छाउपडीका नाममा विदेशी डलर व्यर्थ, ज्यान गुमाउँदै किशोरी
पौष ७ गते, २०७३ बिहिवार 22nd December, 2016 Thu०९:२२:१२ मा प्रकाशित
डोटी, ७ पुस ।प्राकृतिकरुपमा महिला महिनावारी हुनु स्वाभाविक नै हो । प्रायः १२ देखि १४ वर्षको उमेरबाट किशोरी महिनावारी हुने गर्दछन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने भएका कारण स्वास्थ्यको दृष्टिकोणले सरसफाइमा सुरक्षित हुनु अनिवार्य हुन्छ ।
पहिलोपटक महिनावारी हुँदा अलि बढी संवेदनशील बन्नुपर्ने हुन्छ । यो समयमा किशोरीलाई पारिवारिक माया र स्नेहकोे खाँचो परेको हुन्छ । तर सुदूरपश्चिमका जिल्लामा भने यो समयमा चेलीले अप्ठ्यारो स्थिति बेहोर्नुपर्ने हुन्छ । पहिलोपटक महिनावारी हुँदा त झन् १२ देखि १५ दिनसम्म घरबाट टाढा बस्नुपर्ने र धेरैको नजिक नआउने जस्ता समस्याले झन् यहाँ असहज स्थिति सिर्जना हुनेगर्छ ।
सामाजिक विकृति र कुसंस्कारका रुपमा मौलाएको छाउपडी प्रथालाई लिखितरुपमा निर्मूल गर्ने सहमति भए तापनि व्यावहारिक रुपमा जस्ताको तस्तै रहेको छ । डोटी जिल्लास्थित महिला तथा बालबालिका कार्यालयका अधिकृत निर्मला दाहालका अनुसार महिनावारी आफैँ समस्या होइन, त्यसलाई समाजले लगाएको निषेधको उपज हो । छाउपडीका विषयमा विभिन्न गैरसरकारी संस्थासँग समन्वय गर्दै महिला तथा बालबालिका कार्यालय, डोटीले समेत कार्य गर्दै आएको दाहालले बताइन् ।
आदिमकालदेखि चलिआएको परम्परालाई निर्मूल गर्न नसकिए तापनि नियन्त्रणका प्रयास भएको अधिकृत दाहालको भनाइ छ । तर त्यो व्यवहारमा भने फिटिक्कै परिवर्तन भएको छैन । डोटीलगायत सुदूरपश्चिमका छाउपडीसम्बन्धी कार्य गर्ने संस्थामा कार्यरत महिला नै महिनावारीको समयमा अलग्गै बस्ने र कसैको शरीरमा नलाग्ने गरेको एक स्रोतले बताएको छ ।
छाउपडीसम्बन्धी चेतनाको विकास नहुँदै ग्रामीण भेगमा कार्य गरिरहेका राष्ट्र्यि तथा अन्तर्राष्ट्र्यि गैरसरकारी संस्था (एनजिओ÷आइएनजिओ) ले छाउगोठ भत्काउने जस्ता चेतनाको विस्तार गर्दा यसले उल्टो रुप लिएको डोटीका समाजसेवी टेक बमको भनाइ छ । निश्चित समयका निम्ति कार्य गर्न आएका गैरसरकारी संस्थाले एकैपटक परिवर्तन गर्न खोज्दा यो समस्या विकराल बनेको उनको बुझाइ छ । हालसम्म सुदूरपश्चिममा छाउपडीको समस्याले नौजना भन्दा बढी महिलाले ज्यान गुमाउनु परेको तथ्याङ्क महिला तथा बालबालिका कार्यालयसँग रहेको छ ।
समाजमा जरो गाडेको छाउपडी प्रथा निर्मूलका निम्ति खर्चिएका करोडौँ, अरबौँ रकम कहाँ खर्च गरिएका छन्, केलाउने समय आएको जिल्लाका जानकार बताउँछन् । डोटी जिल्लामा मात्रै यसमा करोडौँ रकम खर्च भइसकेको छ ।
डोटीको सदरमुकामकै ‘सिलगाउँ’ सिलगढीको मुटुमा रहेको छ, त्यहाँ अहिलेसम्म पनि छाउ मान्ने चलन हटेको छैन । स्थानीयवासीका अनुसार जिल्लाका ग्रामीण भेकमा भन्दा त्यो टोलमा छाउ बढी मान्ने गरेको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: