माघ २४ गते, २०७३ सोमवार 6th February, 2017 Mon१७:३१:५६ मा प्रकाशित
भैरहवा,२४ माघ। नेपालका बैंकहरुले नक्कली कागजातका आधारमा ऋण प्रवाह गर्दा आर्थिक विकासमा सुस्तता आएको अर्थविद्हरु बताउँछन् ।
उत्पादनमुलक क्षेत्रमा लगानी गरि देशको समुन्नत आर्थिक विकासका लागी बैंकहरुले मुख्य भूमिका निर्वाह गर्नुपर्ने प्रावधान रहेता पनि यो हुन नसक्दा बैंकहरुले गर्ने लगानी अनुत्पादक देखिन्छ ।
अस्वस्थ प्रतिस्पर्धाको बजारमा बैंकहरुले आफुलाई बढी नाफा हुने र व्यक्तिगत सम्बन्धका कारण समेत लगानी बढाएको पाइन्छ । जो देश र समाजका लागी हानिकारक हो । केही सीमित व्यक्तिहरुको सञ्जालमा नेपालका बैंकहरु घुमिरहेका बताउँदै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अर्थविद डा. एस. नेपालले निमुखा र ग्रामीण क्षेत्रमा लगानी बढाई देशको अर्थतन्त्रमा टेवा दिने काम नेपालका बैंकहरुले गर्न नसकेको गुनासो गरे ।
देशको कुल जनसख्याको केही प्रतिशत जति व्यक्तिहरुले मात्र बैंकमा आफुले चाहेजति रकम ऋणको रुपमा निकाली खर्च गर्ने गरेपनि अधिकांश जनताले बैंकको कागजात बनाउन नसक्दा बैंकिङ सुविधाबाट वञ्चित हुन परेको अर्थविद् तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नेपाल बताउँछन् ।
नक्कली कागजातका भरमा केही गिरोहको प्रलोभनमा परेर समेत बैंकहरुले गलत व्यक्तिहरुलाई ऋण लगानी गरेको समेत नेपालमा पाईएको भन्दै अर्थविद् दामोदर घिमिरेले अपार्दशी र फर्जी कागजातका भरमा लगानी गर्ने बैंकहरुलाई राष्ट्र बैंक तथा सरकारले अनुसन्धान गरि कारबाही गर्नुपर्ने बताए ।
जसका कारण राज्यलाई समेत फाईदा पुग्ने र बैंकहरुको लगानी सिमित व्यक्तिको घेराबाट तोडिदै अधिकांश जनता सम्म पुग्ने घिमिरेको कथन रहेको छ ।
अहिले नेपालमा फर्जी कागजात बनाई आयस्रोत बढाउने र बैंकका कर्मचारीको मिलोमतोमा ऋण निकाली अनुत्पादनक क्षेत्रमा लगानी बढाउने प्रचलन व्यापक बनेपछि बंैकहरुमा समेत आर्थिक तरलता देखिएको छ ।
ऋण लिनका लागी नै मानिसहरुले राजस्व कार्यालयबाट पान नम्बर लिने दर्ता गरेको फर्मले उद्देश्य अनुसार काम नगर्ने बैंकबाट ऋण निकाल्नका लागी मात्र व्यापारिक फर्म देखाउने गर्नाले पनि देशमा आर्थिक वृद्धि हुन नसकेको अर्थविद्हरुको भनाई रहेको छ ।
व्यापारिक फर्महरुको पनि बैंकमा पेश गर्ने अडिट रिर्पोटमा आयस्रोत धेरै देखाउने र राजस्व कार्यालयमा बुझाउने अडिट रिपोर्टमा कम देखाउने गिरोहहरु समेत व्यापक रहेकाले पनि यसको अनुसन्धान गर्नुपर्ने माग सर्वसाधारणको छ ।
रुपन्देहीका एक कृषक ओमप्रकाश चौधरीले बैंकले जग्गा धितो राखेर गाईपालन गर्ने सोच बनाएर ऋण निकाल्न बैंक सम्म पुग्दा बंैकहरुले भने अनुसारको कागजात पु¥याउन नसक्दा ऋण नपाएको गुनासो एकातिर गर्दा अर्कातिर नक्कली तलब स्केलको कागजात, फर्जी अडिट रिपोर्ट, नक्कली घरभाडाको आयस्रोत, बाटो नभएको जग्गा पनि बाटो देखाएर धितो, धितो उच्च मूल्याङकन र बैंकका कर्मचारीको मिलोमतोमा गलत रुपमा अर्कोतिर ऋण प्रवाह भैरहेको बंैकहरुमा देखिने गरेको गुनासाहरु यत्रतत्र आउने गरेको छ ।
एक वाणिज्य बैंकका व्यवस्थापकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा रासस प्रतिनिधिसँगको कुराकानीमा बंैकहरुको धेरै लगानी गाउँ सम्म र ग्रामीण बस्तीका झुपडी सम्म नपु¥याउनु बजारमा फर्जी कागजातमा लगानी गर्न पाउनाले पनि सीमित व्यक्तिको घेरामा बंैकको लगानी घुम्ने गरेको बताए ।
उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहाने व्यक्तिहरु नेपालमा धेरै भएपनि बैंकहरुले सीमित घेरामा रमाउन चाहने हुनाले देशको अर्थतन्त्र अगाडी नबढेको र उत्पादनमुलक क्षेत्रमा लगानी हुन नसकेको बताए ।
बैंकहरुले जथाभावी लगानी गर्नाले समेत देशमा आर्थिक विकास हुन नसकेको बताउँदै नेपाल राष्ट्रबैकका डिपुटी गर्भनर चिन्तामणी शिवाकोटीले समेत सवै नेपाली माझ बैंकहरु लगानी मैत्री नभएको बताएका छन् ।
एकातिर देशको अर्थतन्त्र सिमित व्यक्तितिर र अनुत्पादनमुलक क्षेत्रमा खर्च भैरहेको देखिन्छ भने अर्को तिर रोजगार नपाएर लाखौँ नेपाली युवाहरु विदेशिनु पर्ने बाध्यता देखिन्छ । यस्तो परिस्थिती देशमा रहँदा समेत न त नेपाल राष्ट्रबैंकले अनुसन्धान गरेर सहि ठाउँमा बैकहरुलाई लगानी गर्न प्रोत्साहन गर्छ न त सरकारले । यसैका कारण हामी आर्थिकरुपमा ओरालो लागेको विश्वको अर्थमापनमा देखिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: