Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

४१ वर्षदेखि चिठी बोक्दै दाहाल !

\"\"गोरखा, २४ माघ । एउटा व्यक्ति एउटै पदमा कतिन्जेल काम गर्न सक्ला ? १०, २० वर्ष, कति ?सामान्यतः निवृत्तिभरण नपाक्दासम्म जागिर खाने प्रचलन पुरानै हो । तर, गोरखाको मान्वु–२ थलचोकका यमबहादुर दाहालले भने चिठी बोक्ने जागिर खाँदै आएको ४१ वर्ष बितिसकेको छ । जिल्ला हुलाक कार्यालय, धादिङबाट २०३२ सालदेखि हलकारा ९चिठी बोक्ने जागिर० सुरु गरेका दाहालले थुमीको आर्खेतदेखि मान्बुसम्म चिठी बोक्ने काम गर्दै आएका हुन् । मान्वु गाविस तत्कालीन अवस्थामा धादिङ जिल्लाअन्तर्गत थियो । मान्वुसहित काशी गाउँ र केरौँजा गाउँ पछि गोरखातिर गाभिए । चौध वर्षको उमेरमा सुरु गरेको जागिर बुढ्यौली हुँदासमेत दाहालले छाडेका छैनन् । उनान्साठी वर्षीय दाहाल तन्नेरी झैँ सातामा दुई दिन आर्खेत झरेर चिठी लिएर मान्वु पुग्दै आएका छन् । “असिनपसिन गरेर महिनाभर दगु¥यो, तलब रु ५० पाइन्थ्यो,” काम सुरु गर्दाको बेला सम्झना गर्दै दाहालले भने– “तलब बढेर अहिले चार हजार पुगेको छ ।” हुलाकीले ल्याएका चिठीपत्र हलकाराले एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउँछन् । दाहालले भने – “एकचालीस वर्ष सेवा गरेँ । सरकारले स्थायी गरिदिएन । पेन्सन आउने कुरा नै भएन ।” आइतबार र मङ्गलबार चिठी बोक्ने काम गर्दै आएका दाहालको माग छ – “अतिरिक्त हुलाक कर्मचारी ९पारिश्रमिक० लाई पनि हुलाकका कर्मचारी (निजामती) को जस्तै सेवा र सुविधा दिनुपर्छ ।” विगत १० वर्षदेखि गाउँमा चिठीपत्र कम आउन थालेको र फोन र मोबाइलको सेवा गाउँसम्म पुगेपछि हुलाकमार्फत चिठी पठाउनेको सङ्ख्या घटेको उनको अनुभव छ । “पहिले मोबाइल थिएन, फोन थिएन,” उनले भने – “खबर आदानप्रदान गर्ने एकमात्र माध्यम चिठी थियो । समयमै चिठी गाउँ–गाउँमा पु¥यायौँ भने मात्रै गाउँलेले खबर थाहा पाउँथे ।” दाहालसँगै जागिर सुरु गरेका घ्याल्चोकका केशव रेग्मी र एकबहादुर गुरुङले पनि चिठी बोक्ने कामलाई निरन्तरता दिँदै आएका छन् । रेग्मी र गुरुङले पनि ४० वर्षदेखि हलकारा जागिरलाई निरन्तरता दिइरहेका छन् । गोरखामा ५६ जनाभन्दा बढी व्यक्ति विभिन्न गाविस र वडामा रहेर हलकारा जागिरलाई निरन्तरता दिँदै आएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन, गोरखाले जनाएको छ । एसोसिएसनका गोरखा जिल्ला अध्यक्ष खडानन्द ढकालले भने – “लामो समयदेखि चिठी बोक्ने कामलाई निरन्तरता दिँदै आएका अग्रजहरुलाई हामीले दोसल्ला ओढाएर, सम्मानपत्र साथ सम्मान गरेका छौँ । तर सरकारले सम्मान गर्न सकेन ।” एकचालीस वर्ष काम गरेका कर्मचारीलाई सरकारले उपदान वा निवृत्तिभरण दिनुपर्ने एसोसिएसनले माग गर्दै आएको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: