Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अँध्यारोबाट उज्यालोतिर

\"\"काठमाडौं, १६ मंसिर । ठूला जलाशययुक्त आयोजना निर्माण नभएसम्म नेपालमा लोडसेडिङ अन्त्य नहुने विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका पदाधिकारीका अभिव्यक्तिलाई झुट साबित गर्दै तिहारदेखि उपत्यकालगायत देशका प्रमुख सहरहरू अन्धकारमुक्त भएका छन् । एकाएक आएको यो उज्यालोलाई स्वयं प्राधिकरणका प्राविधिकहरूले समेत विश्वास गरेका थिएनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– बिजुलीको खपत बढी हुने तर उत्पादन घट्दै जाने मध्य पुससम्म आइपुग्दा काठमाडौं उपत्यकालाई लोडसेडिङले चिहाएको छैन । उपत्यकाबाहेक देशका अन्य भूभागमा आंशिक र नगण्य रूपमा बिजुली कटौती भइरहेको छ । काठमाडौंलाई लोडसेडिङमुक्त बनाउन सकिएकोमा स्वयं विद्युत् प्राधिकरणका इन्जिनियरसमेत आश्चर्यमा छन् । तिहारको लक्ष्मीपूजाको रातलाई अन्धकारमुक्त पार्ने प्राधिकरणको प्रयासलाई धेरैले कुलेखानीको पानी रित्याएको र उद्योगहरूको लोड नभएको मौकाको सदुपयोग गरेको अनुमान गरे । तिहारको तीन दिन त्यसै पनि उद्योग नचल्ने र तिनले खपत गर्ने करिब तीन सय मेगावाट बिजुलीको बचत नै उपत्यकामा वितरण गरिएको लख काटिए । तर तिहार बिदा सकेर नियमित रूपमा उद्योगधन्दा चल्दा पनि उपत्यकामा बिजुली नगएपछि सबैजना आश्चर्य परे । दसैंअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले उद्योगलाई अत्यधिक बिजुली खपत हुने समय (पिक आवर) को तीन घन्टा कटौती गरे । उद्योगहरूलाई साँझ तीन घन्टाको बदलामा २१ घन्टा नियमित बिजुली दिए । यसले गर्दा उद्योगहरू पनि खुसी भए । नेपाल उद्योग वाणिज्य महासंघको तथ्यांकअनुसार विगतमा लोडसेडिङका बेला उद्योगहरूले वार्षिक १६ अर्ब रुपैयाँभन्दा बढीको डिजेल प्लान्टबाट बिजुली उत्पादनका लागि डिजेल खरिद गर्दै आएका थिए । महासघंका अध्यक्ष पशुपति मुरारकाका अनुसार उद्योगमा नगण्य रूपमा भएको लोडसेडिङले यस क्षेत्रलाई निकै ठूलो राहत भएको छ । उद्यमीहरूमा नयाँ प्लान्ट स्थापना गर्ने र उत्पादन गराउने आत्मविश्वास बढेको उनले बताए । विगतमा डिजेल प्लान्टबाट बिजुली उपयोग गर्दा लागत अत्यधिक हुने र प्रतिस्पर्धात्मक क्षमतामा पनि ह्रास भएको र कतिपय उद्योगले डिजेल प्लान्ट राख्न नसकेको अवस्थामा अहिले नियमित बिजुली आपूर्तिले निकै उत्साहित पारेको मुरारकाले बताए । ‘बत्ती नभएर नयाँ उद्योग आउन सकिरहेका छैनन्, अब बत्ती पाइन्छ भन्ने विश्वास भएको छ । यसले मुलुकको उद्योग क्षेत्रमा अत्यन्त सकारात्मक आशा उत्पन्न गरेको छु, मुरारकाले शुक्रबार अन्नपूर्णसित भने । अबको योजना चालू आर्थिक वर्षको पाँच महिनामा एक सय २२ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । निकट भविष्यमा प्राधिकरणको आफ्नै चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली थ्री ए गरी एक सय चार मेगावाट उत्पादन हुन लागेको र अबको केही वर्षमै निजी क्षेत्रसित पीपीए गरिएका करिब तीन हजार मेगावाटमध्ये दुई हजार मेगावाट निर्माणाधीन रहेकाले स्वदेशी माग धान्ने वातावरण बन्दै गएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । उनका अनुसार भारतसितका अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा स्तरोन्नति पनि धमाधम भइरहेकाले अबका दिनमा नेपालमा ऊर्जा संकट हुँदैन । ‘हामी अबको दुई महिना परीक्षणमा छौं,\' उनले भने, ‘त्यसपछि उपत्यकामा लोडसेडिङमुक्त भएको घोषणा गर्नेछौं ।\' आन्तरिक खपतका लागि आवश्यक बिजुली स्वदेशमै उत्पादन नहुँदासम्म भारतबाट आयात गर्नुपर्ने बाध्यता रहे पनि त्यो बाध्यता क्रमशः कम हुँदै जाने अधिकारी बताउँछन् । हाल भारतबाट करिब तीन सय मेगावाट बिजुली आयात भइरहेको छ । भारतीय दूतावासले शुक्रबार विज्ञप्ति जारी गरी आगामी जनवरी १ ९पुस १७० देखि० ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली प्रसारण हुन लागेको जनाएको छ । ८० मेगावाट आयात भइरहेको ढल्केबरबाट आइतबारदेखि एक सय ६० मेगावाट आयात हुने भएको हो । यता प्राधिकरणले भने आगामी मार्चपछि उक्त सबस्टेसन २२० केभीमा चार्ज गरेपछि २३० मेगावाट आयात गरिने प्राधिकरण विद्युत् व्यापार विभाग प्रमुखसमेत रहेका अधिकारीले बताए । उनका अनुसार त्यसको एक वर्षपछि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमा ४०० केभीमा चार्ज गरी स्तरोन्नति गरेपछि ६ सय मेगावाट आयात गर्न सकिनेछ । यो प्रसारण लाइनका अतिरिक्त भारतसित रक्सौल(परवानीपुर १३२ केभीको क्षमता वृद्धि गरी थप ५० मेगावाट, कटैया–कुसाहा १३२ केभीबाट पनि ५० मेगावाट, टनकपुर सबस्टेसनमा ५० एमभीएको ट्रान्सफरमरलाई १०० मा स्तरोन्नति गरी थप ४० मेगावाट बिजुली बुटबल नजिकै शिवपुरसम्म छिट्टै ल्याउने योजना छ । लोडसेडिङ अन्त्यलाई दिगो बनाउने उत्पादनपछाडिको अर्को मुख्य संरचना प्रसारण लाइन तथा सबस्टेसन क्षमता विस्तारलाई पनि प्राधिकरणले प्राथमिकताका साथ कार्यान्वयन र अनुगमन गरिरहेको अधिकारीले बताए । खिम्ती(ढल्केबर यसै महिना चालू हुने, आगामी एक साताभित्र हेटौंडा–कुलेखानी(स्युचाटार १३२ केभीको सिंगल सक्र्युट लाइन पनि सञ्चालनमा आउने, केही दिनभित्रै काठमाडौंको चपली सबस्टेसनको ट्रान्सफरमर क्षमता विस्तार भई उपत्यकाको वितरण प्रणाली सुदृढ हुने गरी काम भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy