Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

आठ ट्रकमा तस्करी गरि लगिएका १७१ गोरु प्रशासनको कब्जामा

\"\"कपिलवस्तु, १९ पुस । कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयले गएराति १२ बजे आठवटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जामा लिएको छ । भारतबाट खुला सिमानाका कारण कपिलवस्तुमा गोरु तस्कारी हुने खबर पाएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा लोड गरी लैजाँदै गरेका ट्रकसहित गोरु बरामद गरिएको हो । कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौँडालगायतका स्थानबाट लोड गरिएका ट्रक रातारात हेटौँडा लैजाने गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले बताए । भारतबाट अवैधरुपमा नेपाल प्रवेश गराई कपिलवस्तुको कृष्णनगरमा रहेको पशु क्वारेन्टाइनका कर्मचारीसँग मिलेर नेपाली कागज बनाएर लैजाँदै गरेका आठ ट्रकमा लोड गरिएका ती गोरु कब्जा गरिएको हो । गोरु तस्कारले ना ५ ख ८८९०, ना ६ ख ५८०, ना ६ ख २०८१, ना ६ ख ६३०८, ना ६ ख ३३३४, ना ६ ख ५२०५, ना ५ ख ९००९ र ना ६ ख ६५१० नम्बरको ट्रकमा ती गोरु लोड गरी राति लैजाँदै गरेको अवस्थामा कपिलवस्तुको खरेन्द्रपुरबाट पक्राउ गरिएको हो । इलाका प्रशासन कार्यालयका शाखा अधिकृत अर्याल, सुब्बा गणेश कार्की, स्थानीय एक पत्रकार र खरेन्द्रपुरमा रहेको सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गणका रामबहादुर घर्तीको कमाण्डमा खटिएका ११ जनाको टोलीले खरेन्द्रपुरबाट ट्रकसहित गोरु पक्राउ गरेको थियो । कब्जा गरिएका गोरु र ट्रक रातिनै वडा प्रहरी कार्यालय चन्द्रौटामा बुझाइएको थियो । तस्करले खुल्ला सिमानाका कारण भारतबाट अवैधरुपमा नेपाल भित्र्याउने, यहाँबाट बुटवल, नारायणगढ हँुदै हेटाँैडा, झापामा पु¥याउने गरेको बताएका छन् । झापाबाट पुनः भारतमा प्रवेश गर्दै बङ्गलादेश पु¥याउने गरेको गोरु ओसारपसारमा संलग्न सिराहाका नुर मोहम्मदले जानकारी दिएका छन् । पछिल्लो समय गोरु तस्करले कपिलवस्तुलाई गोरु तस्करको मुख्य अखडा बनाएका छन् । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy