Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

यिनै हुन् अस्पतालबाटै शिशु चोर्ने महिला

\"\"पर्सा, २३ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज आप्mनै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको हो । गत शुक्रबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति वार्डको बेड नं ६५ बाट हराएको बच्चा लालसादेवीले चोरी ल्याएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले जानकारी दिए । उनले विवाह भएको पाँच वर्ष बित्दासमेत आप्mनो सन्तान नभएका कारण अस्पतालबाट लालसादेवीले वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी मुकेश पासवानकी श्रीमती आशादेवी पासवानले जन्माएको बच्चा लालसा देवीले चोरी गरेको अनुसन्धानबाट खुलेको बताए । पक्राउ परेकी महिला लालसादेवीलाई कानुनबमोजिम कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिइएको बताउँदै उपाध्यायले अस्पतालको सुरक्षा व्यवस्थालाई बलियो बनाउन चौबिसै घण्टा सादा पोसाकमा प्रहरी खटाउन पनि स्थानीय प्रहरी प्रशासनलाई आदेशसमेत दिएको सञ्चारकर्मीलाई जानकारी दिए । घटनाको ४८ घण्टा नबित्दै बच्चाको सकुशल उद्धार र दोषी महिलालाई कानुनको दायरामा ल्याउन सफल भएका पर्साका प्रहरी उपरीक्षक गोविन्द साहलगायतका सुरक्षा अधिकारीलाई उपाध्यायले बधाई दिँदै उनले समाजमा भएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेपनि अपराध न्यूनीकरणका लागि समाजको सहयोग आवश्यक रहेको आवधारणा व्यक्त गरे । आइतबार दिउँसो करिब २ बजेको समयमा प्रहरीले उद्धार गरेको नवजात शिशुलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उद्धार गरिएको बच्चाको स्वास्थ्यमा सामान्य समस्या देखिएकाले उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालमा मेडिकल सुपरिन्टेन्डेट चित्तरञ्जन साहले सञ्चारकर्मीलाई जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy