Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्छ : नेपाल

\"\"काठमाडौँ, २२ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिवर्तनका अभियन्ता दलले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्र्ने राष्ट्रिय दायित्वलाई पूरा गर्न राष्ट्रिय एकताको नयाँ माहोल सिर्जना गर्नुपर्नेमा जोड दिए । “को मान्छ, को मान्दैन, कसले बहाना बनाउँछ भन्ने छाड्नुस् नत्र तपाईँलाई परिवर्तनका उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासले चित्रित गर्नसक्छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्दै उनले भने । कार्यक्रममा नेता नेपालले चौतारी स्थापनाकालका अगुवा र पूर्व अध्यक्षलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा नेकपा (एमाले) का तत्कालीन पार्टी प्रचार विभाग प्रमुख प्रदीप नेपाल, वरिष्ठ पत्रकार गोपाल थपलिया, पूर्व अध्यक्ष विजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याल छन् । कार्यक्रममा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकलाई विखण्डन गर्न खोज्ने र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृत्तिको अन्त्यका लागि आफ्नो पार्टीले आगामी फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको उल्लेख गरे । उनले पेसागत र साझा संस्थाको मर्यादा र गरिमालाई उँचो राख्न पार्टी सदैव तत्पर रहेको स्पष्ट पारे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले परिवर्तित सन्दर्भमा पार्टी र सङ्गठनले आफ्नो भूमिकालाई बदलेर व्यावसायिक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक परिवर्तन र लोकतन्त्रतका लागि नेपाली मिडियाले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेको उल्लेख गर्दै परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न पनि मिडियाले उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताए । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घलाई राजनीतिक दलको हिस्सा नभई नागरिक अगुवा संस्थाका रुपमा विकसित गर्नुपर्ने बताए । प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासङ्घलाई स्वतन्त्र संस्थाका रुपमा कायम राख्न दलहरुले यसप्रतिको हस्तक्षेप रोक्नुपर्ने बताए । वरिष्ठ पत्रकार थपलिया र चौतारीका संस्थापक अध्यक्ष चालिसेले राष्ट्रियतामाथि विभिन्न पक्षबाट भएको आक्रमणबारे पत्रकारिताले जनता समक्ष राष्ट्रिय सोच र सन्देश दिन सक्नुपर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: