Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अव्यवस्थित चिहानले वन विनाश

\"\"मोरङ, १३ पुस । पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ । विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन् । झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरानसहितका ठाउँमा कङ्क्रिट चिहानघर तीव्ररुपमा निर्माण भएपछि जङ्गल मासिने खतरा बढेको हो । राई, लिम्बू, मगरलगायतका जातजातिले मात्र निर्माण गर्दै आएको कङ्किट चिहान हाल आएर अरु जातिले समेत निर्माण गर्न थालेका छन् । झापा र मोरङमा भने भुटानी शरणार्थीले समेत जङ्गलमै चिहान बनाउन थालेको पाइएको छ । एउटा कङ्किट चिहानले एकदेखि तीन धुरसम्म क्षेत्रफल ओगट्ने गर्दछ । सुनसरी र झापामा चिहानले कति छेत्रफल ओगटेको छ भन्नेबारेमा जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन् । मोरङमा भने राजमार्ग छेउको करिब ४० किमी लम्बाई र करिब २० हेक्टर क्षेत्रफल कङ्किट चिहानले ओगटेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा छ । जङ्गलमा चिहान निर्माण तीव्र हुन थालेपछि यसलाई व्यवस्थित गर्न विभिन्न पक्षबाट पहल सुरु भएको छ । कतिपय सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा पक्की चिहान बनाउन रोक लगाएका छन् । वन उपभोक्ता समूहले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराउन थालेपछि भने पक्की चिहान निर्माण नगरी समाधिस्थलमा बिरुवा रोप्न सुरु भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख डा विनोद देवकोटाको भनाइ छ । नयाँ चिहान बनाउने कार्य रोकिए पनि पुराना चिहान हटाउन भने नसकिएको उनी बताउछन् । धनकुटाको भेडेटारस्थित नाम्जे गाउँका मगर जातिले पूर्खाका सयौंँ चिहान उत्खनन् गरी एकै ठाउँमा समेटेर सामूहिक आत्माघर बनाई पर्यटकीय थलोका रुपमा विकास गरेका छन् । यसैबीच कङ्क्रिटका कारण वन क्षेत्रमा नयाँ बिरुवा उम्रने उर्वराशक्ति ह्रास आउने भन्दै तामाङ समुदायले भने पथरी शनिश्चरेको जयचोकमा समाधिस्थल निर्माण गरी एकै ठाउँमा शव जलाउने गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy