Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सहायक प्रजिअ निलम्बनको माग गर्दै औषधि पसल तीन दिनदेखि बन्द

धनुषा, २ माघ । औषधि व्यवसायी सङ्घको आह्वानमा जनकपुरका औषधि पसल आज तेस्रो दिन पनि बन्द गरिएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग राखी औषधि व्यवसायी सङ्घ जनकपुर शाखाले शुक्रबारदेखि औषधि पसल बन्द गर्दै आएका छन् । गत पुस २६ गते स्थानीय जनकपुरका औषधि पसलमा धनुषाका सहायक जिल्ला अधिकारी गिरी नेतृत्वको अनुगमन समितिले अवैधानिक रुपमा तथा अनुमति बिना नै सञ्चालनमा आएको ४० श्ययाको आर्या केयर अस्पताल, प्रसूति विशेषज्ञ डा. रामनरेश पण्डितको क्लिनिक, डा. सोनिय सिंहको काव्य मेडिकल, जलान मेडिकललगायतका निजी अस्पताल, पोलिक्लिनिक, प्याथोलोजी ल्याब र औषधि पसलमा सिल गरेको थियो । राजस्व छलेको आशङ्कामा निजी अस्पताल र पोलिक्लिनिकका आवश्यक कागजातसमेत गरी आन्तरिक राजस्व कार्यालय, जनकपुरका कर्मचारीले नियन्त्रणमा लिएका थिए । त्यसैगरी अनुगमन टोलीले रामदेवी डेन्टल क्लिनिक, सुनैना प्याथोलोजी, मनिष मेडिलक हल, अमृत क्लिनिक, सीता फिजियो थेरापी, डिमाइन प्याथोलोजी, मुस्कान मेसिन, पपु मेडिकल हल, अमास मेडिकल हल, काव्य मेडिकल हल, अर्थोपेडिक तथा ट्रमा सेन्टरलगायतमा पनि सिलबन्दी गरेको थियो । जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घले जनकपुरमा पत्रकार सम्मेलन गरी विभिन्न मागसहित शुक्रबारदेखि अनिश्चितकालीन औषधि पसल बन्दको घोषणा गरेका हुन् । सङ्घर्ष समितिका संयोजक केदारनाथ पाठकले गैरकानुनी हस्तक्षेपका कारण औषधि पसल बन्द गर्नुपरेको बताए । जनकपुरमा रहेका ९० प्रतिशत निजी स्वास्थ्य संस्थाहरु गैरकानुनी रुपमा सञ्चालन रहेको गुनासो बढेपछि अनुगमन समितिले अनुगमन गर्ने क्रममा अधिकांश औषधि पसल र केही ठूला निजी क्लिनिक तथा निजी अस्पतालले बिना इजाजतकै करोडौँको लगानीमा कर छलीलगायतका अवैधानिक क्रियाकलाप गर्दै आएको पाइएको छ । प्रजिअ दिलीप चापागाईंले औषधि व्यवसायीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । यता तीन दिनदेखि जनकपुरका सबै औषधि पसल बन्द भएपछि बिरामी मर्कामा परेका छन् । शुक्रबारदेखि जनकपुर अञ्चल अस्पताल परिसरमा रहेका साझा औषधि पसलबाहेक सबै बन्द भएपछि बिरामीका लागि चाहिएको औषधि खरिद गर्ने बिरामीका कुरुवा र आफन्तजनको उक्त पसलमा भीड लागेको छ । भारतसहित यस क्षेत्रका सात आठ जिल्लाका बिरामी उपचारका लागि जनकपुर आउने गर्छन् । जनकपुरका निजी अस्पताल, क्लिनिक, प्याथोलोजी, औषधि पसलमध्ये करिब ९० प्रतिशत अवैधानिक र मापदण्ड विपरीत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, धनुषाले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy