Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

ट्रम्पको आप्रवासी नीतिको विश्वभर व्यापक विरोध , वासिङटन राज्यद्धारा मुद्धा दायर

\"\"सियाटल, १८ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिका मै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ । यसै क्रममा, वासिङ्गटन राज्यका महान्याधिवक्ताले यस आदेश विरुद्ध सियाटलको अमेरिकी सङ्घीय अदालतमा मुद्दा दायर गरी कानुनी उपचार खोजेका छन् । सङ्घीय अदालतमा दायर गरिएको सो मुद्दामा राष्ट्रपति ट्रम्प, राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारी तथा सल्लाहकार र गृहभूमि९आन्तरिक० सुरक्षा मन्त्रालय ९होम ल्याण्ड सेक्युरिटी०लाई विपक्षी बनाइएको छ । राज्यभूमिको कानून तथा न्याय परिपालना गर्नु गराउनु पर्ने प्रमुख दायित्व वहन गर्ने महत्वपूर्ण सरकारी निकायले यसरी आफ्ना राष्ट्रपतिको नीतिगत आदेशलाई न्यायिक चुनौति दिने अमेरिका भित्रैका राज्यमा वासिङ्गटन पहिलो राज्य भएको छ । यसअघि, गत आइतबार (नेपाली समयानुसार सोमबार ) वासिङ्गटन सहित १६ राज्यका महान्याधिवक्ताले एक संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति ट्रम्पको उक्त आप्रवासी निषेधात्मक कार्यकारी आदेशलाई अमेरिकी संस्कार विपरितको तथा कानून सङ्गत नभएको भन्दै विरोध जनाएका थिए । राष्ट्रपति ट्रम्पको उक्त कार्यकारी आदेशले हाल विद्यमान अमेरिकाको समग्र शरणार्थी कार्यक्रमलाई निलम्बन गरेको छ । परिणामतःयस आदेशको विरोधमा तत्कालै स्वतःस्फूर्तरुपमा देशभरी हजारौं जनता सडकमा ओर्लेका छन् । गतः आइतबार सियाटल–टाकोमा विमानस्थल परिसर बाहिर कम्तीमा तीन हजार प्रदर्शनकारी भेला भइ राष्ट्रपति ट्रम्पविरुद्ध चर्को नारावाजी र प्लेकार्ड प्रदर्शन गरेका थिए । अहिले दायर गरिएको मुद्दा जित्न हामी सफल भयौँ भने राष्ट्रपतिको गैहकानुनी तथा अन्यायपूर्ण आदेश कुनै पनि राज्यमा लागू हुने छैन वासिङ्गटन राज्यका महान्याधिवक्ता फर्गुसनले एक पत्रकार सम्मेलनमा बताए । सो पत्रकार सम्मेलनमा वासिङ्गटन राज्यका गभर्नर जे इन्स्लीको पनि उपस्थिति रहेको थियो । हाल दायर गरेको उक्त न्यायिक याचनालाई वासिङ्गटनस्थित अमेरिकी ठूला ब्यापारिक घरानाहरु – एमेजोन, एक्स्पेडिया समेतको समर्थन प्राप्त भएको बताउँछन् महान्याधिवक्ता फर्गुसन । त्यस्तै, रेडमण्ड, वासिङ्गटनमा अवस्थित माइक्रोसफ्टले समेत यस मुद्दाको समर्थन गरेको बताइन्छ । साथै, महान्याधिवक्ता फर्गुसनद्वारा आयोजित उक्त पत्रकार सम्मेलनमा वासिङ्गटन राज्यका गभर्नर जे इन्स्लीको पनि उपस्थिति रहेकाले उनको पनि बलियो समर्थन रहेको जनाइएको छ । उक्त मुद्दामा राष्ट्रपतिको कार्यकारी आदेशले आपसी सद्भावनापूर्वक बुसोबास गरिरहेका वासिङ्गटन परिवारलाई क्षतविक्षत बनाउन खोजिएको, हजारौँ वासिङ्गटन निवासीलाई चोट पुग्ने, राज्यको अर्थतन्त्रमा गहिरो क्षति हुने, दुःख र पीडा भोगिरहेका आप्रवासी तथा शरणार्थीलाई समुचित राहत प्रदान गर्ने वासिङ्गटनको सार्वभौम हितको अवमूल्यन गरिएको जस्ता दावी लिई सो कार्यकारी आदेश खारेजीको माग राखिएको समेत महान्याधिवक्ता फर्गुसनले पत्रकार सम्मेलनमा बताए । रासस/एपी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy