Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

उकालो लाग्दै निक्षेपको ब्याज

\"\"काठमाडौं, ११ पुस । मुद्दती निक्षेपको ब्याजदर बढेर साढे १० प्रतिशत नाघेको छ । तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ऋण दिन मिल्ने रकम अभाव भएपछि वाणिज्य बैंकहरूले गत वैशाखदेखि मुद्दती निक्षेप बढाउन सुरु गरेका थिए । त्यो क्रम अहिले पनि जारी छ । गत शुक्रबारसम्म केही वाणिज्य बैंकले झन्डै ११ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिएका छन् । आजको कान्तिपुरमा खबर छ– ‘२/३ वटा वाणिज्य बैंकले पौने ११ प्रतिशतमा कर्मचारी सञ्चय कोषको मुद्दती निक्षेप उठाएका छन्,’ स्रोतले भन्यो, ‘कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० मा दबाब पुगेका केही बैंकले ११ प्रतिशतभन्दा पनि धेरैमा निक्षेप संकलन गरेका छन् ।’ वैशाखयता मुद्दती निक्षेपको ब्याजदर दोब्बरभन्दा माथि पुगेको छ । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष उपेन्द्र पौड्यालले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतमाथि पुगेको स्वीकारे । ‘कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन दर कम भएकाले ब्याजदर बढेको हो,’ उनले भने, ‘यही दरले ब्याजदर बढदै गयो भने वित्तीय प्रणालीमा समस्या आउन सक्छ ।’ बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले पनि मुद्दती निक्षेप दोहोरो अंकमा पुगेको बताए । ‘हाल बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर १० प्रतिशतमाथि छ । यो बढ्ने क्रममा छ,’ उनले भने । लगानीयोग्य रकममा कमी आएसँगै मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकमा पुगेको र यही कारण बैंकहरूले सबै प्रकारका निक्षेप दर बढाउन थालेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘पहिले मुद्दती निक्षेपको ब्याजमात्र बढाएका बैंकहरूले अहिले अन्य बचत योजनामा पनि ब्याजदर बढाउन थालेका छन्,’ उनले भने, ‘अहिले सुरुवात मात्र भएको छ । आउँदा दिनमा यसले अझै तीव्रता पाउँछ ।’ सरकारी खर्च बढ्न नसक्नु, ऋणको माग बढ्नु, निक्षेप संकलन वृद्धिदर कम हुनुलगायत कारण ब्याजदर बढ्न थालेको हो । ब्याजदर बढेर ठ्याक्कै यतिमा पुग्यो भन्ने अवस्था नरहे पनि लगानीयोग्य रकममा कमी आएपछि ब्याजदर बढेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले स्वीकारे । ‘अधिकांश वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत नजिक छ,’ उनले भने, ‘यसले पनि बैंकहरूलाई ब्याजदर वृद्धिको दबाब परेको हुन सक्छ ।’ बैंक तथा वित्तीय संस्थामा तरलता घटदै गए पनि अभाव भने नभएको उनले दाबी गरे । भारतीय नाकाबन्दीपछि अर्थतन्त्रमा सुधार आएर ऋणको माग बढ्न थालेको थियो । त्यो क्रम बढदै जाँदा निक्षेपभन्दा कर्जा प्रवाह बढी हुन थालेको थियो । यसले बैंकहरूको सीडी रेसियोमा दबाब पर्‍यो । सीडी रेसियो भनेको कर्जा निक्षेप अनुपात हो । यसको अर्थ निक्षेपको कति प्रतिशत लगानी भएको छ भन्ने पनि हो । केन्द्रीय बैंकको नियमअनुसार निक्षेपको ८० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न पाइँदैन । हाल वाणिज्य बैंकहरूको सीडी रेसियो औसत झन्डै ७९ प्रतिशत छ । तर, केही बैंकको सीडी रेसियो ८० प्रतिशत माथि छ । जुन राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा बढी हो । अधिकतम सीमा नाघेपछि राष्ट्र बैंकले केही बैंकलाई स्पष्टीकरण पनि सोधेको छ । स्रोतले भन्यो, ‘यही कारण केही बैंकले ऋण प्रवाह गर्न पनि छाडेका छन् ।’ यस्तो अवस्थामा कर्जा प्रवाहका लागि उनीहरूले निक्षेप बढाउनुपर्छ । आपत् परेकै कारण उनीहरूले महँगो दरमा भए पनि निक्षेप संकलन गर्नुपर्ने बाध्यता परेको हो । सञ्चालनमा रहेका बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंकलगायतको सीडी रेसियो ६० देखि ७० प्रतिशत हाराहारी छ । यसकारण वाणिज्य बैंकको सीडी रेसियो औसत ८० प्रतिशत तल रहन गएको हो । रेमिट्यान्स वृद्धिदर घट्नु र सरकारी खर्च बढ्न नसक्नु ब्याजदर वृद्धिका प्रमुख कारण हुन् । हाल सरकारी ढुकुटीमा करिब १ खर्ब ९५ अर्ब रुपैयाँ निष्क्रिय बसेको छ । सरकारी खर्च बढे त्यो रकम बजारमा आउने भएकाले बजारलाई केही राहत पुग्न सक्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy