Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

हिम पहिरोले होटेल पुरियाे, तीसजना बेपत्ता

\"\"इटाली, ७ माघ । मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा तीस जना बेपत्ता भएका छन् । बुधबार मात्र त्यहाँको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५।३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५।७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५।५ म्याग्निच्युडको भूकम्प गई तहसनहस पारेको थियो । सोही भूकम्पका कारण विशाल हिम पहिरो गई त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका छन् । हिजोको भूकम्प पश्चात् सानातिना धक्का बारम्बार गइरहहेको हुँदा मध्य इटालीको आब्रुज्जो क्षेत्रमा अवस्थित रिगोपियानो नामक उक्त तीनतले होटलमा बस्ने पाहुनाहरूले पहिरो जाने ठूलो खतराको सम्भावना रहेको भनी हिजो बेलुकै दैवीप्रकोप नियन्त्रण सम्बद्ध अधिकारीहरूलाई इमेल, एसएमएस मार्फत् सूचना दिई सचेत गराएको एएनसीए समाचार समितिले जनाएको छ । हिम पहिरो गइसकेपछि तत्कालै विभिन्न कठिनाइ पार गर्दै जसोतसो घटनास्थल पुगेका उद्धारकर्मीहरूले केबल दुईजनालाई मात्र जीवितै उद्धार गर्न सकेका छन् । केही हप्ता पहिलेदेखि युरोपका धेरैजसो भूखण्डमा भारी हिमपातका कारण सर्वत्र हिउँ नै हिउँको थुप्रोले ढाकेकाले उद्धार कार्य अत्यन्त कठीन रहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ । त्यस्तै, बाटाघाटाहरू पूरै बन्द भई दिनाले हिउँले पुरिएको उक्त होटेलसम्म पनि स्कीको सहारा लिई बल्लतल्ल पुग्न सकिएको बताइएको छ । सो होटेल इटालीको समुद्रतटवर्ती नगर पेस्काराबाट ४५ किलोमिटर टाढा रहेको ग्य्रान्ड सास्सो राष्ट्रिय निकुन्ज भित्र र समुद्र सतहदेखि एक हजार दुई सय मिटर ९तीन हजार नौसय चालीस फिट० को उचाइमा पर्छ । रासस÷एपी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending