Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

भ्रष्टाचारमा नेपाल दक्षिण एसियामा तेस्रो

काठमाडौं, १३ माघ । नेपाल बढी भ्रष्टाचार हुने मुलुकमध्ये १३१औँ नम्बरमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुधबार सार्वजनिक गरेको सन् २०१६ को भ्रष्टाचार अवधारणा सूचकांक ९सिपिआई० मा बढी भ्रष्टाचार हुने विश्वका १७६ मुलुकमध्ये नेपाल १३१औँ नम्बरमा परेको हो । आजको नयाँ पत्रिकामा खबर छ– दक्षिण एसियाली मुलुकमा भने नेपाल भ्रष्टाचार बढी हुने तेस्रो मुलुक बनेको छ । नेपालले कुल एक सय स्कोरमा केवल २९ अंक ल्याएको छ । नेपालले अघिल्लो वर्षभन्दा दुई अंक सुधार गरेको हो । सन् २०१६ मा अघिल्लो वर्षभन्दा भ्रष्टाचार केही न्यून देखिए पनि नेपालले पाएको स्कोर धेरै कम रहेकाले भ्रष्टाचारको अवस्था परिवर्तन भएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ । दक्षिण एसियाका अन्य देशको अवस्था दक्षिण एसियाली देशहरूमा अफगानिस्तान सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक देखिएको छ । अफगानिस्तानले १५ अंक मात्र पाएको छ । भ्रष्टाचार बढी हुने मुलुकमा २६ अंकका साथ बंगलादेश दोस्रो, ३२ अंकका साथ पाकिस्तान चौथो, ३६ अंकका साथ माल्दिभ्स र श्रीलंका संयुक्त रूपमा पाँचौँ नम्बरमा छन् । भारतले ४० अंक पाएको छ । दक्षिण एसियामा भुटान मात्रै सुशासन कायम भएको मुलुकका रूपमा सूचीकृत भएको छ । भुटानले कुल एक सय स्कोरमा ६५ अंक पाएको छ । छिमेकी मुलुक चीन ४० अंक प्राप्त गरी ७९औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार विभिन्न विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाले गरेका सर्वेक्षणको आधारमा सूची तयार पारिएको हो । सूचीमा १ सय अंक ल्याउने अति स्वच्छ, शून्य अंक ल्याउने अति भ्रष्ट, ५० अंक नकटाउनेलाई भ्रष्ट मुलुक भनिएको छ । सर्वेक्षणमा ६ अन्तर्राष्ट्रिय संस्था सहभागी सर्वेक्षणमा विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्था सम्मिलित थिए । ती संस्थाले छुट्टाछुट्टै विषयमा सर्वेक्षण गरेका थिए । जसअनुसार विश्व बैंकले सरकार तथा सार्वजनिक क्षेत्रको काम कारबाही, सार्वजनिक पदाधिकारीको काम कारबाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमा पहुँच विषयमा सर्वेक्षण गरेको थियो । वल्र्ड इकोनोमिक फोरमले आयात, निर्यात सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुसका सम्बन्धमा, ग्लोबल इन्साइटले व्यापार–व्यवसाय, आयात–निर्यातमा हुने भ्रष्टाचारको अवस्था, वर्टेल्स म्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकार नियन्त्रणको स्थितिबारे सर्वेक्षण गरेको थियो । यसैगरी, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार न्यायालय, संसद्, सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोगको अवस्था र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट ९भिडिइएम०ले राजनीतिक भ्रष्टाचारको व्यापकताजस्ता विषयमा अध्ययन गरेको थियो । नेपालमा राजनीतिक भ्रष्टाचार बढी अध्ययनको क्षेत्रगत अवस्थालाई हेरेर प्रत्येक देशलाई छुट्टाछुट्टै नम्बर दिइएको छ । नेपालले औसतमा २९ स्कोर ल्याए पनि राजनीतिक क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट ९भिडिइएम०ले गरेको राजनीतिक भ्रष्टाचारको व्यापकतामा नेपालले सबैभन्दा कम २१ स्कोर ल्याएको छ । सरकारद्वारा प्रदान गरिएको सार्वजनिक क्षेत्र, पदाधिकारीको कामकारबाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका कामकारबाहीको जानकारीमा पहुँच शीर्षकमा नेपालले ३५ स्कोर पाएको छ । यस्तै, आयात, निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिमा दिनुपर्ने घुसमा पनि व्यापकता रहेको छ । त्यसमा नेपालले २६ स्कोर मात्रै पाएको छ भने व्यापार–व्यवसाय, आयात–निर्यातमा भ्रष्टाचारको अवस्थामा ३४ अंक पाएको छ । यसैगरी, सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट नियन्त्रणको स्थितिमा २४ र सरकार, न्यायालय, संसद् र सुरक्षा निकायमा हुने भ्रष्टाचारमा ३१ अंक ल्याएको छ । १४ कम भ्रष्ट मुलुक सबैभन्दा बढी ९०–९० अंक ल्याएर डेनमार्क र न्युजिल्यान्ड पहिलो कम भ्रष्टाचार हुने मुलुक बनेका छन् । फिनल्यान्ड ८९, स्वीडेन ८८, स्विट्जरल्यान्ड ८६, नर्वे ८५ अंकसहित दोस्रो, तेस्रो, चौथो र पाँचौँ कम भ्रष्टाचार हुने मुलुक बनेका छन् । यस्तै, सिंगापुर ८४, नेदरल्यान्ड ८३, क्यानडा ८२, जर्मनी ८१, लक्जमबर्ग ८१, युके ८१, अस्ट्रेलिया ७९, आइसल्यान्ड ७८ तथा बेल्जियम र हङकङ ७७ अंकसहित छौटौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौ, चौधौँ कम भ्रष्ट मुलुक बनेका छन् । सोमालियामा सबैभन्दा धेरै भ्रष्टाचार सोमालिया संसारको सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा दरिएको छ । प्रतिवेदनअनुसार सोमालियाले सबैभन्दा कम १० अंक प्राप्त गरेको छ । ९०–९० अंक ल्याएर डेनमार्क र न्युजिल्यान्ड कम भ्रष्टाचार हुने मुलुक बनेका छन् । फिनल्यान्ड ८९, स्विडेन ८८, स्विट्जरल्यान्ड ८६, नर्वे ८५ अंकसहित क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ कम भ्रष्टाचार हुने मुलुक बनेका छन् । त्यस्तै, सिंगापुर ८४, नेदरल्यान्ड ८३, क्यानडा ८२, जर्मनी ८१, लग्जम्बर्ग ८१ अंकसहित छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy