Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

महोत्तरीको रामगोपालपुर-२ को उपनिर्वाचन: हाई प्रोफाइलका नेताको परिक्षा

खबरडबली संवाददाता

मङ्सिर। सत्ता सहयात्री दलहरुले नेकपा एमालेलाई वहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसगँ महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको एक महिना पनि वितेको छैन ।

सोही क्षेत्रको रामगोपालपुर नगरपालिका वडा नं.२ मा उपनिर्वाचन हुँदै छ । एक महिना अगाडि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा र लोसपा मिलेर वनेको साझा गठबन्धनलाई लिएर अहिले उपनिर्वाचनको सन्दर्भमा चर्चाहरु सुरु भएको छ ।

यदपी सोही क्षेत्रका संघिय संसद महेन्द्र यादवले तत्कालिन समयमा विकासको लागि साझा मोर्चा भएको तर चुनावी गठबन्धन नभएको प्रष्ट वनाएका थिए ।

नेता यादवले भनेजस्तै अहिले वडा नं.२ मा सवै दलहरुले एक्लाएक्लै आफ्ना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । यस्ले उक्त गठबन्धन चुनावी एजेन्डा थिएन भन्ने प्रमाणित भएको छ तर  चुनावी नतिजाको आकलनका सम्बन्धमा भने महोत्तरी राजनितीवृतमा आफ्नै विश्लेषण सुरु भएका छन ।

मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री तथा नेकपा एमाले संसदिय दलका नेता समेत रहेका सरोज यादवको वडा भएको हुनाले पनि यो वडाको उपनिर्वाचन चर्चामा रहेको हो ।

उक्त वडाका वडा अध्यक्ष मुकेश यादवको सडक दुर्घटनामा परेर निधन भएपछी उपनिर्वाचनलाई विशेषत: मन्त्री यादवले एमाले उम्मेदवार जिताउन आफ्नो राजनिती प्रतिष्ठाको लडाई समेत वनाएको देखिन्छ ।

मृतक वडा अध्यक्ष मुकेश माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादीले उनको मृत्यु सडक दुर्घटनामा नभई हत्या भएको दाबी गर्दै आएको छ । उनै मृतक मुकेशकी श्रीमती आइती देवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएर माओवादीले चुनावी कार्यक्रम गरेको छ ।

नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुद्दीन खानलाई उम्मेदवार बनाएका छन् ।

कुल २१३७ मतदाता रहेको यो वडामा २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार बनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए ।

एमालेले उम्मेदवार बनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपावाट उम्मेदवार बनेका थिए । उनी मतको आधारमा तेस्रो स्थानमा थिए भने एमालेको उम्मेदवार कादिर हुसैन चौथो स्थानमा थिए । तर यो उपनिर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा हुने स्थानियहरुले आकलन गरेका छन ।

नेकपा एमालेका नेता सरोज यादव आफ्नो गृह वडा भएको र जित्नैपर्ने चुनौतिकाविच चुनावी रणनीतिक मोर्चामा छन । यता संगठनिक मत दरिलो भएको माओवादी केन्द्र सहानुभूति र लोकप्रिय मत समेत आफुहरुको भएको दावी सहित मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस भएको तर एमाले अझै  प्रतिस्पर्धी नभएको आकलन गरिरहेको छ ।

राजनितिक प्रतिष्ठाको लडाई र महिला उम्मेदवार त्यो पनि मृतक वडा अध्यक्षका अधुरो कामहरुलाई पूरा गर्न श्रीमती नै चुनावि मोर्चामा होमिनुले यतिवेला महोत्तरीमा माओवादी केन्द्र र नेकपा एमालेको नै चर्चा छ ।

नेकपा एमालेले भने एक महिना अगाडि वनेको क्षेत्रीय गठबन्धनले कतै निर्वाचनमा काम गर्ने त हैन भन्ने पनि आसंका गरेको छ ।

अचम्म लाग्दो त प्रतिस्पर्धामा माओवादी केन्द्र कि आईतीदेवि यादव वाहेक सवै प्रतिस्पर्धीहरु मुस्लिम समुदायवाट छन । टेङ्गर स्थित उक्त वडामा  अहिले ५०% प्रतिशत मुस्लिम समुदायको नै वाहुल्यता छ । यसरी मुस्लिम समुदायका उम्मेदवार नै उम्मेदवार हुँदा मत विभाजन हुने र आईतिदेवीलाई यो थप जित्ने आधार वन्ने कतिपयले बिश्लेषण गरेका छन ।

अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी वनेका थिए । त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending