Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सिंहदरबार भत्काउन ‘सुझाव प्रतिवेदन’

\"\"काठमाडौं, १४ पुस । गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ । ती भवन सबलीकरण (रेट्रोफिटिङ) गर्न समेत असम्भव रहेको भन्दै भत्काउनुपर्ने सुझाव दिइएको हो । आजको कान्तिपुरमा खबर छ– मन्त्रालयले खटाएको संरचना प्राविधिक (स्ट्रक्चरल इन्जिनियर) को समूहले दिएको सुझाव प्रतिवेदनका आधारमा ऐतिहासिक महत्त्वका सम्पदा भत्काएर ‘उस्तै गरी बनाउने’ निष्कर्ष अघि सारिएको छ । मन्त्रालयका प्रवक्ता एवं केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक शिवहरि शर्माले प्राविधिकले दिएको प्रतिवेदनलाई अहिले ‘थप रायसुझाव र निर्णय’का लागि पुरातत्त्व विभागमा पठाइएको बताए । शर्माका अनुसार सिंहदरबारभित्रको पश्चिम–लन (पहिले योजना विभाग बसेको मुख्य भाग), संसद् भवन (ग्यालरी भवन), श्रीमहल (पुल्चोक), बबरमहल, केशरमहल, केन्द्रीय कानुन पुस्तकालय (रानीपोखरी), बाल मन्दिर, जुद्ध बारुण यन्त्र (वसन्तपुर) लगायतका संरचना तत्काल भत्काउनुपर्ने भन्दै प्राविधिकको टोलीले सुझाव दिएको हो । रायसुझावका लागि पठाइएका अन्य सम्पदाजन्य भवनमध्ये हरिहरभवन (हाल मानव अधिकार आयोग) र राष्ट्र बैंकका बालुवाटार तथा थापाथली कार्यालय भत्काएर नयाँ निर्माण गर्ने निर्णय भइसकेको प्रवक्ता शर्माले बताए । ‘हामीले यो तेस्रोपटक गराएको प्राविधिक अध्ययन हो,’ शर्माले भने, ‘२०३० सालको आगलागीमा बचेको सिंहदरबारको पश्चिम लन (स्टेट हल) भने ‘रेट्रोफिटिङ’ गरेर पनि सम्भव नहुने देखिएको छ । यसको गारो सम्पूर्ण रूपमा भत्किइसकेको र जोडजाड हुनै नसक्ने सुझाव आएकाले भत्काउनुपर्ने स्थिति देखिएको हो ।’ शर्माले हाल उपराष्ट्रपति कार्यालय रहेको बहादुर भवन ‘रेट्रोफिटिङ’ गर्ने निर्णय भइसकेको र राष्ट्रपति कार्यालयको अग्रभाग समेत भत्काएर बनाउने वा ‘रेट्रोफिटिङ’ गर्ने भन्नेबारे रायसुझाव बटुल्ने काम भइरहेको बताए । पुरातत्त्व विभाग भने ऐतिहासिक महत्त्वका सबै संरचना भत्काउनेभन्दा सम्पदाजन्य दरबारहरूलाई ‘सबलीकरण’ गर्नुपर्ने पक्षमा छ । ‘प्राचीन स्मारक संरक्षण ऐन तथा नियमावलीका आधारमा पनि यी सम्पदा भत्काउन सम्भव छैन,’ विभागका इन्जिनियर सम्पत घिमिरेले कान्तिपुरसँग भने, ‘बरु यी भवनमा कुनै कार्यालय सञ्चालन गर्न नदिने र बाहिरी मुलुकमा झैं संग्रहालय वा धरोहरका रूपमा विकसित गर्न ‘रेट्रोफिटिङ’ गर्न सकिने सम्भावनाका बारे पनि छलफल भइरहेको छ ।’ सिंहदरबारसहितका ऐतिहासिक सम्पदाको संरचना र ‘रेट्रोफिटिङ’ सम्भावनाका बारेमा अध्ययन गर्न राष्ट्रसंघीय सांस्कृतिक संरचना संरक्षणको निकाय युनेस्कोले विषयविद् र प्राविधिकको टोली झिकाएर ‘थप अध्ययन’ गर्ने रुचि देखाएको पुरातत्त्व विभागले जनाएको छ । विभागमा ‘स्ट्रक्चरल इन्जिनियर’ नभएका कारण र सम्पदाविद् प्राविधिकको खोजी गर्ने क्रममा फेब्रुवरी अन्त्यमा जापानबाट पनि प्रविधिज्ञ काठमाडौं आउने भएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending