काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा भोलिदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम कारबाही गर्न अनुरोध गरेका छन् ।
यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने बताए। उनका अनुसार दिउँसो त्यसको असर काठमाडौँमा पनि आइपुग्ने छ। विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भू–भागमा साधारणतया बादल लाग्ने जनाइएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको पनि मौसमविद् लामिछानेले बताए।
मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू–भागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको उहाँले बताउनुभएको छ । बिहीबार पनि बदली कायम रहने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: