Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

रत्नपार्कबाट साँखु जान ५ सय भाडा !

\"\"काठमाडौँ, २२ माघ । साँखुस्थित सालीनदीमा लाग्ने माधवनारायण मेलाको मौका छोपेर उपत्यकाका विभिन्न भागबाट साँखु चल्ने सार्वजनिक सवारी साधनले तोकिए भन्दा बढी भाडा उठाएका छन् । मेलाको अवसरमा सालीनदी आउने भक्तजनसँग यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा उठाएको यात्रुको गुनासो छ । विभागले उपत्यकाको सहरी क्षेत्रमा १९ किमी भन्दा माथिको दुरीमा २४ रुपैयाँ भाडा तोके पनि साँखु बस व्यवसायी सङ्घले सञ्चालन गरेका सवारीमा रत्नपार्कदेखि साँखुसम्मको भाडा ३४ रुपैयाँ टाँसिएको छ । पछिल्लोपटक विभागले गतवर्ष माघ २४ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । विभागले भाडा समायोजन गरे पनि अनुगमन नगर्दा सवारीका परिचालकले मनलागे जति भाडा उठाउने गरेको सालीनदीमा स्नान एवम् दर्शन गर्न आउनुभएकी पार्वती रेग्मीले बताइन् । “केही सवारीमा देखिने गरी भाडा सूची टाँसिएको छ, केहीमा भने सूची छैन, सूची नभएका सवारीका परिचालकले सङ्घले तोकेको ३४ रुपैयाँ भाडाको वास्ता गरेका छैनन्, यो रुटमा पहिलोपटक हिँड्ने यात्रुको अनुहार हेरेर ५०० रुपैयाँ सम्म भाडा उठाइएको छ”–उनले भने । सङ्घका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ तोकिए भन्दा बढी भाडा असुल्ने आठवटा माइक्रो र छवटा ठूला बसलाई समाती महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा बुझाइएको बताउछन् । “बीचबाट चढ्ने यात्रुसँग समेत २०० रुपैयाँ भाडा उठाएको प्रमाण हामीले फेला पारेका छौँ, बढी भाडा लिने बा २ ख ७२७२ नम्बरको बस लगायतलाई समातेर बुझाइएको छ, कारबाहीमा परेका सबै सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना तिराइन्छ, नतिर्नेलाई सात दिनसम्म चल्न दिइन्न”–उनले भने । साँखुबाट रत्नपार्क, नयाँ बानेश्वर र सातदोबाटो रुटमा सवारी सञ्चालन हुने गरेको छ । यो वर्षको माधवनारायण मेलाको आज अन्तिम शनिबार भएकाले सबैभन्दा बढी दर्शनार्थी सालीनदी आएको मेला व्यवस्थापन समितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिए । प्रत्येक वर्ष पुस शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म साँखुस्थित सालीनदीमा माधवनारायणको मेला लाग्ने गर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy