Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला शुभारम्भ

\"\"चितवन, २९ पुस । पवित्र तीर्थस्थल देवघाट धाममा रहेका तीनवटा आश्रमका पिठाधिश र तिनका प्रतिनिधिले बेनीमा बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेला शुभारम्भ गरेका छन् । गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरी, हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्यास आश्रमका प्रतिनिधिसहितको सन्त, महन्त र भक्तजनको ¥याली बेनीमा पुगेर बाँसको लिङ्गो गाडिएसँगै मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलकाअनुसार मेला व्यवस्थापनका लागि चितवन, नवलपरासी र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुखसहित एक सय ११ सदस्यीय मूलसमिति गठन गरिएको र समितिको माताहतमा रहेका उपसमितिले आ–आफ्नो जिम्मेवारी पुरा गरेको अध्यक्ष पौडेलले बताए । स्नान क्षेत्र सुरक्षित गराइनुका साथै विद्युत्, खानेपानी, शौचालयको व्यवस्था गरिएको छ । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा स्नान गर्दा नदीले बगाउनसक्ने समस्या हुन नदिन डोरी टाँगेर सुरक्षितस्थल छुट्याइनुका साथै डुङ्गा र ¥याफ्टिङ्को पनि व्यवस्था गरिएको छ। पुलमाथिबाट एक पटकमा दुवैतर्फबाट ५०÷५० जना मात्रै जाने आउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए । यसपटक स्नानपछि कपडा फेर्नका लागि महिलालाई विशेष व्यवस्था गरिएको छ भने अशक्त असहाय र वृद्धका लागि निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । उद्धारका लागि आदिवासी जनजाति बोटे समाजको नेतृत्वमा रेडक्रसको झन्डा राखेर एउटा डुङ्गा तयारी अवस्थामा राखिएको छ भने सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली पनि तैनाथ हुने उनले जानकारी दिए । देवघाट आवतजावतका लागि नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गा र रामनगरबाट देवघाटतर्फ जाने व्यवस्था मिलाइएको छ भने र्फिकदां आँपटारीबाट बाहिरिने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघेसङ्क्रान्तिमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ । नेपाल र भारतका विभिन्न भू–भागबाट ठूलो सङ्ख्यामा भक्तजन यहाँ आउने गर्दछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending