Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीका एसपी कमल थापाविरूद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ।

‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ।

ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो।

थप अनुसन्धान गर्नुपर्ने देखिएकी मनिषा घटनाका मुख्य योजनाकार ताजकी प्रेमिका हुन्। उनैको योजनामा भैंसेपाटी  प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाहीसहितले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै २० लाख रुपैयाँ असुलेका थिए।

मुद्दा दायर भएकामा शाही, दर्शन पोखरेल, सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भीमादेवी थापा छन्।

शाही र पोखरेल फरार छन्। थापाले हनी ट्रयाप प्रकरणमा इस्लामलाई भैंसेपाटीकी इन्स्पेक्टर शाहीसँग ‘कनेक्सन’ गराइदिएको आरोप छ। थापा कञ्चनपुरमा एसपी हुँदा शाही उनीसँगै काम गर्थिन्।

थापाले हनी ट्रयापको सिलसिलमा रहेका इस्लामसँग एयरपोर्टस्थित एक होटलमा भेटेको तथ्यसमेत फेला परेको छ।

इस्लाम सुनसरीका हुन्। थापा सुनसरी बस्दासमेत इस्लाम उनीसँग निकट रहेको बुझिन्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending