माघ ३ गते, २०७३ सोमवार 16th January, 2017 Mon०६:५२:२६ मा प्रकाशित
काठमाडौं, ३ माघ ।सहरी विकास मन्त्रालयले बाग्मती नदी किनारको गोकर्ण ब्यारेजदेखि सिनामंगल क्षेत्रको ७ किमि क्षेत्रमा ‘हरित उद्यान’ बनाउन सुरु गरेको छ । मन्त्रालयका अनुसार एशियाली विकास बैंक (एडीबी) को सहयोगमा परम्परागत शैलीको हरित उद्यान निर्माण प्रक्रिया अघि बढाएको हो ।
आजको कान्तिपुरमा खबर छ– अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिका प्रमुख राजेशप्रसाद सिंहका अनुसार बाग्मती नदीको बीच–बीचमा चेकड्याम निर्माण गरिनेछ । ‘परम्परागत शैलीको निकै आकर्शक पार्क निर्माण गछौं,’ उनले भने, ‘काम सुरु पनि भइसकेको छ ।’
नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान निर्माण गरिने उनले बताए । त्यसपछि सडक भने दुई लेनको बनाइनेछ । नदीको ३ स्थानमा परम्परागत शैली भकारी आकारका संरचना निर्माण गरिनेछ । जसबाट मानिसले सजिलै नदीसम्म पुग्न सक्ने छन् । करिव २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको उक्त उद्यान २७ महिनाभित्र सम्पन्न गरिने सिंहले बताए । ‘मृत बाग्मतीलाई जिवित तुल्याउने यो अभियान हो,’ उनले भने, ‘त्यसै अनुसार काम पनि भइरहेको छ ।’
गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, जोरपाटी पुलदेखि गुहेश्वरीसम्म ४० मिटर, गुहेश्वरीदेखि सिनामंगल सम्म करिव ३० मिटर नदीको बहाव कायम गर्दै दायाँ–बायाँ हरित उद्यान निर्माण गरिनेछ ।
हरियालीको बीचमा साइकल लेन, फुटपाथ समेत निर्माण गरिने उनले बताए । हालको गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत निर्माण गरिने उनले बताए । ‘माकलबारी, जोरपाटी लगायतको क्षेत्र निकै आकर्शक देखिन्छ,’ उनले भने, ‘पहिलो चरणमा यो क्षेत्र छनोट गरिए पनि त्यसपछि गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रसम्म हरित उद्यान निर्माण गर्ने सोचमा छौं ।’ तर, गुहेश्वरीदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भने कुनै पनि संरचना निर्माण नगरिने उनले बताए ।
गोकर्ण–सुन्दरीजल खण्ड र सिनामंगल–बल्खु खण्डमा समेत परम्परागत शैलीको आधुनिक हरित उद्यान निर्माण गरिने उनले बताए । ‘फुटपाथमा मर्निङवाक गर्न सजिलो हुन्छ,’ उनले भने, ‘प्रत्येक स्थानमा बस्ने चौतारी बनाउँछौं, जहाँ बसेर नदीको बहावको नियाल्न सजिलो होस ।’ त्यसैगरी बाग्मतीको धाप क्षेत्रमा वर्षातको पानी संकलनको लागि २४ मिटर अग्लो ड्याम निर्माण गर्न लागेको उनले बताए ।
‘वर्षातको पानी संकलन गरेर सुख्खा याममा बाग्मतीमा बगाइन्छ,’ उनले भने,‘ नदीको विशेषता पानी हुनु हो । त्यसकारण पानीको बहाव बढाउनैपर्छ ।’ ८ लाख ५० हजार घन मिटर पानी संकलन गरेर सुख्खायाममा ४०० लिटर प्रति सेकेन्ड नदीमा छोड्निे उनले बताए । त्यसकालागि पनि ठेक्क सम्झौता भइसकेको उनले बताए ।
उक्त संरचना निर्मााण लागि शिवपुरी वन्यजन्तु आरक्षका करिब २८ सय रुख कटान गुर्नपर्ने भएकाले केही ढिलाई भएको उनले बताए । ‘मन्त्रिपरिषदमा पुगेको छ,’ उनले भने, ‘अब चाँडै निर्णय हुन्छ होला ।’ ड्याम निर्माणका लागि एशियाली विकास बैंकले करिव ५२ करोड रुपैयाँ सहयोग गरेको छ ।
त्यसैगरी बाग्मतीको नागमतीमा ९० मिटर उचाईको ड्याम निर्माण कार्य लागि अध्ययन भइरहेको छ । आयोजनाका अनुसार जलाशय निर्माण गरि ८० लाख घन मिटर पानी जम्मा गरेर सुख्यायाममा प्रति सेकेन्ड ४ सय लिटर प्रति सेकन्ड पानीको बगाइनेछ । नागमतीबाट २ सय मेगावाटको विद्युत उत्पादन गर्न सकिने आयोजनाको अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: