एउटै मञ्चबाट प्रचण्ड र बाबुरामको उद्घोष– अब हामी मिल्नुको विकल्प छैन
पौष ११ गते, २०७३ सोमवार 26th December, 2016 Mon१३:०४:५७ मा प्रकाशित
काठमाडौं, ११ पुस ।पार्टी विभाजन भएको करिब १६ महिना पछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्राई पहिलो पटक एउटै मञ्चमा देखापरे ।
उनीहरु एउटै मञ्चमा मात्रै देखापरेनन् दुुवैले एक भएर जाने संकेत गरे ।
सोमबार प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित स्वर्गीय नेता सांसद भक्ति पाण्डेको किताब ‘चाचा जी ’को सार्वजनिकरण कार्यक्रममा उपस्थित भएका दुवै नेताले यस्तो धारणा व्यक्त गरेका हुन ।
उनीहरुले आफुहरु एक अर्काको पुरक भएको भन्दै हालसम्म भएका उपलब्धीहरुको रक्षाको लागि प्रचण्ड बाबुराम मिल्नुको विकल्प नभएको बताएका हुन ।
उनीहरुले आफुहरुबीच व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाँउमा उभिने परिष्थित भएको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने – ‘संविधान जारी भएलगत्तै बाबुरामजी अलग हुन हतार गर्नुभयो, अहिले संविधान कार्यान्वयनको चुनौति छ । अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो । हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।’
प्रचण्डले भने, ‘प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्ने भक्ति पाण्डेको अन्तिम चाहना थियो, संयोग नै हो हामी छुटेपछि आज एकै ठाउँमा छौं, त्यो पनि भक्ति पाण्डेकै सन्दर्भमा ।’
प्रचण्डले बाबुरामसँग आफ्नो दिनहुँ छलफल हुने गरेको भन्दै पहिलेकोजस्तै राम्रो सम्बन्ध हुन थालेको बताए । ‘हामीवीच दिनहु छलफल भइरहेको छ, हाम्रा पक्षधरहरुले धेरै बिगारेनन् भने हामीबीच सहकार्य हुन सक्छ । अहिलेको स्थितिमा उहाँको र मेरो एउटै धारणा छ ।’
उनले थपे –‘माओवादी कमजोर भयो भनेर धेरै सल्बलाए । संविधान नरहेर के भयो र रु माओवादी त जाने हो नि भनेर विरोधीहरु धराप थापेर बसेका छन्, प्रचण्डले भने, ‘०४७ त फर्किन्न, आउने त ०७४ साल नै हो ।’
कार्यक्रममा बाबुराम भट्टराईले हालको उपलब्धी गुम्न नदिन प्रचण्डसँग मिल्नुको विकल्प नभएको बताए । प्रचण्डसँग व्यक्तिगत रुपमा आफ्नो कुनै दुश्मनी नरहेको, तर अलग हुन परिस्थितिले बाध्य पारेको बताए ।प्रचण्डलाई जवाफ दिँदै डा .भट्टराईले भने – ‘मैले हतार गरेको होइन । परिस्थति नै त्यस्तो थियो । मैले प्रचण्डलाई सजिलो बनाइदिएको हुँ । यो उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।’
तर, डा. भट्टराईले पुरानो कार्यशैलीले मिलनविन्दु नभेटिने भन्दै उनले आ–आफ्नो ठाउँबाट नयाँ प्रयोग गर्नुपर्ने बताए । उनले पुरानो माओवादीले नयाँ परिष्थितिमा काम नभएको भन्दै नयाँ बने एक हुन सक्ने धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: