माघ ३ गते, २०७३ सोमवार 16th January, 2017 Mon०६:२८:४१ मा प्रकाशित
काठमाडौं, ३ माघ ।सशस्त्र प्रहरी बलमा प्रहरी महानीरीक्षक (आईजीपी) का लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बीच तीव्र प्रतिस्पर्धा चलेको छ । आगामी ३ फागुनमा आईजीपी दुर्जकुमार राईले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि एआईजीहरूबीच आगामी एक वर्ष सशस्त्रको कमान्ड सम्हाल्न प्रतिस्पर्धा सुरु भएको हो ।
आजको राजधानी दैनिकमा खबर छ– एआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा आईजीपीका प्रतिस्पर्धी हुन् । अर्का एआईजी कृष्णकुमार तामाङ र जितबहादुर पुन आईजीपी राईसँगै अनिवार्य अवकाश पाउनेछन् । ५ भदौ २०७१ मा एकैसाथ बढुवा भएका श्रेष्ठ, शाही र ओझामध्ये एकले अबको सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्नेछन् । तीनैजनाको कार्यकाल २८ फागुन २०७४ मा सकिनेछ । सशस्त्र प्रहरी बल स्रोतका अनुसार उनीहरू तीनैजना अहिले आईजीपी हुने कसरतमा लागेका छन् । राजनीतिक लबिङ पनि उनीहरूले चर्कै रूपमा गरेको स्रोतको दाबी छ । उनीहरू यतिबेला विभिन्न सम्पर्क सूत्रमार्फत राजनीतिक दलका नेताहरूको सम्पर्कमा पुगेका छन् । धेरैजसो उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र उनकै पार्टी कांग्रेस सभापति शेरबहादुर देउवालाई सोर्स लगाउन उनीहरूको दौडधुप चलेको स्रोतले जनाएको छ ।
तीनजना प्रतिस्पर्धीले क्षेत्रीय कमान्ड सम्हालेका कारण उनीहरू कोहीभन्दा कोही कम नभएको दाबी गर्छन् । २०६७ मा पूर्व क्षेत्र मुख्यालय बराह बाहिनीमा एआईजी श्रेष्ठ कार्यरत थिए भने शाहीले २०६८ मा पश्चिम क्षेत्रीय मुख्यालय मुक्तिनाथ बाहिनी, ओझाले २०६७ मा मध्यपश्चिम मुख्यालय महेश्वरी बाहिनीको कमान्ड सम्हालेका थिए ।
लामो समय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कमान्ड सम्हालेको अनुभवी एआईजी ओझा सशस्त्र प्रहरीलाई कस्तो प्रहरी संगठन बनाउन सकिन्छ भन्ने विषयका जानकार हुन् । केही समय पूर्वप्रहरी महानिरीक्षक कोषराज वन्तले उनलाई सुरक्षा परिषद्मा समेत पठाएका थिए । साइकलप्रेमी एआईजी श्रेष्ठ भने सशस्त्र प्रहरी संगठनका इमानदार तथा सोझा अधिकृत मानिन्छन् । उनी सशस्त्र प्रहरीको महानिरीक्षक हँुदा बिग्रने र सप्रेन दुवै अवस्था नरहेको उनलाई नजिकबाट चिन्ने जानकारहरू बताउँछन् । त्यस्तै, शाही भने अलिक चतुर रहेको र सबै पक्षलाई मिलाएर लैजानुपर्छ भन्ने भावना भए पनि क्षेत्रीयताको अलि बढी नै प्रभावमा पर्ने नजिकबाट चिन्नेहरू बताउँछन् ।
‘ओझा बढी नै एकेडेमिक छन्, श्रेष्ठ सोझा र शाही बढी चतुर, त्यसकारण आईजीपीमा कसले बाजी मार्ने हुन् भन्ने विषय यकिन गर्न नसकिने अवस्था छ, राजनीतिक पहुँच एआईजी शाहीको देखिन्छ, तर संगठनभित्रको अवस्था कमजोर रहेको छ,’ स्रोतले भन्यो ।
प्रतिस्पर्धी तीनैजना २९ चैत २०४४ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि उनीहरू सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा आबद्ध भएका थिए । प्रतिस्पर्धी तीनैजनाले राजनीतिक शक्तिकेन्द्रलाई पनि प्रयोग गरिरहेको स्रोतले जनाएको छ । आईजीपीको बढुवासँगै खाली हुने तीन एआईजीका लागि पुष्पराम केसी, उत्तम खड्का, नारायणबाबु थापा, दिवाकर केसी, रामशरण पौडेललगायत छन् । डीआईजी पुष्पराम र उत्तम यसअघि नै बढुवाका प्रमुख दाबेदार रहेका थिए ।
डीआईजी बढुवामा विवाद
आईजीपीको बढुवा प्रतिस्पर्धामा रहनेहरूले राजनीतिक लबिङ सुरु गरिरहेका बेला डीआईजी बढुवाको विवाद भने उत्कर्षमा पुगेको छ । सेनाबाट सशस्त्रमा स्थानान्तरण भएकाहरूलाई अवरोध हुने गरी सशस्त्र प्रहरी नियमावली संशोधन गरिएको विषयमा सेनाबाट सेवा प्रवेश गरेकाहरूले डीआईजी बढुवामा विवाद बढाएका हुन् ।
नियमावलीमा रहेका केही विवादास्पद प्रावधानका कारण सशस्त्र प्रहरीमा वृत्ति विकास नै ठप्प हुने अवस्थासमेत आएको दाबी उनीहरूले गरेका छन् । पछिल्लो समय शैक्षिक योग्यतासम्बन्धी प्रावधानलाई लिएर सशस्त्र प्रहरी नेतृत्वमा विवाद बढेको हो । गत वर्ष संशोधन गरिएको सशस्त्र प्रहरी नियमावलीमा एसपीभन्दा माथिल्लो तहमा बढुवा हुन सशस्त्र प्रहरी निरीक्षकका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता (कम्तीमा स्नातक उत्तीर्ण) भएको हुनुपर्ने उल्लेख छ । यसले नेपाली सेनाबाट सशस्त्र प्रहरीमा सेवा स्थानान्तरण गरेर आएका अधिकारीहरू मर्कामा परेका छन् । उनीहरू प्रवीणता प्रमाणपत्र÷प्लस टु उत्तीर्ण गरी सेनाको सेकेन्ड लेफ्टिनेन्टमा भर्ना भएका थिए ।
सशस्त्र प्रहरी बलको इन्सपेक्टरमा भर्ना हुन स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ । जसका कारण अब माथिल्ला पदमा बढुवाका लागि कम्तीमा स्नातक गर्नैपर्छ । नयाँ प्रावधानले उनीहरूलाई माथिल्लो पदमा पुग्ने बाटो बन्द गरिदिएको छ । सेनाबाट सशस्त्रमा गएका अधिकारीहरू भने सेनाको २१ महिना तालिम हुने र सो स्नातकसरह नै हुने भएकाले बढुवामा शैक्षिक योग्यतासम्बन्धी प्रावधान राख्नु गलत भएको तर्क गरिरहेका छन् । विगतमा सशस्त्र प्रहरी नियमावलीमा यस्तो प्रावधान थिएन । सोही विवादका कारण लामो समयदेखि डीआईजीमा बढुवा रोकिएको छ । बढुवाका लागि गत महिना नै सशस्त्र प्रहरीले प्रक्रिया अघि बढाएको थियो । तर, सेनाबाट आएका एसएसपी सञ्जय राणा र चिरञ्जीवी अधिकारीले नियमावली संशोधन गर्न दबाब दिँदै आएका छन् । दुवैजना सेनाबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।
सशस्त्रमा लामो समयदेखि तीन डीआईजी पद रिक्त छन् । डीआईजीको एउटा पद रिक्त भएको त डेढ वर्ष भइसकेको छ । जसमा बढुवाका लागि राणा र अधिकारीसहित खड्गबहादुर राई, वसन्त बानिया“, मन्दीप श्रेष्ठ र राजु सुवाल प्रतिस्पर्धामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: