Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

महोत्तरीको रामगोपालपुर-२ को उपनिर्वाचन: हाई प्रोफाइलका नेताको परिक्षा

खबरडबली संवाददाता

मङ्सिर। सत्ता सहयात्री दलहरुले नेकपा एमालेलाई वहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसगँ महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको एक महिना पनि वितेको छैन ।

सोही क्षेत्रको रामगोपालपुर नगरपालिका वडा नं.२ मा उपनिर्वाचन हुँदै छ । एक महिना अगाडि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा र लोसपा मिलेर वनेको साझा गठबन्धनलाई लिएर अहिले उपनिर्वाचनको सन्दर्भमा चर्चाहरु सुरु भएको छ ।

यदपी सोही क्षेत्रका संघिय संसद महेन्द्र यादवले तत्कालिन समयमा विकासको लागि साझा मोर्चा भएको तर चुनावी गठबन्धन नभएको प्रष्ट वनाएका थिए ।

नेता यादवले भनेजस्तै अहिले वडा नं.२ मा सवै दलहरुले एक्लाएक्लै आफ्ना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । यस्ले उक्त गठबन्धन चुनावी एजेन्डा थिएन भन्ने प्रमाणित भएको छ तर  चुनावी नतिजाको आकलनका सम्बन्धमा भने महोत्तरी राजनितीवृतमा आफ्नै विश्लेषण सुरु भएका छन ।

मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री तथा नेकपा एमाले संसदिय दलका नेता समेत रहेका सरोज यादवको वडा भएको हुनाले पनि यो वडाको उपनिर्वाचन चर्चामा रहेको हो ।

उक्त वडाका वडा अध्यक्ष मुकेश यादवको सडक दुर्घटनामा परेर निधन भएपछी उपनिर्वाचनलाई विशेषत: मन्त्री यादवले एमाले उम्मेदवार जिताउन आफ्नो राजनिती प्रतिष्ठाको लडाई समेत वनाएको देखिन्छ ।

मृतक वडा अध्यक्ष मुकेश माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादीले उनको मृत्यु सडक दुर्घटनामा नभई हत्या भएको दाबी गर्दै आएको छ । उनै मृतक मुकेशकी श्रीमती आइती देवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएर माओवादीले चुनावी कार्यक्रम गरेको छ ।

नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुद्दीन खानलाई उम्मेदवार बनाएका छन् ।

कुल २१३७ मतदाता रहेको यो वडामा २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार बनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए ।

एमालेले उम्मेदवार बनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपावाट उम्मेदवार बनेका थिए । उनी मतको आधारमा तेस्रो स्थानमा थिए भने एमालेको उम्मेदवार कादिर हुसैन चौथो स्थानमा थिए । तर यो उपनिर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा हुने स्थानियहरुले आकलन गरेका छन ।

नेकपा एमालेका नेता सरोज यादव आफ्नो गृह वडा भएको र जित्नैपर्ने चुनौतिकाविच चुनावी रणनीतिक मोर्चामा छन । यता संगठनिक मत दरिलो भएको माओवादी केन्द्र सहानुभूति र लोकप्रिय मत समेत आफुहरुको भएको दावी सहित मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस भएको तर एमाले अझै  प्रतिस्पर्धी नभएको आकलन गरिरहेको छ ।

राजनितिक प्रतिष्ठाको लडाई र महिला उम्मेदवार त्यो पनि मृतक वडा अध्यक्षका अधुरो कामहरुलाई पूरा गर्न श्रीमती नै चुनावि मोर्चामा होमिनुले यतिवेला महोत्तरीमा माओवादी केन्द्र र नेकपा एमालेको नै चर्चा छ ।

नेकपा एमालेले भने एक महिना अगाडि वनेको क्षेत्रीय गठबन्धनले कतै निर्वाचनमा काम गर्ने त हैन भन्ने पनि आसंका गरेको छ ।

अचम्म लाग्दो त प्रतिस्पर्धामा माओवादी केन्द्र कि आईतीदेवि यादव वाहेक सवै प्रतिस्पर्धीहरु मुस्लिम समुदायवाट छन । टेङ्गर स्थित उक्त वडामा  अहिले ५०% प्रतिशत मुस्लिम समुदायको नै वाहुल्यता छ । यसरी मुस्लिम समुदायका उम्मेदवार नै उम्मेदवार हुँदा मत विभाजन हुने र आईतिदेवीलाई यो थप जित्ने आधार वन्ने कतिपयले बिश्लेषण गरेका छन ।

अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी वनेका थिए । त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पितृशोकमा रहेका ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...

नवनिर्वाचित सांसदहरूले इतिहास लेख्ने अवसर सदुपयोग गर्नुपर्छ: उपसभापति अर्याल

काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...

सभापति र वरिष्ठ नेतालाई सम्भव भएसम्म भोलि उपस्थित गराउँछौँ : डीपी अर्याल

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...

खोटाङमा हावाहुरी : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्‍याएको...

रास्वपाको तालिमको उद्घाटनमा रवि र बालेन अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...

रास्वपाको अभिमुखीकरण कार्यक्रमको सुरु हुँदै

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक...

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते

उदयपुर। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...

ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणमा आएन

बागलुङ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: