Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

कहाँ जान्छ यति धेरै सुन ?

काठमाडौं, २ माघ । बालाजुमा शनिबार बिहान प्रहरीको एउटा टोली चीनबाट रसुवा नाका हुँदै तस्करी गरिएको १५ किलो सुन बरामद गर्दै थियो । त्यही वेला प्रहरीको अर्को टोलीले थानकोटको नागढुंगामा चिनियाँ नागरिकबाट चार करोड ७१ लाख रुपैयाँबराबरको डलरसहित विदेशी मुद्रा बरामद गर्‍यो । आजको नयाँ पत्रिकामा खबर छ– महानगरीय प्रहरी वृत्त बालाजुले रसुवाबाट आउँदै गरेको बा।१ज ४९६४ नम्बरको टाटोसुमो गाडीबाट १५ किलो सुन बरामद गरेको हो । गाडीको पछाडि भागमा फल्स बटम बनाई सुन लुकाइएको थियो । सुनसहित चालक रवीन्द्र भुजेल पक्राउ परेका छन् । मुख्य तस्करको खोजी गर्दै आएको प्रहरीले जनाएको छ । विमानस्थलबाट हुँदै कर्मचारीको मिलेमतोमा साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धान भइरहेको छ । नागढुंगाबाट तीन चिनियाँ नागरिक र एक नेपालीलाई महानगरीय अपराध महाशाखाको टोलीले चार करोड ७१ लाख १३ हजार सात सय ९० रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित पक्राउ गरेको हो । दुई लाख ७४ हजार एक सय ५१ अमेरिकन डलर, एक लाख २८ हजार आठ सय ५० युरो, चार हजार ६ सय ५० अस्ट्रेलियन डलर, दुई हजार पाँच सय क्यानेडियन डलर, २२ लाख जापानी येन, तीन हजार एक सय ७२ चिनियाँ युयान, दुई हजार स्विस फ्र्यांक र ३० हजार रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् । ‘प्रारम्भिक अनुसन्धानमा सुन तस्करीलगायत अवैध कारोबारको रकम विदेशी मुद्रामा साटेर चीन लैजान खोजेको देखिन्छ,’ अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल भन्छन्, ‘नत्र बिहान ३ बजे गाडीको फल्स बटममा लुकाएर लैजानुपर्ने कारण थिएन ।’ सुन, डलर र हुन्डीको कनेक्सन सुन र डलर तस्करी तथा हुन्डी कारोबारको ‘कनेक्सन’ रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी नवराज सिलवाल बताउँछन् । ‘एउटै समूहले सुन, डलर र हुन्डीको कारोबार गर्दछ,’ डिआइजी सिलवाल भन्छन्, ‘यस्तोमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न हुने गरेको छ ।’ ०६८ मा प्रहरीकै मिलेमतोमा डलर तस्करी भएको खुलेको थियो । विमानस्थलबाट अवैध डलर बरामद गर्दा ती व्यक्ति सुन तस्करीमा रहेको खुलेको थियो । नेपालबाट अवैध डलर लिएर दुबई जाने र दुबईबाट नेपालमा सुन लिएर आउने गरेको खुलेको थियो । छानबिन समितिले सुन र डलर तस्करीमा एउटै समूह रहेको प्रतिवेदन दिएको थियो । चीनतर्फ नेपालमा सुन तस्करी हुनु र नेपालबाट चीनमा डलर लैजानुमा पनि तस्करीको सम्बन्ध रहेको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल बताउँछन् । सुन तस्करीको भुक्तानी धेरैजसो हुन्डी कारोबारसँग मिलाइने गरिएको छ । चीनमा अमेरिकन डलरलगायत विदेशी मुद्राको ठूलो माग छ । त्यहीअनुसार नेपालमा विभिन्न वैध–अवैध कारोबारमा संलग्न चिनियाँहरू डलर साटेर चीन जाने गर्दछन् । तस्करीको सुनको पैसा वैध बाटोबाट विदेश लैजान सम्भव छैन । त्यसकारण उनीहरूले हुन्डीमार्फत नै कारोबार मिलाउने गर्छन् । कुन–कुन देशबाट आउँछ सुन ? नेपालमा चीनबाट अवैध रूपमा धेरै सुन भित्रने गरेको छ । दुबई, युएईबाट पनि तस्करी भएर सुन आउने गरेको छ । गाडीमा लुकाएर ल्याउन सहज भएकाले रसुवाको केरुङ नाका हुँदै ठूलो मात्रामा सुन नेपालमा तस्करी हुने गरेको छ । भूकम्पले बन्द हुनुअघि तातोपानी नाकाबाट ठूलो मात्रामा सुन तस्करी हुने गरेको थियो । तातोपानी नाकाबाट तस्करी हुँदै आएको अधिकांश सुन ६ वर्षदेखि नै बरामद हुँदै आएको छ । खाडी मुलुकबाट नेपाल फर्कने कामदारलाई समेत भरियाका रूपमा प्रयोग गरी सुन तस्करी हुने गरेको छ । आर्थिक प्रलोभनमा पारी झुक्याएर कामदारहरूलाई प्रयोग गरी नेपालमा सुन ल्याइने गरिएको छ । त्यसरी सुन लिएर आउने कामदारहरू हरेक साताजसो अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ पर्ने गरेका छन् । बिजिनेस भिसामा बसेर डलर तस्करी विदेशी मुद्रासहित शनिबार पक्राउ परेका चिनियाँ नागरिक चाङ तोङ फाङ र चौ सलियन बिजिनेस भिसामा नेपालमा बस्दै आएका थिए । ब्यागसम्बन्धी व्यवसायका लागि भनेर उनीहरूले भिसा लिएका थिए । तर, व्यापारको आवरणमा उनीहरूले डलर तस्करीलगायतका अवैध गतिविधि गर्दै आएको अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । ठमेलमा बस्दै आएका उनीहरू पटक–पटक चीन जाने–आउने गरेको पासपोर्टमा देखिएको छ । त्यसैले उनीहरूले पटक–पटक तस्करी गर्दै आएको प्रहरीको अनुमान छ । अपराधमा चिनियाँको संलग्नता बढ्यो नेपालमा सुन, डलर तथा वन्यजन्तुका अंगको तस्करीमा चिनियाँहरू बारम्बार पक्राउ परेका छन् । सबैभन्दा धेरै भने डलर तस्करीमा चिनियाँहरू संलग्न रहेको प्रहरी अधिकारीहरू बताउँछन् । सन् २०१६ मा नेपालबाट निष्कासनमा पर्ने विदेशीमा पनि चिनियाँ धेरै छन् । सो वर्ष नेपालबाट निष्कासनमा परेका दुई सय ३९ विदेशीमध्ये एक सय २४ चिनियाँ नागरिक रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । मालिक किन फेला पर्दैेनन् ? प्रहरीले पछिल्लो तीन साता काठमाडौंमा तीनपटक सुन बरामद गरेको छ । १३ पुसमा महानगरीय अपराध महाशाखाले रसुवागढी नाका हुँदै भित्रिएको सात केजी सुन बरामद गरेको थियो । २१ पुसमा विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सिआइबीले बरामद गरेको थियो । बालाजुको चमतीमा शनिबार १५ केजी सुन बरामद भयो । सबै घटनामा सुन ओसारपसारमा खटाइएका तल्लो तहका व्यक्ति मात्र पक्राउ परेका छन् । सात केजी सुनसहित चालक कुन्साङ लामा पक्राउ परेका थिए । साढे ३३ किलो सुनसहित ओसारपसारमा संलग्न गोपालबहादुर शाही, सन्तोष काफ्ले र दिलबन्धु थापा पक्राउ परे । शनिबार गाडीका चालक रवीन्द्र भुजेल पक्राउ परे । तीनैवटा घटनामा सुनधनी पहिचान भएका छैनन् । सधैँजसो अवैध सुनसहित भरिया पक्राउ पर्ने गरेका छन् भने सुनधनी फरार हुन्छन् । मुख्य तस्कर कारबाहीमा नपरेकाले तस्करी नरोकिएको हो । प्रहरीले सामान्यतः सुन तस्करीमा संलग्नलाई पक्राउ गरेलगत्तै अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागलाई बुझाउने गरेको छ । विभागले बयान लिनेबाहेक विस्तृत अनुसन्धान नगर्ने भएकाले सुनधनी उम्कने गरेका छन् । यसपटक भने सिआइबीले पक्राउ परेकाहरूलाई संगठित अपराध मुद्दामा आफैँ थुनामा राखी अनुसन्धान गरेकाले कर्मचारीलगायत पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय गिरोह संलग्न छ डिआइजी नवराज सिलवाल, निर्देशक, सिआइबी साढे ३३ किलो सुनको अनुसन्धान सकारात्क दिशामा अघि बढेको छ । केही दिनमै थप व्यक्तिहरू पक्राउ पर्नेछन् । प्रहरी नजिक पुगेको छ । भन्सारका कर्मचारीको मिलेमतो पुष्टि भइकसेपछि कर्मचारी पनि पक्राउ गरिसकेका छौँ । अनुसन्धान पूरा भएपछि मात्र पूरै सञ्जालबारे थाहा हुनेछ । तस्करले अवैध डलरको पनि कारोबार गर्छन् । डलरको अवैध कारोबारबाट पनि उनीहरूले धेरै मुनाफा कमाउँछन् । कर नतिर्दा पनि नाफा कमाउने भए । सुन र डलर तस्करीको सम्बन्ध आतंकवादी गतिविधिसम्म हुन सक्छ । सुन तस्करीका मुख्य तीन कारण १.बजारमा अत्यधिक माग छ, वैधानिक आयात कम छ नेपालमा सुन आयात गर्ने अधिकार बैंकहरूलाई मात्र छ । बिहेको सिजनमा दैनिक ५० किलो र अफसिजनमा ३० किलो सुनको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारको दाबी छ । तर, बैंकहरूले दैनिक जम्मा १५ किलो मात्र सुन आयात गर्न पाउँछन् । यसरी मागको आधा पनि वैधानिक च्यानलले पूरा गर्न सक्दैन । त्यो माग अघोषित रूपमा तस्करीबाटै पूर्ति हुने गरेको छ । २. कालो धन लुकाउन र वैध बनाउन सुनमा लगानी तस्करीबाट आएको सुन बजार पुगेपछि वैधानिक बन्छ । कहिलेकाहीँ सुन व्यवसायीहरू पक्राउ पर्छन्, तर ग्राहकसम्म पुगेपछि त्यस विषयमा छानबिन हुँदैन । भ्रष्टाचारलगायत अवैध स्रोतबाट कमाएको पैसा अन्य व्यवसायमा लगानी गर्दा स्रोत देखाउनुपर्छ, नगद त्यत्तिकै राख्दा अनुत्पादक हुन्छ । तर, पैसा सुनमा लगानी गर्दा सुरक्षित मात्र होइन, फाइदा पनि हुने भएकाले सुनको माग बढ्दो छ । ३. भारतमा पनि कोटा लागू भएकाले नेपालबाट तस्करी तस्करीबाट नेपाल आइपुग्ने सुन भारत पनि जाने गरेको सिआइबीको अनुसन्धानले देखाएको छ । भारतमा पनि सुन आयातमा सरकारले कोटा तोकेको छ । त्यस कारण मागअनुसार बजारमा सुन छैन । भारतीय विमानस्थलको चेकिङ निकै कडा भएकाले सीधै भारतमा तस्करी कठिन भएकाले उनीहरूले नेपालमार्फत सुन लैजाने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । खुला सिमाना भएकाले सुन सजिलै भारत पुग्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy