Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

स्याङ्जामा माओवादी केन्द्रप्रति आकर्षण बढ्दो

\"\"स्याङ्जा, २२ माघ । जनताले पछिल्लो समयमा माओवादी केन्द्रलाइ रोज्न थालेका छन । अन्यदलबाट जनताको मुक्ति सम्भव नभएको भन्दै माओवादी केन्द्रमा गोल बन्द हुने अभियान नै चलेको छ । यसै शिलशिलामा नेकपा माओवादी केन्द्र सिर्सिकोट गाँउ कमिटिको गाँउ स्तरीय भेला भव्यताका साथ सिर्सिकोटमा सम्पन्न भएको छ । भेलामा सम्वोधन गर्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वालिङ नगरपालीका कलष्टर संयोजक प्रकाश न्यौपाने ‘किरण’ ले माओवादी पार्टी अबको चुनावमा पहिलो हुने दावी गर्दै सवै नेता तथा कर्ताहरुलार्इ चुनावी गतिविधिमा सक्रिय भएर लाग्न निर्देशन दिए । उनले माओवादी पार्टी सर्वाहारा वर्गको पार्टी भएकाले सवै सचेत जनताले माओवादीलाइ साथ दिनुपर्ने उल्लेख गर्दै जनताको मायाले पार्टी यहाँ सम्म आएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रन वहादुर तमु ‘धुर्व’ ले माओवादीको साथका कारण मात्र समाजमा भएको विभेद अन्तय सम्भव हुने स्पष्ट पारे । उनले समाजमा पछि परेका वर्गले माओवादीलाइ साथ दिएमा जनताको सुनौलो दिन टाढा नरहेको बताए । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला अध्यक्ष कल्पना अ¥याल, केन्द्रिय सदस्य हुम वहादुर गुरुङ, माओवादी नेता नित्यानन्द तिवारी लगाएतले माओवादीले राम्रो काम गरेको तर अप्रगतिशिल तत्वले त्यसलाइ गलत प्रचार गरेको बताएका छन । भेलामा चित्र वहादुर गुरुङको अध्यक्षतामा एक जना सदस्य पछि थप गर्ने गरी नेकपा माओवादी केन्द्र सिर्सिकोट गाँउ कमिटी गठन गरीएको छ । उपाध्यक्षमा दलजित गुरुङ, सचिवमा तारा प्रसाद न्यौपाने, सह–सचिवमा दिपा न्यौपाने, कोषध्यक्षमा खोमराज गुरुङ र वाँकीलाइ सदस्यमा चयन गरीएको छ । त्यस्तै ओम वहादुर गुरुङको अध्यक्षतामा चार जना सदस्य पछि थप्ने गरी ३५ सदस्यीय वाइसिएल कमिटी पनि गठन गरीएको छ । जसको उपाध्यक्षमा दिपक गुरुङ, सचिवमा सजन न्यौपाने, सह–सचिवमा हुमाकान्त न्यौपाने, कोषाध्यक्षमा अस्मिता गुरुङ र वाँकीलाइ सदस्यमा चयन गरीएको छ । त्यसैगरी भेला द्धारा दलजित गुरुङको अध्यक्षतामा पाँच जना पछि थप्ने गरी २९ सदस्यीय तमु राष्ट्रिय मुक्ति मोर्चा गठन गरीएको छ । जसको उपाध्यक्षमा निर वहादुर गुरुङ, सचिवमा खोमराज गुरुङ, कोषाध्यक्षमा अमरध्वज गुरुङ र वाँकीलाइ सदस्यमा चयन गरीएको छ । त्यस्तै चन्द्र वहादुर विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय नेपाल राष्टिय« दलित मुक्ति मोर्चा गठन गरीएको छ । जसको उपाध्यक्षमा कमल परियार, सचिवमा ज्योती गोतामे, सह–सचिवमा रमेस परियार, कोषाध्यक्षमा मिना गोतामे र वाँकीलाइ सदस्यमा चयन गरीएको छ । त्यस्तै कान्तमनी पराजुलीको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल किसान संघ (क्रान्तिकारी) गठन गरिएको छ । जसको उपाध्यक्षमा डोलराज न्यौपाने, सचिवमा कमल न्यौपाने, कोषाध्यक्षमा वुद्धि गुरुङ र वाँकीलाइ सदस्यमा चयन गरीएको छ । त्यसैगरी जसमती गुरुङ अध्यक्ष रहने गरी १९ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन गरीएको छ । उपाध्यक्षमा विमला क्षेत्री, सचिवमा दिपा न्यौपाने, सह–सचिवमा ज्योती गोतामे, कोषाध्यक्षमा चित्र कुमारी गोतामे र वाँकीलाइ सदस्यमा चयन गरीएको छ । नेकपा माओवादी केन्द्र सिर्सिकोट गाँउ कमिटीका नव निर्वाचित उपाध्यक्षमा दलजित गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिर्सिकोट गाँउ कमिटीका नव निर्वाचित सचिव तारा प्रसाद न्यौपानेले स्वागत मन्तव्य दिएका हो भने सञ्चालन नव निर्वाचित अध्यक्ष चित्र गुरुङले गरेका थिए । धन्यवाद तथा वधाइ मन्तव्य माओवादी केन्द्रका नेता मोहन गुरुङले दिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy