Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

जसपा नेपालले आइटी सेल गठन गर्ने

खबरडबली संवाददाता
काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले थप व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचारप्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाललाई लक्षीत गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गर्न लागिएको हो ।
 
यसका लागि पार्टीले जिल्ला क्षेत्रको संगठनमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय भएर काम गरिरहेका कम्तिमा १० देखि १५ जना व्यक्तिको नामसूचि एक साताभित्र केन्द्रीय कार्यालयमा पठाउन भनेको छ ।

व्यक्ति छनौट गर्दा संगठनभित्र सामाजिक सञ्जालको प्रयोगमा सक्रिय भएको, आइटीको प्राविधिक पक्षबारे दख्खल एवं जानकार भएको व्यक्ति हुनुपर्ने छ । साथै क्यामेरा, फोनमार्फत फोटो, भिडियो खिच्न र सम्पादन गर्न सक्ने तथा सञ्चारको आवश्यक सामग्रीबारे बोल्न र लेख्न सक्ने क्षमता भएकोलाई प्राथमिकतामा राख्नुपर्ने छ ।

त्यसैगरी संगठनको विश्वसनियता र गोपनियताको विशेष ध्यान राख्न सक्ने युवा, विद्यार्थी, महिला, प्रेस मञ्च, सञ्चार र प्रचार विभागलाई प्राथमिकता दिने व्यक्ति आइटी सेलको लागि उपयुक्त हुने भनिएको छ । पार्टीमा लामो समयदेखि सक्रिय  भएर काम गर्दै आएको र पार्टी संगठनको हित विपरित काम गरी कारबाहीमा नपरेको व्यक्ति हुनुपर्ने छ ।
 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending