Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

स्थानीय निकाय पुनःसंरचना नेपाली जनताको माग होइन : ठाकुर

काठमाडौँ, २३ माघ । तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय निकाय पुनःसंरचना नेपाली जनताको मागै नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उनले भने, “स्थानीय निकायको पुनःसंरचना जनताको माग होइन, सङ्घीयतामा सङ्घ र प्रदेशमात्र हुन्छ, स्थानीय निकाय प्रदेश अन्तर्गतको कुरा हो, प्रदेशको संरचना नै नभएको बेला स्थानीय तहको निर्वाचनको के अर्थ रहन्छ ।” स्थानीय तहको सरचना निर्माण जुन किसिमले बनाइएको छ, त्यसमा जनसङ्ख्या र भूगोलको आधार मिलेको छैन, पर्सादेखि सुनसरीसम्मका तराईका जिल्लाका जनताको राय सुझाव नै नलिई काठमाडौंमा बसेर आयोगले पुनःसंरचना गरेको छ, आयोगबाट आफू खुसी गरिएकाले पनि विवाद उब्जेको हो, घोर विरोध भएको छ, अध्यक्ष ठाकुरले भने । सरकारमा सामेल दलहरुबाटै पनि कसैले नयाँ, कसैले पुरानो संरचनाका आधारमा निर्वाचन गर्ने भन्नु तथा भूगोल र जनसङ्ख्याका आधारले यसरी मिलाइएको हो भनी स्पष्ट सङ्ख्या हालसम्म औपचारिकरुपमा नआउनुले पनि स्थानीय तहको पुनःसंरचना दोषरहित बन्न नसकेको उनको तर्क थियो । लोकतन्त्रका लागि आफूले जीवनभर सङ्घर्ष गरेकाले निर्वाचनको बारेमा आफूले विरोध गर्ने विषय नभएको बताउदै अध्यक्ष ठाकुरले संविधान सशोधन नभई गरिने कुनैपनि निर्वाचनमा संयुक्त लोकतान्त्रिक मोर्चाले भाग नलिने र त्यसको विरोध गर्ने धारणा व्यक्त गरे । उनले सरकारले जोरजवरस्ती रुपमा निर्वाचन गराउन खोजे त्यसले जटिलता निम्त्याउने बताउँदै संवैधानिक र राजनीतिक अधिकार प्राप्तिको विषयलाई पक्राउ र दमनका आधारमा सम्बोधन गर्ने प्रयत्नले समस्या समाधान गर्न नसक्ने बताए । संविधान सशोधन र निर्वाचनजस्ता घरभित्रका समस्यालाई हामी आफैंले समाधान गर्नुपर्छ, अध्यक्ष ठाकुरले सरकारको हालसम्मको गतिविधिले आफ्ना मुद्दा सम्बोधन हुनेमा आशङ्का लागेको बताए । दलहरुबीच सहमति भएको खण्डमा जुनसुकै तहको निर्वाचन गर्न सकिने उनको भनाइ थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending