पौष ३ गते, २०७३ आइतवार 18th December, 2016 Sun१७:०५:५४ मा प्रकाशित
काठमाडौँ, ३ पुस । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सञ्चारमन्त्री कार्कीद्वारा प्रस्तुत सम्पत्ति विवरणअनुसार ओलढुङ्गा माम्खा गाविस–१ मा स्व रत्नदेवीको नाममा खेती गर्न छोडिएको ४ रोपनी जमिन, मामाबाट स्वामित्व हस्तान्तरण भई आएको छोरोको नाममा रहेको भक्तपुर झौखेल–१ स्थित १० आना दुई पैसा जमिन र उहाँकै नाममा भक्तपुर सिपाडोल–१ मा नौ आना जमिन रहेका छन् ।
उनले आफ्नी पत्नीको स्वामित्वमा भारतको सिक्किम र दार्जिलिङ्मा केही जग्गा र घरहरु रहेको उल्लेख गरेका छन् ।
मन्त्री कार्कीको नाममा विभिन्न बैंकमा गरी रु १४ लाख नगद मौज्दात रहेको छ । यस अतिरिक्त उनीसँग दश तोला सुन रहेको छ ।
वनमन्त्री भण्डारीको सम्पत्ति
वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले प्रस्तुत गरेको सम्पत्ति विवरणअनुसार उनकी श्रीमती अन्जना ९उप्रेती० भण्डारीका नाममा पैतृक स्रोतबाट प्राप्त काठमाडौँमा अढाई तले घरसहित घडेरी र आमा श्रीमती दमयन्ती भण्डारीका नाममा तनहुँको पुर्कोटमा तीन तले घरघडेरी रहेका छन् ।
त्यस्तै, पैतृक स्रोतबाट प्राप्त श्रीमतीका नाममा काठमाडौँमा २६५।९ वर्गमिटर र आमाका नाममा तनहुँमा २९ रोपनी जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । मन्त्री भण्डारीसँग ४५ तोला सुन र ६० तोला चाँदीका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा रु दुई लाख ५५ हजार नगद रहेको छ । उनले विभिन्न व्यक्तिबाट रु ३ लाख ५० हजार ऋण लिएको र ११ लाख ऋण दिएको पनि उल्लेख गरेका छन् । मन्त्री भण्डारीको नाङल क्रसर ढुङ्गा उद्योग काभ्रेपलाञ्चोकमा १० प्रतिशत शेयर रहेको छ ।
मन्त्री नायकको सम्पत्ति
कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजय शङ्कर नायकले प्रस्तुत गरेको सम्पत्ति विवरणमा आमा ईश्वरीदेवीको नाममा सिराहा बड्हरामाल – ६ मा ८ कठ्ठा जग्गा र आफ्नै नाममा सिराहामै १७ धुर जग्गा जग्गा रहेको देखाइएको छ ।
त्यस्तै, आमाकै नाममा सिराहामा पाँच बिगाहा जग्गा र बाजे सरभुग नायकको नाममा सिराहा, उदयपुर र धनुषमा चार बिगाहा जग्गा रहेको उनले उल्लेख गरेका छन् । यी सबै पैतृक सम्पत्ति भएको उल्लेख छ ।
मन्त्री नायकसँग सुन १५ तोला, चाँदी ४० तोला, नगद रु दुई लाख र एभरेष्ट बैंकमा रु दुई लाख नगद रहेको विवरणमा उल्लेख छ ।
मन्त्री गिरीको सम्पत्ति
सिँचाइमन्त्री दीपक गिरीले आफ्नो सम्पत्ति विवरणमा राजधानीमा दुई रोपनी नौ आना र राजधानी बाहिर ६ बिगाहा तीन कठ्ठा जमिन भोगचलनमा रहेको उल्लेख गरेका छन् ।
काठमाडौँको टोखा चण्डेश्वरी नगरपालिका–४ मा दुई रोपनी नौ आना जग्गा र सो जग्गामा बनेको तीन तले पक्की घर र दाङ, हेकुली वडा नं ९ मा ६ बिगाहा तीन कट्ठा जग्गा र सो जग्गामा पाँचवटा घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
सम्पत्ति विवरणमा ५० तोला सुन, झन्डै दुई किलो चाँदी र तीन सेट हीराका गहना पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख छ ।
त्यसैगरी, उनको ग्लोबल बैंकमा रु तीन लाख ९४ हजार नगद मौज्दात रहेको छ । यस अतिरिक्त स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र योगी ब्रदर्स क्रसर उद्योगमा २५ प्रतिशत सेयर र एक सवारीसाधन ९स्कोरपिया० रहेको उहाँले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: