माघ ११ गते, २०७३ मगलवार 24th January, 2017 Tue०७:५६:४१ मा प्रकाशित
काठमाडौं, ११ माघ ।डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले कल्पनासमेत गरेको थिएन– कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर । समयले यसरी कोल्टे फेर्यो कि, यतिखेर पूर्वका झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल । डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ ।
आजको कान्तिपुरमा खबर छ–तीन शिक्षकको दरबन्दी भएको विद्यालयमा ७ मात्र विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेज गरेको थियो । तर अभिभावक र विद्यालय व्यवस्थापन समितिको मिहिनेतले यतिखेर कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने स्कुलका रूपमा नाम कमाएको छ, जनजागृतिले ।
स्कुल खारेज भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर फेरि सञ्चालनमा ल्याइयो । शिक्षाप्रेमी सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने । तत्कालै शिक्षण विधि फेरियो । पढाइ कक्षामा होइन, स्थलमै विद्यार्थी लगेर सिकाउन थालियो । ‘अचेल कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने गरेको छ । जमिन, जंगल र जलसम्मको पठनपाठन हुन्छ,’ अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई बारीमा गएर बारीसम्बन्धी सबै शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ, यसो गर्दा विद्यार्थीले कहिल्यै भुल्दैनन् ।’
जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यसखाले पठनपाठनले आफू प्रभावित भएको बताए । ‘धेरै पढाउनु पर्दैन रहेछ,’ उनले भने, ‘दिनमा तीनवटा शब्द जाने काफी हुँदो रहेछ । व्यावहारिक र प्रयोगात्मक सिकाइले शिक्षाप्रतिको बुझाइमै फरक पर्दोरहेछ । नेपालमा अन्त कतै यसरी पढाउने गरिएको जानकारी मलाई छैन ।’
अध्यक्ष राईले पाठ्यपुस्तकसँग होइन, पाठ्यक्रमका आधारमा पढाउने गरिएको बताए ।
‘पाठ्यक्रमकै आधारमा कृषि, पशुपन्छी, घर निर्माण, उद्योग, कम्प्युटरलगायत जीवनोपयोगी ज्ञान दिने विधि अपनाएका छौं,’ उनले भने । विद्यालयमा सरकारी दरबन्दीमा प्रावि तहका एक जना ९सविता ढकाल० मात्र शिक्षक छन् । अन्य ५० जनालाई व्यावहारिक शिक्षकका रूपमा राखिएको छ । रोचक के छ भने, जुम्ला, कालिकोट, मुगु, हुम्ला, मुस्ताङ, कास्की, काठमाडौं, सिरहा, उदयपुर, झापा र इलामदेखिका विद्यार्थी पढ्न आएका छन् । आर्थिक स्थिति निम्न भएका र भूकम्प पीडितलाई प्राथमिकता दिएर भर्ना गरिएको छ । अहिले प्राथमिक तहदेखि कक्षा १२ सम्म गरी १ सय ७० विद्यार्थी छन् । कक्षा ६ सम्म जनजागृतिमा भर्ना गरिएको छ भने ७ देखि १२ कक्षासम्मका विद्यार्थीलाई सरस्वती माविबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । ‘मावि तह सञ्चालनका लागि स्वीकृतिको पहल भइरहेकाले यसो गर्नुपरेको हो,’ अध्यक्ष राईले सुनाए ।
करिब डेढ सय विद्यार्थीलाई आवासीय व्यवस्था छ । विद्यालय सञ्चालनका लागि कृषिविज्ञ मदन राई संलग्न रहेको शुभद्रा–मदन फाउन्डेसनले सहयोग गरेको छ । विद्यार्थी लक्षित गरेर बृहत् योजना बनाइँदै गरेको पनि उनले बताए । उनका अनुसार बोटानिकल ज्ञानका लागि जंगल, कृषि र उपभोग्य उत्पादनसम्बन्धी ज्ञानका लागि जमिन र जलसम्बन्धी ज्ञान हासिल गर्न जलक्षेत्रलाई लिजमा लिएर विद्यार्थीलाई शिक्षा दिने योजना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: