Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

आफू बच्नलाई घटना पार्टीकरण

काभ्रे, २ पुस ।  काभ्रेको गोकुले गाविस–४ कुपिन्टारमा गत मंसिर २८ गते बेलुका केही स्थानीय युवाहरुले छिमेकी गाउँलेमाथि खुकुरी प्रहार गरी भागेपछि आफुहरु घटनाबाट बच्नको माओवादी वाईसीलले गाउँलेलाई विस्थापित गरेको भन्दै प्रचारवाजी गरेका थिए । स्थानीय राजेन्द्र लामाको देवालीमा सहभागि हुनका लागि जाँदै गरेका युवाहरुमाथि स्थानीय खड्क बहादुर मोक्तानले देवालीमा जाँदै गरेको भन्ने थाहा हुँदाहुँदै पनि ‘घेवामा जान लागेको कि मलामी ?’ भनेर प्रश्न गरेपछि विवाद भएको थियो । उक्त विवादपछि भएको झगडामा एमाले समर्थित युवाहरुले माओवादी वाईसीलले गाउँमा पसेर स्थानीयलाई कुटपीट गरी आतंका मच्चाएको भन्दै केही सञ्चारमाध्यममा प्रचारबाजी गरेपछि सो विषयमा वाईसीएलले आफ्नो संगठनको कुनैपनि संलग्नता नभएको बताएको हो । शनिवार विहान काभ्रेको बनेपामा पत्रकार सम्मेलन गर्दै वाईसीएल नेपालका केन्द्रीय सचिव मिम बहादुर लामा(ज्वाला)ले घटना कुैपनि राजनीतिक पार्टीका बीचमा नभएको र स्थानीय गाउँले दाजुभाईको बीचमा भएको बताए । ‘जसरी त्यो घटनालाई वाईसीएलसंग जोडेर प्रचार गर्दै अतिरञ्जित बनाएको छ, यर्थाथ त्यस्तो होईन, त्यसमा वाईसीएलको कुनै संलग्नता छैन ।’ केन्द्रीय सचिव ज्वालाले भने । वाईसीएलका जिल्ला संयोजक अविलास तामाङले उक्त घटनामा आफ्नो संगठनको संलग्नता नभएको स्पष्ट पारे । ‘उक्त घटना नितान्त गाउँका जादुभाईहरुबीचको भन्ने थाहा भएको छ, त्यसमा हाम्रो संगठनलको नाम र अयोग्य लडाकुले आतंका सिर्जना गरेको भनि गरेको प्रचारवाजीको भत्र्सना गर्दछ ।’ जिल्ला संयोजक अविलास तामाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । उनले घटना भएको दुःखदायि भएको भन्दै सो घटनामा केही युवाहरुले गरेको आक्रमणको दोषबाट मुक्त हुनको लागि उल्टै प्रचारबाजी गरी उन्मुक्ति हुन खोजेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ ‘अस्ति २०७३ मंसिर २८ गते गोकुले गाविसमा भएको घटनालाई लिएर केही सञ्चारमाध्यमहरुले अतिरञ्जितपूर्ण ढंगले समाचार सम्प्रेसण गरेर घटनामा भएको यथार्थतालाई ढाकछोप गरी राजनीतिक पूर्वाग्रहका आधारमा एकोहोरा प्रचारबाजी गर्नु र त्यसमा हाम्रो संगठन वाइसिएल नेपाल काभ्रे र अयोग्य लडाकु समेतलाई जोडेर कथित आतंक सिर्जना गरेको, स्थानीयहरु विस्थापित गराएको र घरहरु तोडफोड गरेको आदि–आदि भन्ने समाचारहरुप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । यथार्थतामा हाम्रो संगठनको त्यहाँ केही कुनै संलग्नता नरहेको यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं । जुन घटना त्यहाँ घट्न गयो, त्यस घटनामा हाम्रो संगठन दुःख ब्यक्त गर्दछ र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ स्थानीय कान्छालाल जिम्बाका अनुसार पहलिा भएको विवादको क्रममा भएको झगडामा सामान्य कुटपीट समेत भएपछि देवाली घरमा निम्तोमान्न पुगेका युवाहरुलाई मिल्नको लागि भन्दै खड्क बहादुर मोक्तानले फोन गरी बोलाएका थिए । बोलाएपछि गाउँको केश मिल्नुपर्छ नि भन्दै जाँदै गर्दा खड्ग बहादुरपक्षका केही समूहले बाटोमा ढुकेर आक्रमण गरेपछि थप झगाड भएको थियो । मिल्न भनि बोलाएपछि जाँदै गरेको अवस्थामा कोदोवारीमा लुकेर बसेका स्थानीय निकेश मोक्तान, सिंगवीर मोक्तान, विराज बल र शंख मोक्तान लगायतले समूहले हतियार सहित आक्रण गरेका थिए ।’ उनीहरु एमाले कार्यकर्ता हुन् । जिम्बाले भने ‘उनीहरुको आक्रमणबाट स्थानीय धन बहादुर मोक्तान, बाबुलाल मोक्तान, नेत्र बहादुर मोक्तान लगायत घाईते भएको छन् ।’ सो क्रममा दोहोर झडपमा केही स्थानीयहरु समेत घाईते भएका थिए । ‘आक्रमण पछि भएको झडपमा खुकुरी प्रहार गरी फरार भएकाहरुले उल्टै माओवादी वाईसीएलले गाउँमाथि कुटपीट गरेको भन्दै सञ्चारमाध्यमलाई खबर गरेका थिए ।’ स्थानीय कान्छालाल विजम्बाले भने ‘जसले खुकुरी हानेको थियो, उनीहरुले नै उल्टै पीडितहरुलाई आरोप लगाएर उन्मुक्ति हुन खोजेको छ ।’ घटनाको दोषीलाई कार्वाही हुनुपर्ने उनीहरुको माग छ । त्यही विषयलाई आफुहरु दोष मुक्त हुनको लागि उल्टै माओवादी वाइर्एसीएलले आक्रमण गरी गाउँले नै विस्थापित बनायो भन्दै प्रहरी समक्ष उजुरी गरेका छन् । तर त्यस विषयमा वाईसीएलले आफ्नो संगठनको कुनैपनि संलग्नता नरहेको र घटना स्थानीयहरुबीचमा भएको पत्रकार सम्मेलन गरी स्पष्ट पारेको हो । उक्त घटनाको विषयलाई लिएर अहिले त्यहाँका स्थानीय एमाले पार्टी कार्यकर्ताले कुपिन्टारका २२ घरधुरीले उपभोग गर्दै आएको खानेपानीको पाईपलाईन काटिदिएका छन् । खानेपानीको पाईप नै काटिदिएपछि कुपिन्टारका २२ घरधुरीले तल चाउखोलाबाट १ घण्टाको दुरीबाट पानी ओसारेर खान र बस्तुभाउलाई खुवाउँदै आएका छन् । उनीहरुले ४ दिन वितिसक्दा पनि खानेपानीको पाईप जोड्न नदिएको स्थानीय राजेन्द्र लामाले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy