काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिको असर भारतीय बजारमा प्रत्यक्ष देखिएको हो ।
भारतीय आयल मार्केटिङ कम्पनीहरूले सोमबार फेरि पेट्रोल र डिजेलको भाउ बढाएपछि राजधानी नयाँ दिल्ली मा पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ १२ पैसा पुगेको छ । डिजेलको मूल्य पनि बढेर प्रतिलिटर ९५ रुपैयाँ २० पैसा कायम भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार मात्रै पेट्रोलमा २ रुपैयाँ ६१ पैसा र डिजेलमा २ रुपैयाँ ७१ पैसाको वृद्धि गरिएको हो ।
अन्य महानगरहरूमा पनि उपभोक्ताले चर्को मूल्यको मार खेपिरहेका छन् । कोलकाता मा पेट्रोल ११३ रुपैयाँ ५१ पैसा पुगेको छ भने मुम्बई मा १११ रुपैयाँ २१ पैसा कायम भएको छ । चेन्नई मा पनि पेट्रोलको मूल्य १०७ रुपैयाँ ७७ पैसा पुगेको छ ।
चुनाव सकिएपछि लगातार मूल्यवृद्धि
पश्चिम बङ्गाल, असम, केरला, तमिलनाडु र पुडुचेरीमा विधानसभा चुनाव सकिएलगत्तै आयल कम्पनीहरूले मूल्य बढाउन थालेका हुन् ।
सबैभन्दा पहिले १५ मेमा पेट्रोल–डिजेलमा एकैपटक ३ रुपैयाँ वृद्धि गरिएको थियो । त्यसपछि १९ मेमा ९० पैसा, २३ मेमा फेरि पेट्रोलमा ८७ पैसा र डिजेलमा ९१ पैसा बढाइएको थियो । सोमबार भएको नयाँ वृद्धिसँगै १० दिनमै चौथो पटक मूल्य समायोजन गरिएको हो ।
दुई सातामै साढे ७ रुपैयाँभन्दा बढी वृद्धि
लगातारको मूल्यवृद्धिका कारण भारतीय उपभोक्तामाथि ठूलो आर्थिक भार परेको छ । पछिल्लो दुई सातामै पेट्रोलमा कुल ७ रुपैयाँ ४१ पैसा र डिजेलमा ७ रुपैयाँ ५१ पैासासम्म वृद्धि भइसकेको छ ।
विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै बढे आगामी दिनमा इन्धनको भाउ थप चर्किन सक्ने चेतावनी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ०९:२१
शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास
जेष्ठ ११ गते, २०८३ - ०९:१६
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...
जेष्ठ ११ गते, २०८३ - ०९:१५
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...
जेष्ठ ११ गते, २०८३ - ०८:४७
गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...
जेष्ठ ११ गते, २०८३ - ०८:४३
काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...
जेष्ठ ११ गते, २०८३ - ०८:३५
पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश
जेष्ठ ११ गते, २०८३ - ०८:३०
काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...
जेष्ठ ११ गते, २०८३ - ०८:१७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...
जेष्ठ ११ गते, २०८३ - ०८:१५
सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...
जेष्ठ ११ गते, २०८३ - ०८:१३
काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशभरको मौसम मिश्रित बनेको छ।...



प्रतिकृया लेख्नुहोस्: