Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

दाजुभार्इको झगडालाई पार्टीकरण गरेर एमाले कार्यकर्ताले काटे खानेपानी पाइप

\"\"काभ्रे, २ पुस । काभ्रे जिल्लाको डाँडापारिस्थित गोकुले गाविस–४ मा दाजुभाईबीच भएको झगडालाई लिएर खानेपानीको पाईप काटिदिँदा गाउँलेले खानेपानी समेत उपभोग गर्न आएका छैनन् । खानेपानीको पाईप नै काटेर फालिदिएपछि अहिले कुपिन्टारका २२ घरधुरीले खानेपानी उपभोग गर्न नपाएका हुन् । ती घरधुरीले स्थानीय दाहाल खोला खानेपानी आयोजनाबाट पानी उपभोग गर्दै आएका थिए । तर झगडापछि स्थानीय माथिल्लो टोलमा बस्नेहरुले रिसिईबीका कारण पानीको पाईप लाईन नै काटिदिएपछि उनीहरु खोलाको पानी ओसारेर खान बाध्य भएको स्थानीयले बताए । स्थानीय राजेन्द्र लामाका अनुसार उनीहरुले ३ दिनदेखि १ घन्टा टाढाको तल रहेको चाउखोलाको पानी ओसारेर जीविका चलाईरहेको छ । ‘खानेपानी पनि त्यही खोलाको ओसारेर पु¥याईरहेका छौं ।’ उनले भने ‘अरु विकल्प नभएका कारण त्यही खोलाको पानी ओसारेर गाई, भैंसी र बाख्रालाई पनि खुवाउनु परेको छ ।’ केही दिन अगाडि झगडा भएपछि माथ्लो गाउँका धर्म सिं मोक्तानको नेतृत्वमा स्थानीय माईलीमाया मोक्तान र कान्छी मायाले पाईप काटेर फालेका थिए । ‘आज पनि त्यस्तो नगर्न आग्रह गर्दै पाईप जोडेर पानी लान लागेका थियौं, माओवादीलाई पानी नै लान दिन्नौ भन्दै पाईप जोड्न दिएन ।’ लामाले भने । के भएको थियो त कुपिन्टारमा ? गत मंसिर २३ गते स्थानीय पर्वमा युवाहरुबीच सामान्य विवाद भएपछि झगडाको रुप लिएको थियो । सोही विषयलाई लिएर एक अर्कामा रिसिइवी देखाई मंसिर २८ गते गोकुले–४, कुपिन्टारमा राजेन्द्र लामाको देवालीमा गएका पाहुनाहरुमाथि स्थानीय खड्ग बहादुर मोक्तानले निहुँ खोज्दै झगडा भएपछि विवाद शुरु भएको थियो । ‘हामी छिमेकीको देवालीमा जाँदै गर्दा खड्ग बहादुर मोक्तानले घेवामा जान लागेको की मलामी जान लागेको भन्दै निहुँ खोजेपछि विवाद भयो ।’ स्थानीय मिम बहादुर तामाङले भने । विवाद पश्चात देवाली गएका उनीहरुलाई खड्ग बहादुर मोक्तानले मिल्न भन्दै बोलाएका थिए । सोही क्रमम गएका उनीहरुमाथि मोक्तान पक्षका निकेश मोक्तानको टोलीले बाटो ढुकेर कुखुरी प्रहार गरेपछि धनबहादुर मोक्तान घाईते भएका छन् । मोक्तानको टाउकोमा चोट लागेको छ । मिल्न भनेर बोलाएको पक्षले नै बाटो ढुकेर आक्रण गरेपछि झन् विवाद बढेको थियो । सोही क्रममा आक्रमणकारीहरुलाई खोज्ने क्रममा भएको झडपमा धन बहादुर मोक्तान, बाबुलाल मोक्तान, नेत्र बहादुर मोक्तान, खड्ग बहादुर मोक्तान, सिंगवीर मोक्तान लगायत घाईते भएका थिए । सोही झगडालाई एमालेका केही कार्यकर्ताहरुले पार्टीकरण गर्दै माओवादी वाईसीएलले गाउँ गाउँमा पसेर मान्छे कुटे भनेर भ्रामक हल्ला फैलाएपछि गाउँमा झन त्रास फैलिएको स्थानीयहरुको भनाई छ । दाजुभाइको झगडालाई पार्टीकरण गर्दै झन विवाद गर्न खोजेको गाउँलेले बताएका छन् । यता नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिननाथ गौतमले त्यो विषय पार्टीसंग नजोडिएको बताए । ‘झगडा भएको भन्ने सुन्नमा आएको छ, तर पार्टीसंगै कुनै सम्बन्ध भएको विषय होईन ।’ गौतमले भने ‘उनीहरुका गाउँका दाजुभाईको विवाद हो भन्ने छ ।’ एमालेका जिल्ला अध्यक्ष टोक बहादुर वाईबाले झगडा भएको कुरा सुन्नमा आएको र पार्टीकै निर्देशनमा भएको भन्ने चाही होईन भन्ने बुझिएको बताए । पार्टीकै निर्देशनमा होईन, झगडाको क्रममा पार्टीको मान्छेहरु परेको भन्ने मात्रै छ ।’ वाईबाले भने । निहुँ खोज्दै हिड्नेहरुले नै गरे प्रहरीमा उजुरी गाउँमा छिमेकीको देवाली भईरहेको ठाउँमा पाहुना गएकाहरुमाथि निहुँ खोजेर झगडा गर्नेहरुले उल्टै आफुहरुमाथि आक्रमण गरी कुटपिट गरेको भनि उजुरी गर्न थालेपछि गोकुले कुपिन्टार–४ का निर्दोष युवाहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ । कुटपीटको विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको एसपी सहकुलबहादुर थापाले बताए । ‘हामीसंग ४ जनाको नाम किटानी गरेर जाहेरी परेको छ, त्यसमाथि अनुसन्धान हुनेछ ।’ एसपी थापाले भने ‘त्यसपछि यथार्थ के रहेछ पछि थाहा हुन्छ ।’ गोकुले–४, कुपिन्टारका राजेन्द्र लामाको देवालीमा जाँदै गरेका पाहुनाहरुलाई स्थानीय खड्ग बहादुर मोक्तानले घेवामा जान लागेको की मलामी जान लागेको भन्दै निहुँ खोजेपछि विवाद भएको जनाएको । ‘हामीलाई देवालीमा पाहुना जानको लागि बाटोमा हिडीरहेका वेला खड्ग बहादुर मोेक्तानले निहुँ खोजेर आक्रमण गर्न आएपछि झगडा भयो ।’ धनबहादुर मोक्तानले भने । उनीहरु त्यसरी सामान्य झगडा भएर छुटेपछि देवाली पुगेर फकर्ने क्रममा पुन खड्ग बहादुरको पक्षले बाटो ढुकेर आक्रमण गरेको स्थानीयको भनाई छ । ‘उनीहरु घरतर्फ फर्किएको क्रममा पुन बाटोमा ढुकेर आक्रमण भएछ, त्यसपछि फेरी पनि भएको झगडामा केही स्थानीय घाईते भएको भन्ने कुरा छ ।’ स्थानीय मिन बहादुर तामाङले भने । सोही क्रममा आक्रोसित युवाहरुले आफुहरुमाथि आक्रमण गरेको भन्दै योजनाकार खोज्दै गाउँतिर जानेक्रममा ति आक्रमणकारीहरु भागरे लुक्न गएको स्थानीयले बताए । ‘सोही विषयलाई अतिरञ्जीत गरेर सञ्चारमाध्यमले पार्टीकरण गरेको रहेछ, वास्तवमा त्यस्तो खालको भएको छैन ।’ तामाङले भने । घटना राजनीतिक कारण नभएको र एक आपसमा केही समय अगाडि जात्रामा भएको विवादको प्रतिशोध ब्यक्त भएको उनको भनाई छ । राजेन्द्र लामा भन्छन् : म माथि अन्याय भयो गोकुले–४ कुपिन्टारका राजेन्द्र लामाले आफुलाई गाउँका केही युवाहरुले उनीहरु बीचमा भएको विवादलाई मुद्धा बनाएर आफुमाथि अन्याय गरेको गुनासो गरेका छन् । ‘मंसिर २८ गते आफ्नो देवाली रहेको र सो क्रममा मेरो देवालीमा आउने पाहुनाहरुमाथि आक्रमण गरेर उल्टै ममाथि नानाथरी आरोप लगाएको पाएको छु ।’ राजेन्द्रले भने ‘किन के–को लागि मलाई आरोप लगायो ?’ ‘म देवाली चलिरहेको वेलामा घरबाट समेत बाहिर निस्केको छैन, जुन वेला आफ्नो मातृ भाषा बाहेक अरु भाषा बोल्न नहुने लगायत त्यही कसैसंग नराम्रो बोल्न नहुने अनुशासनमा बसिरकेको वेला किन मलाई आरोप आयो ?’ त्यसमा मलाई अनावश्यक मुछ्ने काम गरेको छ ।’ लामाले भने । उनले आफ्नो देवालीमा आउने पाहुनाहरुलाई विथोल्ने काम ति युवाहरुले गरेको र अपशब्दहरु समेत बोलेको भन्दै त्यस विषयमा छानविन गरी दोषीलाई आवश्यक कार्वाही गर्न सम्बन्धीत पक्षसंग माग गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending