माघ २३ गते, २०७३ आइतवार 5th February, 2017 Sun०८:५९:२६ मा प्रकाशित
गोरखा, २३ माघ ।गोरखा भूकम्प पछि आर्थिक अभाव झेल्दै हजारौं युवाहरु विदेश गईरहेका छन् । कैयन युवाहरु अझै पनि राहत र अवसरको पर्खाइमा गाउँमा बसिरहेका भेटिन्छन् । कतिलाई राजनैतिक दलहरुले स्थानीय निर्वाचनका लागि ढाल बनाउन थालिसकेका छन् ।
यसैवीच गोरखा बुंकोटका १० जना गाउँलेहरु मिलेर महिनामा दुईवटा भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन् गोरखामा भन्दा पत्याउन मुस्किल पर्दछ । एउटै घरका पाँच भाइ छोरा र बाबु समेत घर निर्माणमा एक साथ खटिएका छन् ।
बुंकोट वडा नं. ८ कुवापानी लाकुरी भञ्ज्याङका नाइके परियारका सात भाई छोरा मध्ये प्रेम बहादुर, राम बहादुर, सुनिल, गोरे र सन्तोष परियार बाबुसँगै काममा खटिएका छन् । उनका अन्य दुई भाई अर्को टिममा मिलेर काम गर्दछन् ।
गोरखा अश्राङका टिका प्रसाद भन्तनाले घर ठेक्का दिएको १२ दिनमा सम्पन्न गरेर बुंकोटका परियार दाजुभाईले बुझाएको बताए । सरकारले गाउँमा खटाएका इन्जिनियरले घर प्रमाणित गरिदिएपछि सरकारले दिने भनेको बाँकी किस्ता रकम लिन बाटो खुलेको भन्तनाले बताए । अश्राङमा उनीहरु घर बनाउन उनीहरुले १२ वटा घरको ठेक्का लिएका छन् ।
एउटै परिवारका छ सहित गाउँका इश्वर परियार, दिपु परियार, डिल बहादुर परियार र सुमन परियार गरी १० जना उनीहरुको घर निर्माण टिमका सदस्यहरु रहेका छन् । भूकम्प प्रभावित अधिकांशले एक तला गाह्रो र माथि तला काठले छेक्ने गरी घर निर्माण गर्न थालेका छन् ।
यतिबेला उनीहरु गोरखा पन्द्रुङमा घर निर्माणमा जुटेका छन् । जहाँ काम थाल्यो त्यहिका मानिसहरु मेरो पनि बनाईदिनुपर्यो भन्छन्, लिएको जिम्मा पुरा गरेपछि मात्रै हामी बोल्छौं भन्छन् टीममा रहेका मध्येका सुमन परियार ।
गाउँ घरमा दलित परिवार भन्ने वित्तिकै मागि हिड्ने र जथाभावि बोल्ने, खानपिनमा ध्यान नपुर्याउने समूहका मानिस भन्नेहरुका लागि उनीहरु उदाहरणका पात्र मात्रै बनेका छैनन् चेतना दिदैं हिड्ने सामाजिक परिचालक बनेका छन् ।
ढुंगा र माटोको काम गरेर आफ्नै घर गाउँमा बसी दैनिक एक हजार पाँचसय देखि दुई हजार पाँचसय सम्म आम्दानी गर्न उनीहरु सफल हुँदै आएका छन् । पूरानो घर भत्काउने र भूकम्प प्रतिरोधी नयाँ गाह्रो लगाउने जिम्माको काम उनीहरुले गर्दै आएका छन् । घर बनाउनेले भनेकै मूल्यमा एकमुष्ट ठेक्का लिएर घर बनाउने गरेको नाइके परियार बताउँछन् ।
यतिबेला जिल्लामा अधिकांशले घर निर्माणका काम थालेका छन् । ज्यामी पाउन कठिन र पाई हाले पनि महंगो मुल्य तिर्न भूकम्प पिडितहरु बाध्य रहँदै आएका छन् । भूकम्प प्रभावितका घर निर्माण गर्नका लागि तालिम लिएका डकर्मी सिकर्मीहरु राजनैतिक पार्टीका कार्यकर्ता, गाउँका शिक्षकहरु भएको र उनीहरुले घर बनाउन सहयोग नगर्दा गाउँमा यतिबेला थप समस्या परेको गाउँलेहरुले बताउने गरेका छन् ।
हातमा सीप भएपछि काम गर्न सजिलो भएको र विदेश जाने सपना नदेखेको काममा खटिएका युवाहरुले बताएका छन् । यतैको काम सकेको छैन अर्काको देशमा किन जानु भन्दै प्रतिप्रश्न गर्छन् सन्तोष परियार । दश जनाको टिम बनाएर काम गरे १५ दिनमा एउटा घर तयार हुने कामले देखाएको छ । गोरखा बुंकोटका परियार दाजुभाईको कामबाट सबै भूकम्प प्रभावित गाउँमा मानिसहरुले पाठ सिक्नु जरुरी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: