Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

\"\"काठमाडौं, ५ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रुपमा प्रयोग गर्ने गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौं शव गाडिएका छन् । ६ महिनायता सनाखत हुन नसकेका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गडिएका छन् । शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ । सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख दामोदर श्रेष्ठले बताए । तर, विभागमा परीक्षण गरिएका शव गाड्ने ठाउँ सानो भएकाले समस्या देखिएको छ । पछिल्लो समय सनाखत नभएका शवहरूको संख्यामा वृद्धि भइरहेको फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्तीले बताए । तर, जग्गा अभावमा शव गाड्ने मापदण्ड पूरा नभएको उनको भनाइ छ । आठ आना जग्गामा एकपटकमा ५० शव गाड्न उपयुक्त हुने उनले जानकारी दिए । ‘एकपटक गाडेपछि सदाका लागि त्यस स्थानमा शव गाड्न पाइँदैन । एकले अर्कालाई छुनुहुँदैन,’ प्रोफेसर वस्तीले भने, ‘दुर्भाग्य हामीसँग जग्गा छैन । राज्य बेखबर छ । हामी बाध्य भएर एकै ठाउँमा शव गाडिरहेका छौँ ।’ अहिले चारदेखि आठ फिट खाल्डो खनेर शव राख्ने र पुर्ने गरिएको छ । वरपरको बस्तीमा दुर्गन्ध थोरै ठाउँमा निरन्तर शव गाड्दा नकुहिएर वरपर दुर्गन्ध फैलिएको छ । ‘ठाउँ अभावका कारण आठ आना जग्गामा वर्षौँदेखि शव गाड्दा वरपरका बासिन्दालाई पनि समस्या छ,’ वस्तीले भने । शव गाड्ने जग्गासँगै अस्पतालको फोहोर थुपारिएको छ । शव राम्रोसँग नपुरिएकाले दुर्घन्धका साथै कंकालहरू जमिनमै यत्रतत्र छरिएको देखिन्छ । कुकुरले समेत खोतलेर शव बाहिर देखिने गरेको स्थानीय बताउँछन् । ‘शवको दुर्गन्ध आउँछ कि फोहोरको भन्ने यकिन नै हुँदैन,’ स्थानीय सुवास लामाले भने, ‘कहिलेकाहीन् कुकुर पसेर शव खोतल्यो भने पूरै दुर्गन्धित हुन्छ । आसपासमा बसोबास गर्नेलाई निकै समस्या छ ।’ फरेन्सिक विभागबाट सय मिटरपर रहेको सहारा केयर अस्पतालका सञ्चालक डा। हरि लम्साल पनि दुर्गन्धले आसपासमा असर गरेको बताए । ‘बस्तीको बीचमा शव गाड्नु अमानवीय कार्य हो,’ उनले भने, ‘राज्यले शव गाड्ने स्थानको उचित व्यवस्था गर्नुपर्छ । नजिकै शव गाडिँदा छेउछाउ बस्ने मानिसलाई यसले गम्भीर असर गर्न सक्छ ।’ कान्ति बाल अस्पतालनजिक घर भएकी सुनिता श्रेष्ठले वर्षौँदेखि त्यहाँ शव गाड्ने गरिएको बताइन् । ‘आफ्नो जग्गा होइन, केही भन्न पनि मिलेन । पहिला–पहिला त राति दुर्गन्धले गर्दा बाहिर निस्किन पनि सकिँदैनथ्यो,’ श्रेष्ठले भनिन्, ‘दाउराको भारी घोप्ट्याएजस्तो हरेक महिना खातका खात शव खाल्डामा पुरेको देखिन्छ ।’ फरेन्सिक विभागले बाहिरबाट नदेखिने बनाउन अस्पताल हातापट्टिको जग्गामा दाताको सहयोगमा जस्तापाताले बार लगाएको छ । पहिलोपटक सुन्दै छु, बुझेर निर्णय लिन्छु : स्वास्थ्यमन्त्री शिक्षण अस्पताल परिसरमै चिहान बनाइएको र अव्यवस्थित रूपमा कंकाल छरिएको विषयमा स्वास्थ्यमन्त्री गगन थापाले आफू बेखर रहेको बताए । उनले भने, ‘म पनि पहिलोपटक सुन्दै छु, एक–दुई दिनमै वास्तविकता बुझी निर्णय लिनेछु । यो मानवीय संवेदनाको विषय हो, यसमा सरकारले आवश्यक निर्णय लिनेछ ।’ शव गाड्ने ठाउँ त्यही हो, विकल्प छैन : डा. हरिहर वस्ती कसैको अस्वाभाविक मृत्यु भए प्रहरीले पोस्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभागमा ल्याउँछ । कैयौँ शवको सनाखत हुन सक्दैन । त्यस्ता शव विभागले जिम्मा लिँदैन र शव गाडिन्छ । तर, मृत शव गाड्ने ठाउँको कुनै आधिकारिक पहिचान अहिलेसम्म पनि छैन । विभागअगाडि खाली ठाउँ भएका कारण सोही स्थानमा शव गाडिँदै आएको छ । त्यो जग्गा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को हो । कुनै समय आइओएमले भवन बनाउने भएमा शव गाड्ने विकल्प विभागसँग छैन । विद्यार्थीलाई नचाहिने भाग खाल्डोमा हालिन्छ त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस पढाइ सुरु भएसँगै ०३२ देखि विद्यार्थीको अध्ययनका लागि मृत शरीर वीर अस्पतालबाट व्यवस्था गर्ने गरिएकोे थियो । विद्यार्थीलार्इ आवश्यक पर्ने शरीरको भाग राख्ने र बाँकी भाग अस्पताल परिसरको आठ आना जग्गामा गाड्न थालिएको हो । फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्ती भन्छन्, ‘त्यो बेला शव थोरै हुन्थे, त्यसैले त्यहाँ गाड्न कुनै समस्या थिएन । तर, अहिले बेवारिसे शव धेरै हुन्छ, व्यवस्थापन गर्न समस्या छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending