Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रधानमन्त्रीसँग एमाले सशंकित

\"\"काठमाडौं, १४ माघ । प्रधानमन्त्री प्रचण्डले गत शनिबारको प्रमुख तीन दल बैठकमा एक साताभित्र निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसलाई प्रमुख प्रतिपक्षी एमालेले पनि समर्थन जनाउँदै त्यो बीचमा निर्वाचन कानुनहरू पारित गर्न सहयोग गर्ने वचन दिएको थियो । तर साता बित्न लाग्दा पनि चुनाव मिति घोषणा नभएपछि प्रमुख प्रतिपक्षी एमाले प्रधानमन्त्रीप्रति झन् सशंकित बनेको छ । आजको कान्तिपुरमा खबर छ– मधेसी मोर्चा सहमत भई चुनाव हुने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई सहयोग गर्ने धारणा एमाले नेताहरूले राखेका थिए । तर समय त्यत्तिकै बित्न लाग्दा विपक्षी दल थप सशंकित बन्न थालेको हो । ‘निर्वाचनसँग सम्बन्धित कानुनहरू पारित गर्ने, निर्वाचन घोषणा गर्ने प्रतिबद्धता उहाँले हामीसँगको बैठकमा गर्नुभएको थियो,’ बालुवाटार बैठकमा संलग्न रहेका एमाले उपाध्यक्ष भीम रावलले भने, ‘तर एक सातामै उहाँको जिब्रो लटपटिन थालेको छ, चुनाव घोषणा नगर्ने जस्तो अभिव्यक्ति आउन थालेको छ ।’ प्रधानमन्त्री प्रचण्डले बालुवाटार बैठकमा निर्वाचन कानुनहरू छिटो पारित गराउने, चुनाव मिति घोषणा गर्ने र हाल विचाराधीन संविधान संशोधन प्रस्तावको सट्टा राष्ट्रियसभा गठनका लागि आवश्यक निर्वाचक मण्डलसम्बन्धी प्रावधान फेर्दै पूरक संशोधन अघि बढाउने धारणा राखेका थिए । गाँउपालिका र नगरपालिकाका प्रमुखहरूको मतबाट राष्ट्रिय सभा छानिने प्रावधान हटाउँदा मधेसी मोर्चाका नेताहरू मान्न सक्ने आकलन गर्दै प्रधानमन्त्री प्रचण्डले पूरक संशोधनको कुरा उठाएका थिए । पूरक संशोधन प्रस्ताव पेस गर्नेबारे एमालेले बालुवाटार बैठकमै विरोध गरेको थियो । तर चुनाव हुने अवस्थामा अन्य कामका लागि सहयोग गर्ने प्रतिबद्धता एमाले नेताहरूले गरेका थिए । ‘संविधान संशोधनको त औचित्य छैन भनेर हामीले त्यो बैठकमै भनेका थियौं, पूरक संशोधन प्रस्ताव ल्याउने कुरामा पनि हाम्रो समर्थन रहँदैन,’ रावलले भने, ‘सँगसँगै चुनावको मिति चाहि घोषणा गरे त्यो काममा अघि बढदा उत्पन्न हुने अवरोधहरू हटाउँदै जान हामी पनि तयार हुन्छौं, तर प्रधानमन्त्री नै चुनाव गराउने दिशामा अझै जान तयार हुनुभएको देखिएन ।’ तीन दल बैठकपछि प्रधानमन्त्री प्रचण्डले दुई दिन अघि मधेसी मोर्चाका नेताहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा मधेसी नेताहरूले संविधान संशोधन प्रस्ताव अघि नबढाइकन चुनाव मिति घोषणा नगर्न चेतावनी दिएका थिए । राष्ट्रिय सभा चयन गर्ने निर्वाचक मण्डलसम्बन्धी प्रावधान फेरे मधेसी मोर्चा स्थानीय चुनावमा जाने तयार हुने आकलन प्रधानमन्त्रीको थियो । तर प्रदेश सीमा फेरबदल नभइकन अन्य कुनै पनि प्रस्ताव मान्न नसकिने मोर्चा नेताहरूको जवाफपछि प्रधानमन्त्री अन्योलमा परेका हुन् । मधेसी दलहरूसँगको बैठकपछि प्रधानमन्त्री तीन दलसँगको प्रतिबद्धताबाट पछि हट्न खोजेको एमालेको बुझाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy