लिंग परिवर्तन गर्ने ग्वेन भन्छिन, केटा भएर बाँच्न घृणा लाग्यो त्यसैले केटी भए
माघ १० गते, २०७३ सोमवार 23rd January, 2017 Mon१४:५१:३६ मा प्रकाशित
एजेन्सी । जन्मिँदा केटाको रुपमा जन्मिएकी थिइन उनी तर समयक्रमसँग केटाको पुरुषाङ्ग असहज हुन थाल्यो उनलाई । ‘आफु केटा भएर जन्मिएकोमा उनी आफैलाई घृणा लाग्ने गर्दथ्यो । यसरी आफैदेखि दिक्क भएर कतिन्जेल बाँच्नु भन्ठानेर सबै कुरा चेन्ज गरे अहिले केटीको रुपमा नयाँ जिन्दगी पाउँदा खुसी छु ’ अमेरिकाको पेन्सिलभेनियाकी २४ वर्षीय ग्वेन भन्छिन् ।
ग्वेनले २२ वर्षको उमेरमा हर्मोन थेरापी गरिन, अरु उपचार पनि चलाइन् र अन्ततः बनिन महिला ।
‘रेडडिट’ नामक वेबसाइटमा दुई हजार बढीले उनलाई कैयन् प्रश्न सोधेका छन्– महिलादेखि पुरुष बन्ने उनको यो यात्राका बारेमा । जिज्ञासाहरुको उत्तर दिँदै ग्वेनले आफ्नो कथा अगाडि बढाइन ।
ग्वेन भन्छिन, “धेरै मानिसलाई ट्रान्स–सेक्सुअल हुनु भनेको के हो भन्ने थाहा छैन । अरुलाई अप्ठ्यारो लाग्ला भनेर कसैले सोध्दैनन् पनि” यही कुरा देखेर आफूले यसबारेमा सम्पूर्ण जानकारी दिन खोजेको उनले बताईन् । विविसी मिडियाले ग्वेनलाई ५ वटा प्रश्न सोधेको थियो ।
तपाइको मनमा महिला बन्ने चाहना कहिलेदेखि आयो ?
पाँच वर्षको छँदा महिला भएको सपना देखेको ग्वेन बताउँछिन् । “म औधी खुशी भएँ । तर यो सपना अनौठो थियो । म बच्चा थिएँ र मलाई सबैले बच्चाजस्तै व्यवहार गर्थे पनि । मेरो सपना पुरा हुने अवस्था थिएन । एक मनले त आत्महत्या गरुँ भन्ने लाग्यो । मरेको भए पक्कैपनि अर्को जुनीमा केटी जस्तै देखिन्थे होलाँ भन्ने सोचेँ” उनले भनिन् ।
के मानिसहरु तपाईसँग पनि अरुसँग जस्तै व्यवहार गर्छन् ?
मैले आफ्नो शरीरलाई महिलाजस्तो बनाएपनि मलाई लाग्थ्यो, म पुरुष हुँ । त्यसो त मानिसहरुको व्यवहार मित्रवत नै थियो । तर पनि उनीहरु मसँग भित्रैदेखि जोडिन सकेका थिएनन् । एकपटक एकजना महिलासँग ठोक्किन पुग्दा उनले समेत असहज अनुभूति गरिन । तर मेरा महिला मित्रहरुलाई भने मेरो अहिलेको स्वरुपसँग कुनै गुनासो छैन ।
तपाईको केटी साथीसँग कस्तो व्यवहार हुन्छ ?
मेरो एकजना केटी साथी पनि छिन् । मेरो शरीरमा भएको परिवर्तनलाई लिएर उनले कहिल्यै अप्ठ्यारो अनुभूति गरिनन् । अहिले म उनीसँग सेक्सको झनै आनन्द लिइरहेकी छु । अहिले पनि मैले आफ्नो पुरुष अङ्गको प्रयोग गर्न सक्छु तर यसको प्रयोग नगर्ने कोशिस भने गरिरहन्छु ।
यदि म र मेरो केटीसाथी सँगै बस्यौं र बच्चा चाह्यौ भने के होला भन्ने प्रश्न मेरो मनमा पनि उठ्छ । अहिले त म यही रुपमा बस्छु तर बच्चा पाएपछि सर्जरी गरेर महिला अंगहरु हटाउँछु कि ?
तपाईले हार्मोन थेरापी लिनुभएपछि त्यसले कस्तो किसिमको फरकपन ल्याइदियो ?
हर्मौनको प्रयोगपछि उनको शरीरिक स्वरुपमा निकै परिवर्तन आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हर्मोनोका कारण कपाल बढ्यो, शरीरमा बोसोको जमात अलग तरिकाले हुन थाल्यो । छातीमा बोसोका डल्लाहरु हुन थाले । अनि मांशपेसी तथा हड्डीको बनावट पनि फरक किसिमको भयो । कम्मरपछाडीको हड्डी पनि बढ्न थाल्यो । मेरो उचाई पनि केही कम भयो ।’
उनले थपिन्, जब परिवर्तनको समय थियो त्यो समयमा मलाई केही अप्ठ्यारो महशुस हुन्थ्यो । तर अहिले म पुरै परिवर्तन भैसके । म पूर्ण रुपमा महिला भइसके । त्यसैले मानिसहरु मसँग कस्तो व्यवहार गर्ने भन्नेबारे भने एकछिन सोच्छन् ।
तपाई साच्चै नै केटी मान्छे हो भन्ने तपाईलाई कहिले लाग्यो ?
उनी भन्छिन्, ‘एक समय जब म रेलमा कही जाँदै थिए, कोही केटा मतिर आकर्षित भइरहेको थियो । म एकछिन त स्तभ्ध नै भए । मलाई अचम्म लाग्यो, मनमा खुसी पनि लाग्यो, मलाई अपरिचितले महिला सम्झियो भनेर । अनि म आत्तिए । असहज महशुस भयो ।’
तपाईको घर परिवार तथा नातेदलारहरुलाई आफ्नो बारेमा बताउँदा उनीहरुको प्रतिक्रिया कस्तो रह्यो ?
एक जना काकाले मसँग कुरा गर्न नै छोड्नुभयो । अरु नातेदारहरुले भने मलाई स्वीकार गरेका छन् ।
आमालाई भने मेरो धेरै नयाँ कुराको बारेमा बुझ्नु पर्छ । तर अब हामी एक अर्काको नजिक छौं ।
बीबीसीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: