Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

भूकम्प प्रभावित सबै गाउँमा दक्ष कामदारका लागि तालिम दिइने

\"\"काठमाडौँ, २३ माघ । भूकम्पपछिको पुनःनिर्माणमा दक्ष कामदारको अभाव हुन नदिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा नेपाली सेनाका २०० प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण दिइरहेको जानकारी दिए । “दक्ष कामदार बढाउन प्राधिकरणका एकजना कार्यकारी सदस्यलाई तालिम नै हेर्ने गरी जिम्मेवारी तोकिएको छ, तालिममा बढी पैसा खर्च गरेर दक्ष कामदारको वृद्धि हुँदा राज्यलाई र तालिम लिनेलाई पनि फाइदा पुग्छ, दक्ष बनेपछि प्रशिक्षार्थीको अझ राम्रो वृत्ति विकास हुन्छ”, उनले भने । सेनाका प्राविधिकले हालसम्म दक्ष कामदारको तालिम नभएको र दुर्गम स्थानमा समेत तालिम सञ्चालन गर्नेछन् । भूकम्पपछिको उद्धार र राहत वितरणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्राविधिकलाई पनि तालिम दिएर दक्ष कामदार बढाउन प्राधिकरणले गाउँ गाउँमा खटाउन लागेको हो । भूकम्पपछिको पुनःर्निर्माणका लागि अति प्रभावित १४ जिल्लामा ६० हजार दक्ष कामदारको आवश्यकता भएकोमा हालसम्म १५ हजारलाई मात्र तालिम दिइएको छ । तालिम लिएका पनि सबै काममा नरहेको प्राधिकरणले जनाएको छ । प्रभावित जिल्लामा दक्ष कामदार र निर्माण सामग्रीकै अभावमा निजी आवास पुनःनिर्माण सुरु हुनसकेको छैन । काभ्रेपलाञ्चोक जिल्लाको भूमेडाँडामा २० जना कामदारलाई तालिम दिइएकोमा हाल चार जनाले मात्र काम गरिरहेको स्थलगत अनुगमनका क्रममा भेटिएको प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुनाउनुभयो । प्रभावित जिल्लाका युवा रोजगारीका लागि विदेशिएकाले पनि काम गर्ने जनशक्तिको अभाव छ । “प्रभावित जिल्लामा सामुदायिक बस्तीमा रुचि बढेको सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा जाँदा पाइयो, चौधरी ग्रुपले पनि एकीकृत बस्ती विकासका लागि एउटा गाउँ मागेको छ”, उनले भने । पुनःनिर्माणका कामलाई पारदर्शी रुपमा सहज बनाउन पुनःनिर्माण कोष संशोधनका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । गुठीको जग्गामा बसेका र जग्गा सम्बन्धी अन्य समस्या भएका पीडितले वडा वा गाउँ विकास समितिको सिफारिसमा छिमेकीको सर्जमिनपछि पहिलो किस्ताको रकम पाउने गरी प्राधिकरण कार्यकारी समितिले हालै निर्णय गरेको सो अवसरमा जानकारी गराइयो । हालसम्म अति प्रभावित १४ जिल्लामा ११ हजार पीडितको जग्गासम्बन्धी समस्या रहेको प्राधिकरणका सहसचिव जनार्दन गुरागाईँले बताए । प्राधिकरणको काम राष्ट्रिय योजना आयोगको एउटा शाखाजस्तो भएकाले पुनर्संरचना गर्न खोजिएको छ । अति प्रभावित १४ जिल्लामा दुई लाख घर प्रबलीकरण (रेक्टोफिटिङ) गर्नुपर्ने तथ्याङ्क प्राधिकरणसँग छ । पूर्ण क्षतिमा परेका तर प्रवलीकरण गरेर बस्न हुने घरलाई एक लाख रुपैयाँ अनुदान दिइने व्यवस्था छ । पुनःनिर्माण गर्ने वा प्रवलीकरण गर्ने भन्ने छनोट गर्ने अधिकार पीडितलाई नै दिइएको प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुलीले बताए । पीडितले घर बनाउन आवश्यक वातावरण बनाइदिने गरी प्राधिकरण जुटेको पनि सो अवसरमा जानकारी गराइयो । पीडितलाई उपत्यकामा २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँ दुई प्रतिशत ब्याजदरमा ऋण दिने सम्बन्धमा झन्झट भएकाले सहज बनाउने प्रयासमा प्राधिकरण लागेको छ । मापदण्ड कठिन भएकाले यो ऋण हालसम्म ११३ जनाले मात्र पाएका छन् । भौतिक पुनःर्निर्माणसँगै त्यो घरमा बस्नेले के खाने, के गर्ने भन्ने विषयलाई ध्यान दिँदै आर्थिक पुनःनिर्माणलाई पनि जोड दिने सोचमा प्राधिकरण लागेको पोखरेलले बताए । “प्रभावित जिल्लामा राम्रा घर र बस्तीको विकास भएर मात्र पुग्दैन, त्यहाँ बस्नेको जीविकापार्जन राम्रो भएन भने ती फेरि त्यहाँ बस्दैनन्”, उनले भने । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हालसम्मको सर्वेक्षण अनुसार आठ लाखभन्दा बढी घर पूर्णरुपमा क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । अति प्रभावित १४ जिल्लामा केन्द्रीय तथ्याङ्क विभागले सर्वेक्षण सम्पन्न गरी अनुदान सम्झौता सम्पन्न भई पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण भएको छ । प्रभावित १७ जिल्लामा हाल विभागले सर्वेक्षण गरिरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy