Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ सय ८६ कर्मचारी आवश्यक

\"\"काठमाडौं, २१ माघ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ३ सय ८६ जना कर्मचारी आवश्यक हुने प्रक्षेपण नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । प्राधिकरणको प्रारम्भिक अध्ययनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालन गर्ने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ८६ जना कर्मचारी आवश्यक हुने देखाएको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । ‘प्राधिकरणले आन्तरिक रूपमा कर्मचारी व्यवस्थापनको समेत तयारी थालिसकेको छ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ– विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार अहिले विमानस्थल सञ्चालन गर्न आवश्यक कर्मचारीको खाका बनाउने काम जारी छ । यसअनुसार ४ सय हाराहारी कर्मचारी आवश्यक रहने अनुमान गरिएको छ । ‘सन् २०१८ मा विमानस्थलको भौतिक संरचना निर्माण सम्पन्न भइसक्दा कर्मचारीसमेत तयारी अवस्थामा राख्नु आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि अहिले प्रारम्भिक काम सुरु भइसकेको छ ।’ टिआइएमा प्राधिकरणका करिब ४ सय कर्मचारी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राधिकरणका करिब ४ सय कर्मचारी कार्यरत छन् । तर, विमानस्थलभित्र सक्रिय सबै निकाय (सेवाप्रदायक, सुरक्षा निकाय, भन्सारलगायत)का कर्मचारीको संख्या भने २ हजार ५ सय हाराहारी पुग्ने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘विमानस्थलमा दर्जनौँ निकायका कर्मचारी कुल तीन सिफ्टमा काम गर्छन्,’ उनले भने, ‘सबै जोड्दा एउटा विमानस्थलले हजारौँ कर्मचारीलाई रोजगारीको अवसर सिर्जना गर्छ ।’ भौतिक प्रगति २९ प्रतिशत १ माघ २०७१ मा शिलान्यास गरिएको यो विमानस्थलको निर्माण कार्य डिसेम्बर २०१७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, अहिलेसम्मको प्रगतिका आधारमा लक्ष्यबमोजिम समयमै सम्पन्न गर्ने अवस्था नरहेको आयोजना प्रमुख शर्माले जानकारी दिए । ‘सन् २०१६ सम्म ४० प्रतिशत भौतिक प्रगतिको लक्ष्य थियो,’ उनले भने, ‘तर अहिलेसम्म करिब २८÷२९ प्रतिशत काम सकिएको छ । भूकम्पपछि उत्पन्न विविध परिस्थितिले यस विमानस्थल निर्माणमा ढिलाइ गरेको उनले जानकारी दिए । त्यसमा केही समय वन क्षेत्रमा आधारित निर्माण सामग्रीको अभाव पनि यस आयोजनाले व्यहोरेको थियो । विगत एक महिनायता भने स्थानीय निकायको सहयोगमा निर्माण सामग्री नियमित उपलब्ध भइरहेको आयोजना प्रमुख शर्माले जानकारी दिए । चालू आवमा ५० प्रतिशत प्रगतिको अनुमान सन् २०१६ को लक्ष्य भेट्न नसके पनि चालू आर्थिक वर्ष ०७३-७४ भित्र भौतिक प्रगति ५० प्रतिशत पु¥याउनेगरी काम भइरहेको आयोजनाको भनाइ छ । नेपालमा सञ्चालिन राष्ट्रिय गौरवका आयोजनामध्ये गौतम बुद्ध विमानस्थलको प्रगतिलाई निकै राम्रो मानिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy