Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बीऊ उत्पादनमा आत्मनिर्भर बन्दै काभ्रे

 काभ्रे , २४ माघ । प्रमुख अन्नबालीको बीउ उत्पादनको लागि काभ्रे जिल्ला आत्मनिर्भर बन्दैछ । पहाडको प्रमुख अन्नबाली मकैको यस जिल्लामा एक सय ५० मेट्रिकटन बीउ उत्पादन हुन्छ । जिल्लाका बीउ उत्पादन सहकारी संस्थाले ११५ हेक्टर क्षेत्रमा देउती, मनकामना ३, रामपुर कम्पोजिट जातका बीउ उत्पादन गरिरहेका छन् । उत्पादन मध्ये ३० मेट्रिकटन बीउ जिल्लामा खपत हुन्छ । आत्मनिर्भर तरकारी बीउ उत्पादक सहकारी संस्था, नमुना नारी चेतना केन्द्र बीउ उत्पादन सहकारी, फुलचोकी बीउ उत्पादनसहकारी संस्था, भकुण्डे कृषि बीउ विजन सहकारी संस्था लि, नासिका विज बृद्धि कृषक समुह, दिगो भुमि व्यवस्थापन कृषक समुह, जोरसल्ला तरकारी बीउ उत्पादन सहकारी संस्था लगायतले उत्पादन गरेको एक सय २० मेट्रिकटन बीउ जिल्ला बाहिर खपत हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले जानकारी दिए । जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित जिल्ला बीउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताउँछन् । “उत्पादनको हिसावले काभ्रे जिल्ला बीउमा आत्मनिर्भर छ, यहाँको उत्पादनले जिल्लालाई धानेर बाहिर समेत निर्यात हुने गरेको छ । ” उनले भने । जिल्लाकोे १ सय हेक्टर क्षेत्रफलमा खुमल ४, खुमल १०, खुमल ८, मकवानपुर १, सुख्खा १, सुख्खा २, सुख्खा ३, सावित्री र चाइनुभ २४२ जातको ४ सय मेट्रिकटन धानको बीउ उत्पादन हुने गरेको छ । भकुण्डे कृषि बीउ विजन सहकारी संस्था लि., नासिका विज बृद्धि कृषक समुह र दिगो भुव्यवस्थापन कृषक समुह, कुन्तावेशी आइपिएम कृषक समुह, गोरखनाथ कृषि सहकारी, बहुउद्धेश्यीय सहकारी सस्था लगायतले धानको बीउ उत्पादन गरिरहेका छन् । ३ सय मेट्रिकटन धानको बीउ जिल्लामा नै खपत भइरहेको छ भने १ सय मेट्रिकटन मात्रै जिल्ला बाहिर जाने गरेको कृषि विकास कार्यालयका प्रसार अधिकृत कृष्णप्रसाद धितालले जानकारी दिए । जिल्लामा गहुँको २५ मेट्रिकटन बीउ उत्पादन हुन्छ । १० हेक्टरमा लगाइएको डव्लुके १२०४ र गौतम जातको बीउ उत्पादन हुने गरेको छ । सिन्धुरे रोगको प्रतिरोधात्म क्षमता भएको यो जातको बीउ जिल्ला मै खपत हुने गरेको छ । त्यस्तै जिल्लाको डाँडापारीका भेगमा कृषकले कोदोको बीउ उत्पादन गर्ने गरेका छन । फोक्सिङटार कृषक समुह र साल्धारा कृषक समुहले २ हेक्टर क्षेत्रफलमा काभ्रे १ जातको १०.५० मेट्रिकटन कोदोको बीउ उत्पादन गरिरहेका छन् । ८ मेट्रिकटन जिल्लामा नै खपत हुन्छ भने २.५० मेट्रिकटन जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लामा बढी भएको बीउ छिमेकी जिल्लाहरु सिन्धपाल्चोक, रामेछाप, सिन्धुली, भतmपुर, ओखलढुड्ढा लगायतमा जाने गरेको कृषि विकास कार्यालयले जनाएको छ । उन्नत बीउको प्रचार हुन नसक्दा हाइव्रिडको उच्च माग बीउ उत्पादनको हिसावले आत्मनिर्भर काभ्रेमा उत्पादित बीउलाई बुझाउन नसक्दा अझै पनि कृषकहरु हाइव्रिड कै बीउ लगाउन आकर्षित भएको पाइएको छ । पुरानै परम्परागत जातको बीउ प्रयोग हुने, विदेशी हाइव्रिड जातको बीउको प्रयोग हुने र उन्नत जातबारे कृषकमा बुझाउन नसकिएको कारणले पनि उत्पादित बीउ भन्दा हाइव्रिड प्रति कृषकको आकर्षण पाइएको हो । हाइव्रिडलाई कृषि विकास कार्यालय अनुदान नदिएपनि कृषकहरुले भने बढी उत्पादन दिने नाम अझै पनि लगाउने गरेका छन । काशीपारी क्षेत्रका कृषकहरुलाई बीउ उत्पादन गरि वितरण गदै आएका कृषक टुकप्रसाद गौतमले अझै पनि कृषकलाई बुझाउन नसकेका कारण हाइव्रिड बीउ प्रति नै आर्कषण रहेकाले यसमा पनि सहुलियत माग हुनुपर्ने बताए । भकुण्डे कृषि बीउ विजन सहकारी संस्था लि.का अध्यक्ष उद्धव अधिकारीले उन्नत बीउको बारेमा कृषकलाई बुझाउन नसक्दा समस्या आएको बताए । उनले भकुण्डेबेशीमा उत्पादन भएको बीउ बनेपामा महड्ढोमा किन्न पाए कृषकलाई त्यही राम्रो तर उही बीउ दिदाँ राम्रो छैनन भन्दै हिड्ने भएकाले कृषकलाई उन्नत बीउको बारेमा सचेतना दिनुपर्ने बताए । आत्मनिर्भर तरकारी उत्पादक कृषि सहकारी सस्थाका अध्यक्ष केदार सापकोटा उन्नत जातका बीउको महत्व बुझाउन नसकेर हो वा बजारको व्यवस्थापन गर्न नसकेर हो अझै पनि कृषक बीउ किन्न हिचिकिचाउने गरेको बताए । जिल्लाको कुल कृषि क्षेत्र ६१ हजार ५ सय ९८ कृषि क्षेत्र मध्ये ४८ हजार ४ सय ४० क्षेत्रमा कृषि हुने गरेको छ । ३७ हजार १ सय ३० हेक्टर क्षेत्रफल बारीको छ भने ११ हजार ३ सय १० हेक्टर खेतको छ । कृषि प्रसार अधिकृत कृष्णप्रसाद धिताल अझै कृषकमा उन्नत बीउको बारेमा जनचेतना आइ नसकेको बताउछन । हामीले क्षेत्रिय बीउ विजन प्रयोगशालाबाट प्रमाणित गरेपछि मात्र कृषककोमा पठाउने हो, तर कृषकहरुले हाइव्रिडमा राम्रोे सोच्नाले समस्याएको हो, यसका लागि कृषकहरुमा जनचेतनाको आवश्यक छ, यही उत्पादन भएको राम्रो हो भन्ने बुझाउन जरुरी रहेको धितालले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: