका कारण विभिन्न रोगबाट सङ्क्रमण हुन थालेपछि अभियानलाई छिटो अगाडि बढाउन लागिएको हो । सरसफाइमा ध्यान नदिँदा र चर्पीको प्रयोग नगर्दा फोेहोरबाट लाग्ने विभिन्न किसिमका सरुवा रोगको असर सबैभन्दा बढी बालबालिका र विद्यार्थीमाथि पर्न गएको एक अध्ययनले देखाएको छ । ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा बढ्दो रोग न्यूनीकरण गर्न विद्यार्थी एवम् अभिभावकलाई सरसफाइसम्बन्धी सचेतनाको उक्त नाटक कार्यक्रम आयोजना गरिएको हो । खानेपानी तथा सरसफाइ प्रवद्र्धन कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको आर्थिक सहयोगमा आवाज आर्ट क्रिएसनले विभिन्न गाउँमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिरहेको छ । घर नभएर जस्ताको चिसोमा बस्नु परेको अवस्थामा सिधै शौचालय निर्माण गरभन्दा नकारात्मक प्रतिक्रिया आउने हुँदा त्यही विषयलाई नाटकमार्फत व्यक्त गर्दा प्रभावकारिता हुने भएकाले सडक नाटक प्रदर्शन गरेको आयोजक संस्थाका कार्यक्रम संयोजक राजु विश्वकर्माले जानकारी दिए । पहिलो चरणको नाटक प्रदर्शन जिल्लाका बाह्रविसे, पाङग्रेटार, राम्चे, चोकटी, कालिका, सुनखानी, तातोपानीमा समेत गरिने विश्वकर्माले जानकारी दिए । नाटकमा आवाज आर्टका धिताल चिरिच्याट्ट, नवराज गजुरेल, रोहित कार्की, देवी आले, सरस्वती अधिकारी, ईश्वरी अधिकारी, मीरा गुरुङ लगायतका कलाकारले अभिनय गर्नेछन् । नाटकको लेखन तथा निर्देशन नवराज गजुरेलले गरेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies