Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

हवाई सङ्ग्रहालयको इतिहास रच्दै पाइलट उप्रेती

\"\"काठमाडौँ, २२ माघ । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो । सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर पर्छ । निरन्तरको मेहनतले सफलताको शिखरमा उनलाई पु¥याएको हो । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमान चालक उप्रेतीले नेपालको गौरव र गरिमा विदेशमा पनि बढाइरहेका छन् । हवाई उड्डयनका क्षेत्रमा मात्र नभई देश र समाजका लागि फरक काम गरेर विश्वमा आफ्नो पहिचान बनाएका उप्रेतीले उड्डयन सङ्ग्रहालय (एभिएसन म्युजियम) स्थापना गरी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले विश्वकै फरक एभिएसन सङ्ग्रहालय काठमाडौँ, सिनामङ्गलमा बनाएका छन् । यसअघि उनले धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गरी चर्चा कमाएका थिए । टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । उक्त एयरबसको ककपिटभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट राखिनेछ । त्यसैगरी एभिएसनको इतिहास र आगामी रणनीतिसम्बन्धी वृत्तचित्र र नेपालको एरियल फोटोग्राफी (आकाशबाट तस्बिर खिँच्नु) प्रदर्शनी गरिनेछ । फिस्टेल एयरको हेलिकोप्टर पनि सङ्ग्रहालयमा अट्नेछ । उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन सङ्ग्रहालय सुरु गरिएको क्याप्टेन उप्रेतीले बताए । ठूलो र आधुनिक सङ्ग्रहालय “यो ‘लेटेस्ट’ र एकदमै महँगो एयरबस हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन सङ्ग्रहालयमा राखिएको छैन । कसैले राख्ने हिम्मत पनि गरेको छैन, यो खरिद गर्नै सक्दैन”,उप्रेतीले भने । संयोगले नै नेपालमा अवतरण गर्ने क्रममा टर्किज एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गर्ने अवसर मिलेको उप्रेतीको भनाइ छ । “अहिले एयरबस जोड्ने ‘एसेम्बल’ गरिराछौं, मार्चको १० सम्म जोड्ने काम सकिन्छ, अनि बाँकी काम सकेपछि जुलाइदेखि सर्वसाधारणका लागि खुल्छ ।” सफलताको श्रेय आफैँलाई दिने उप्रेतीको विचारमा गन्तव्यमा पुग्न सपना र कडा मेहनत चाहिन्छ नै । तर पारिवारिक स्वतन्त्रता पनि उत्तिकै आवश्यक हुन्छ । हवाई करियरमा ११ हजार घन्टा विमान उडाएका उप्रेतीले लामो समयदेखि इन्डोनेसियामा ग्राउन्ड ‘सिमिनेटर इन्सट्रक्टर’ भएर काम गरिरहेका छन् । जीवन सङ्घर्ष मानिसको दैनिकीसँग जोडिएका कुरा हुन् सफलताका पछाडि कैयन अविस्मरणीय भोगाइ पक्कै हुन्छन् । उप्रेती सम्झन्छन्, “विराटनगर उडानमा रहेको नेकोन एयरको विमान कोसी नदीमाथि पुगेपछि एउटा इन्जिन फेल भयो, विमानका दुइटा इन्जिन भएकाले जसोतसो अवतरण गरियो । अर्को सगरमाथा क्षेत्रमा २७ हजार फिटबाट करिब तीन हजार फिट विमान खसेको छ जुन जीवनकै अविष्मरणीय क्षण हुन् ।” टर्किस एयरलाइन्सले उप्रेती ट्रस्टलाई बिक्री गरेको डिजेवल एयरक्राफ्टमा बन्न लागेको सङ्ग्रहालयमा मुलुकभरका सबै माध्यमिक तहका विद्यार्थीले निःशुल्क प्रवेश पाउनेछन् । उप्रेतीका अनुसार अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्तर्गत यो सङ्ग्रहालय सञ्चालन गरिनेछ । चार सय ४४ यात्रु सिट क्षमताको यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे गोष्ठी पनि हुनेछन् । विमानस्थलको रिमोट पार्किङ क्षेत्रमा राखिएको टर्किस विमानलाई प्राविधिकले डिस्मेन्टल (खोलखाल) गरी सिनामङ्गलकै जग्गामा सङ्ग्रहालय स्थापना गरिरहेका छन् । सङ्ग्रहालय निर्माणको सोच कसरी आयो भन्ने जिज्ञासामा उप्रेतीले भने, “म एक महिना उडेपछि अर्को एक महिना नयाँ देश र गन्तव्य घुम्छु, हालसम्म ८० बढी देश घुमिसकेँ, त्यहाँ गएपछि यस्ता नयाँ आइडिया आउँछ, यो त्यसको उपज हो ।” उप्रेतीले दुई वर्षअघि कैलालीको धनगढीमा डेढ करोड रुपैयाँको लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरेका छन् । कस्मिक एयरको ग्राउन्डेड विमानको उक्त म्युजियममा करिब तीन सय साना विमान राखिएका छन् । यो एयरबसको लम्बाइ २०८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १९७ फिट छ । म्युजियम सञ्चालनका लागि करिब छ करोड रुपैयाँ लाग्ने बताइएको छ, विमान खोल्न र जोड्न मात्रै हजारौं डलर खर्चनुपरेको उप्रेतीको भनाइ छ । एक्लो व्यक्तिले सञ्चालन गर्न समस्या भएकाले क्यानसँगको साझेदारीमा सुरु गरिएको हो तर सबै लगानी उप्रेतीकै छ । टर्किस विमान विसं२०७१ फागुन २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो । उप्रेतीको उड्डयन करियर विसं २०२० मा कैलालीमा जन्मनुभएका उप्रेतीको बाल्यकालमा इन्जिनियर बन्ने चाहना थियो । सुरुका १२ वर्ष नेपाली सेनामा पाइलटकै रुपमा काम गरेका उप्रेती २०५२ मा नेकोन एयरमा जागिरे भए । नेकोन एयर आठ वर्ष उडेपछि बन्द भयो । उनीसँगै उक्त एयरका सबै बेरोजगार पाइलट भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुगे । त्यसपछि उनले भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमा काम गरे । सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भएपछि सोही समयदेखि नै उप्रेतीले इन्डोनेसियाको लायन एयरमा ‘इन्स्ट्रक्टर’, ‘सिमिनेटर इन्स्ट्रक्टर’, ‘एक्जामिनर’, ‘सिआर र ग्राउन्ड इन्सट्रक्टर’का रुपमा काम गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy